Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ हुँदै
नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ८, २०८१
File photo

काठमाडौं - नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ प्रतियोगिता हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा हुने दोस्रो सङ्करणको ड्रागन वोट रेस प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो । दुई सय र पाँच सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी, सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ । ड्रागन वोटको दोस्रो संस्करण पनि फेवाताल हुनेछ । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्दै आएको छ । पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर््द्धन हुने अपेक्षा राखिएको बताए । उनले भने, “नेपाल र चीनबीचको संस्कृति आदनप्रदानका साथै नेपालको पर्यटन उद्योगको विकास गर्न, नेपालको पर्यटकीय क्षेत्र र खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी विकास गर्न प्रतियोगिता उपयोगी हुनेछ । नेपालको पर्यटन प्रवर्द्धन गर्न चीन सधैँ सकारात्मक छ ।”

Hardik health

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय बजार भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण थपेको बताए । “यो आकर्षक प्रतियोगिता भएकाले उत्साहित छौँ । नेपालको दोस्रो ठूलो स्रोतबजारबाट पर्यटकलाई आकर्षण गर्न र गन्तव्य प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, कार्यकारी प्रमुख जोशीले भन्नुभयो, “प्रतियोगितालाई विगतभन्दा अझ सशक्त र प्रभावकारी बनाएर लैजान सकेमा चीनसँगको सम्बन्ध विस्तार हुने र थप प्रचारप्रसार भएर पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौँ महिनाको पाँच गते चीनमा ‘ड्रागन वोट फेष्टिभल’ आयोजना हुन्छ । चीनका विभिन्न प्रान्तमा तीनदेखि सात दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन वोट फेष्टिभल चीनको चार ठूला चाडमध्ये एक हो ।

चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ । सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार पाँच सय ३४ र २०२३ मा ६० हजार आठ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जनवरीदेखि नोवेम्बरसम्म ९२ हजार आठ सय ४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडिसहितको प्रतिनिधिमण्डल विमान चार्टड गरेर पोखरा आउने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP