Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भारतीय पक्षको बेवास्तापछि रित्तो हात फर्कंदै
भारतमा चलेन आरजुको ‘जादू’ भारतीय पक्षको बेवास्तापछि रित्तो हात फर्कंदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ८, २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको चाँजोपाँजो मिलाउन नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजुको यसपटक चलेन कुनै जादू
  • भाजपाका विदेश विभाग इञ्चार्ज डा. विजय चौथाइवालेसँग आरजुको राखीवाला सम्बन्धनसमेत छ तर यो सम्बन्धले कूटनीतिक सम्बन्धमा निरन्तरता नपाएको टिप्पणी
  • मंसिर १७–२० गतेसम्म चीनको भ्रमणमा बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै प्रधानमन्त्री ओलीसँग भारत झन् रुष्ट

काठमाडौं– अघिल्लोपटक भदौमा भारत पुग्दा ‘हाइ हाइ’ कमाएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा यसपटक भने रित्तो हात नेपाल फर्कने भएकी छन् । युरोप हुँदै भारत पसेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का गर्ने योजना यसपटक सफल नभएपछि आज नेपाल फर्कन लागेकी हुन् ।

प्रधानमन्त्री ओली आरजुले आफ्नो भ्रमण मिलाउनेमा ढुक्क रहेकोमा अब भने निराश भएको बालुवाटार स्रोतले जनायो । परराष्ट्रमन्त्री राणा जर्मनीको बर्लिनबाट भारतको नयाँ दिल्लीमा जाने पक्का भएपछि प्रधानमन्त्री ओलीले आफू चाँडै भारत जाने बताएका थिए ।

‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु,’ मंसिर २३ गते झापा पुगेका बेला प्रधानमन्त्री ओलीले भनेका थिए । ओलीको बोली र परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको तयारीले पक्कै यसपटक ओली भारत जाने अड्कलबाजी गरिएको थियो ।तर भारतमा परराष्ट्रमन्त्री राणालाई भारतीय पक्षले बेवास्ता गरेसँगै उनको कूटनीति असफलसिद्ध भएको विश्लेषकहरुको भनाइ छ । जबकि गत भदौमा आरजुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, समकक्षी एस जयशंकरले विशेष महŒवका साथ भेट दिएका थिए । प्रधानमन्त्री ओलीसँगको सम्बन्ध खासै राम्रो नभएको बेला आरजुको भेटलाई महŒवका साथ हेरिएको थियो ।

उक्त भ्रमणमा आरजुले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । यद्यपि, मोदीले उनको निम्तोलाई भने स्वीकारेनन् । लगत्तै संयुक्त राष्ट्रसंघको कार्यक्रममा अमेरिकाको न्युयोर्क पुग्दा प्रधानमन्त्री ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । तर पनि मोदीले कुनै प्रतिक्रिया दिएनन् । परराष्ट्रको सचिव तहबाट पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा पनि कुनै प्रतिक्रिया नदिएपछि ओली मंसिर १७ गते चीन पुगे । तीन दिन बसेर फर्के ।

Hardik health

चीन भ्रमणले झन् चिढिएको भारतले परराष्ट्रमन्त्रीलाई यसपटक कुनै वास्ता नगरेको बताइएको छ । जबकि यसपटकको भारत भ्रमणमा आरजुले भारतीय प्रधानमन्त्री मोदीदेखि उनका सुरक्षा सल्लाहकार डोभाल, विदेशमन्त्री जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इञ्चार्ज डा. विजय चौथाइवालेसँग भेट्न चाहेकी थिइन् । तर उनको प्रयास निरर्थक भयो । चौथाइवालेसँग आरजुको राखीवाला सम्बन्धनसमेत थियो । तर यो सम्बन्धले कूटनीतिक सम्बन्धमा निरन्तरता नपाएको एक जना राजनीति विश्लेषकले टिप्पणी गरे ।

धुलिखेलमा रहेको विश्वविद्यालयको कार्यक्रम दिल्लीमा !
सबैभन्दा रोचक त परराष्ट्रमन्त्री राणा भारतमा जानका लागि काठमाडौं विश्वविद्यालयको आयोजनामा नयाँ दिल्लीमा कार्यक्रम राखियो । काठमाडौं विश्वविद्यालयको ‘नेपाल सेन्टर फर कन्टेमपोररी स्टडिज’ले भारतको इग्रो फाउन्डेसनलाई सहआयोजक राखेर नेपाल–भारत इकोनोमिक कन्क्लेभ नामक कार्यक्रम राखेको थियो शुक्रबार । कार्यक्रमको चाँजोपाँजो भारतको नयाँ दिल्लीको जवहारलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गरेका काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर उद्धव प्याकुरेलले मिलाएका थिए । उनी आयोजक संस्थाका सदस्यसचिवसमेत हुन् । 

परराष्ट्रमन्त्रीलाई अर्थतन्त्रसम्बन्धी कार्यक्रमको अतिथि राखेपछि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापासमेत उक्त कार्यक्रममा गएनन् । थापा वक्ताहरुको पहिलो सूचीमा थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्नकै लागि गोप्यरुपमा परराष्ट्रमन्त्री राणा जान नमिल्ने भएपछि यस्तो कार्यक्रम राखिएको बताइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस २५ गतेबाट भारत जाने गरी प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आइसकेको दाबी गरेको छ । तर परराष्ट्रले भने यसको कुनै तयारी नरहेको जनाएको छ । ‘कतिपय कुरा प्रधानमन्त्री ओलीको इन्ट्रेस्टको कुरा हो । उहाँ भारत जान चाहिरहनुभएको छ । तर भारतबाट ग्रिन सिग्नल छैन,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।

अहिले परराष्ट्रमन्त्रीको भारत भ्रमण कुनै सरकारी चाँजोपाँजो मिलाउनभन्दा पनि नियमित स्वास्थ्य जाँचका लागि पुगेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँ स्वास्थ्य उपचारका लागि जानुभएको हो । यो नियमित हो । त्यसक्रममा कार्यक्रम पनि भएकोले सहभागी हुनुभएको हो । सरकारीस्तरमा भेटवार्ताको कुनै कार्यतालिका थिएन,’ सचिवालयले भन्यो ।आइतबार मन्त्री राणाले नयाँ दिल्लीको साकेतमा रहेको म्याक्स अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराइन् । २०८० चैतमा पनि आरजुले यहाँ पुगेर थाइराइडको उपचार गराएकी थिइन् । त्यतिबेला उनको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको थियो ।

प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका बेला दुई देशबीच बिआरआई फ्रेमवर्कअन्तर्गतका १० वटा परियोजना अघि बढाउने सहमति भएको थियो । उक्त सहमतिले गर्दा भारत झनै चिढिएको हुनसक्ने अनुमान गरिएको छ । योसँगै ओलीको भारत भ्रमण अनिश्चित हुने देखिएको जानकारहरु बताउँछन् ।
 


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:०८
#अर्पना_मगर
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव बुधबार, असोज २९, २०८२
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल बुधबार, असोज २९, २०८२
राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली
राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली बुधबार, असोज २९, २०८२
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल बुधबार, असोज २९, २०८२
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै बुधबार, असोज २९, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख, न्यायालय जानुअघि छलफल
प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख, न्यायालय जानुअघि छलफल बुधबार, असोज २९, २०८२
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’ बुधबार, असोज २९, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP