Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ८, २०८१

एजेन्सी -  रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ ।

सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा १०० उत्तर कोरियाली सैनिक मारिएका छन् ।प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा क्षेत्र कब्जा गरेको कुस्र्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ । 

जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आँकलन गरेका छौँ ।जेसीएसले भनेको छ, “रूसको युद्ध प्रयासमा सहयोग पुर्याउन उत्तर कोरियाली सैनिकको थप तैनाथीको सम्भावनामा हामी विशेष चासो राख्छौं ।”

Hardik health

जेसीएसका अनुसार प्योङयाङले ‘चक्रानुक्रममा पूरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको छ ।आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पु¥याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।

उत्तर कोरियाले रुसी सेनाका लागि ’२४० एमएम रकेट लञ्चर र १७० एमएम स्वचालित तोप’ पनि उपलब्ध गराइरहेको जेसीएसले जनाएको छ ।उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलले जनाएको छ ।

“यसले उत्तर कोरियाको सैन्य खतरा हामीप्रति बढ्न सक्छ,” विज्ञप्तिमा भनिएको छ।पछिल्लो निष्कर्ष राष्ट्रिय गुप्तचर सेवाको एक रिपोर्टसँग मिल्दोजुल्दो छ । दक्षिण कोरियाली सांसदहरूलाई जानकारी गराइएको रिपोर्टमा उत्तर कोरियाको सैन्य योगदानको लागि रूसले प्योङयाङको परम्परागत हतियारको आधुनिकीकरण’ मा सघाउने सहमति भएको उल्लेख छ । 

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ ।विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

प्योङयाङले बिहीबार संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनमा रूसको युद्धमा उत्तर कोरियाको समर्थनको आलोचना गर्दै संयुक्त वक्तव्य जारी गरेकोमा अमेरिका र उसका सहयोगीहरूका आलोचना गरेको छ । प्योङयाङले वक्तब्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ को संज्ञा दिएको छ ।


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द शुक्रबार, माघ २, २०८२
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि शुक्रबार, माघ २, २०८२
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित शुक्रबार, माघ २, २०८२
युन सुकलाई पाँच वर्ष कैद
युन सुकलाई पाँच वर्ष कैद शुक्रबार, माघ २, २०८२
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP