Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाधिवेशनका लागि कांग्रेस नेताहरुको दौडधुप
सभापतिको दौडमा शेखर, शशांक, सिटौला र थापा महाधिवेशनका लागि कांग्रेस नेताहरुको दौडधुप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१

काठमाडौं– महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरु जिल्ला दौडाहामा निस्किन थालेका छन् । जिल्लामा लामो समय बस्ने, कार्याकर्तासँग नजिक हुने र आगामी रणनीति तयका लागि शीर्षदेखि केन्द्रीय सदस्यहरुले समानान्तर गतिविधि गर्न थालेका छन् ।

१४औं महाधिवेशनमा सभापतिमा मुख्य प्रतिस्पर्धी बनेका डा. शेखर कोइरालादेखि प्रवक्ता डा. प्रकाशशरण महतसम्म जिल्ला दौडाहामा छन् । शेखर बाहिरी रुपमै खुलेर लाग्दा प्रवक्ता महत भने गुपचुप पूर्वपश्चिम कुदिरहेका छन् । मंसिरमा कोशी प्रदेशमा विभिन्न कार्यक्रममा सहभागी भएका शेखर पुसमा भने सुदूरपश्चिम पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा पुगेर शेखरले १५ किलोको माला लगाउँदै आफू अबको सभापति बन्ने उद्घोष गरेका छन् । नेता कोइरालाले धनगढी पुगेर पार्टीको महाधिवेशन २०८२ मै हुनुपर्ने तर्कसमेत प्रस्तुत गरे । ‘पार्टीको १५औं महाधिवेशन २०८२ मै हुनुपर्छ । इन्तु परन्तु अरु हुँदैन,’ पुस ६ गते कोइरालाले भनेका थिए ।

उनले महाधिवेशनले नयाँ कार्यदिशा बनाउनेसमेत बताए । कोइराला सभापतिमा अघि बढिरहँदा उनको समूह भने कमजोर हुँदै गएको कांग्रेस नेताहरु बताउँछन् । १४औं महाधिवेशनमा गगन थापा र डा. मिनेन्द्र रिजालसँग गुटगट एकता गरी होमिएका शेखर अहिले एक्लै छन् । महामन्त्री गगन आफैं सभापतिको दाबी गर्ने तयारीमा छन् । गगनले बेग्लै गुट बनाउने तयारी गरेसँगै शेखर एक्लिएका हुन् । यता महामन्त्रीका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने अहिले कुनै टिममा देखिएका छैनन् ।

Hardik health

महामन्त्रीमा पराजित भएर पनि पार्टी सभापति देउवाको साथ पाएर प्रवक्ता बनेका डा. महत पनि गण्डकी प्रदेशदेखि कर्णाली प्रदेश पुगेका छन् । महत केही समयपछि कोशी जाने तयारीमा छन् । ‘प्रवक्ताज्यू अहिले गण्डकी र कर्णाली पुगेर कार्यकर्ताको सुझाव लिएर आउनुभएको छ,’ महतनिकट एक नेताले भने, ‘केही समयपछि कोशीमा जानुहुन्छ ।’ महत देउवाले जसलाई सभापतिको उम्मेदवार बनाउँछन् सोही समूहबाट पुनः महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् ।सभापति देउवाको दोस्रो कार्यकाल २०८२ मंसिरमा सकिँदै छ । विधानतः उनी अब कांग्रेसको सभापति बन्न पाउँदैनन् । केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी बहुमत रहेको देउवा खेमाबाट उम्मेदवार बन्ने लाइनमा डा. शशांकदेखि सिटौलासम्म रहेका छन् ।

बुधबारमात्र रामेछाप–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा कोइरालाले घुमाउरो पारामा आफूले पार्टीको लागि सबै त्यागेको उल्लेख गर्दै सभापतिमा दाबी पेस गरे । ‘मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरू हुन्छ, आफ्नोबारेमा चिन्ता गरेर राजनीति चल्दैन,’ कोइरालाले भने । कोइराला बिपी कोइरालाको लिगेसी बोकेका नेता हुन् । उनी प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई मनाएर सभापतिका प्रत्यासी बन्ने तयारीमा छन् । तीन नेताका निकट नेताहरुका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभापतिमा बाँडफाँट गरी महाधिवेशनको तयारी गरिरहेका छन् । पछिल्लोपटक तीन नेताबीच शशांक निवासमा गत असोजमा भेट भएको थियो ।

यता संघीय संविधान जारी गर्न योगदान गरेका सिटौला पनि सभापतिमा उम्मेदवारी दिन ‘एक्सरसाइज’ गरिरहेका छन् । सिटौलाले १४औं महाधिवेशनमा प्रदीप पौडेललाई देउवा गुटमा राखेर महामन्त्रीको उम्मेदवार बनाएका थिए । १३औं महाधिवेशनमा आफ्नो गुटबाट महामन्त्री लडेका गगन शेखर खेमामा गएपछि सिटौलाले प्रदीप च्यापेका थिए । यसपटक देउवाबाट निगाहा पाएमा सिटौला प्रदीपलाई पुनः महामन्त्रीको उम्मेदवार बनाएर महाधिवेशनमा नेतृत्व सम्हाल्नेगरी अघि बढ्ने तयारीमा छन् ।

यसका लागि सिटौलाले विभिन्न समूह बनाएर भित्री गतिविधि अघि बढाइरहेका छन् । देउवाले पार्टीको नेतृत्व छाड्ने देखिएसँगै नेताहरुबीच तीव्र ध्रुवीकरणसमेत सुरु भएको छ । कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएसँगै अहिले मौन छन् । गुरुङ जसरी पनि शेखरलाई सभापति बनाउनुपर्ने लाइनमा देखिन्छन् । अर्का उपसभापति पूर्णबहादुर खड्का भने कांग्रेसको राजनीतिमा किनारामा देखिन्छन् । देउवापत्नी आरजु राणा देउवासँग मनमुटावका कारण खड्काको राजनीति धरापमा परेको बताइन्छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP