Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ११, २०८१

एजेन्सी -  दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।  राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो । 

 हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गर्नुभएपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ । यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ । 

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोके ।  त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।

Hardik health

 “हामीले प्रस्ताव पेस गरेका छौँ... र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हान विरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।”  “हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्नेछ । हानले उनको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताएका छन् । 

“हाम्रो संविधान र कानूनमा अन्तर्निहित सुसङ्गत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्ति लगायत महत्त्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो”, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गरे, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबीच पहिले सहमति हुनुपर्छ ।”  यदि विपक्षीले शुक्रबारको मतदानमा हान विरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ ।त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । 


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द शुक्रबार, माघ २, २०८२
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि शुक्रबार, माघ २, २०८२
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित शुक्रबार, माघ २, २०८२
युन सुकलाई पाँच वर्ष कैद
युन सुकलाई पाँच वर्ष कैद शुक्रबार, माघ २, २०८२
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP