Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अर्थमन्त्रीमा गगनको चर्चा
अर्थमन्त्रीमा गगनको चर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ५, २०८१
  • चीनसँग पछिल्लो पटक गरिएको बिआरआई फ्रेमवर्कमा गगन थापाको विशेष भूमिका रहेकोले पनि प्रधानमन्त्री केपी शर्मा ओली उनीप्रति सकारात्मक 
  • गगनले अर्थ पाए उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी 
  • मन्त्री हेरफेरसहितको एजेन्डा रहेको भनिएको बिहीबारको मन्त्रिपरिषद् स्थगित 
  • विष्णु पौडेल बैंककमा 

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल यतिबेला थाइल्यान्डको बैंककमा छन् । एसिया प्रशान्त क्षेत्रको विकासका लागि वित्त पोषणसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श कार्यक्रममा सहभागी पौडेल व्यस्त भैरँहदा उनको मन्त्रालयको नेतृत्व भने परिवर्तनको तयारी भइरहेको छ ।

पौडेल बैंककमा व्यस्त हुँदा अर्थमन्त्रीमा कांग्रेस महामन्त्री गगन थापाको नाम फेरि चर्चामा आएको हो । पटकपटक झैं यसपटक पनि महामन्त्री थापाको नाम अबको अर्थमन्त्रीका रुपमा चर्चामा आएको हो । कांग्रेस स्रोतका अनुसार थापाले धेरैअघिबाट अर्थमन्त्री बन्ने रहर गरिरहेका छन् । ‘पछिल्लो दिन महामन्त्रीज्यू जसरी पनि अर्थमन्त्री बन्ने भनेर लागिरहनुभएको छ,’ कांग्रेस स्रोतले भन्यो ।

थापाले आफू अर्थमन्त्री बन्न अर्थतन्त्र सुधारका विषयमा पनि अभिव्यक्ति दिन थालेका छन् । चीनसँग पछिल्लो पटक गरिएको बिआरआई फ्रेमवर्कमा थापाको विशेष भूमिका रहेकोले पनि प्रधानमन्त्री केपी शर्मा ओली उनीप्रति सकारात्मक रहेको बताइएको छ । ‘बिआरआई फ्रेमवर्क सम्झौता गर्ने बेला गगन थापाले दिनरात नभनी प्रधानमन्त्री ओलीसँग काम गरेका छन् । उनी अर्थमन्त्री नबने सरकार ढल्ने सम्मको कुरा छ,’ कांग्रेस स्रोतले भन्यो ।

यसअघि पनि थापाले अर्थतन्त्र सुधारबारे विभिन्न मञ्चहरुबाट सरकारलाई सुझाव दिँदै आइरहेका छन् । त्यसो त थापा अर्थमन्त्री बन्ने हल्ला यसअघि पनि नचलेको होइन । २०७९ को निर्वाचनयता थापा अर्थमन्त्री बन्ने चर्चा लगातार चलेको हो । यसपटक भने सरकारमा सहभागी भएका मन्त्रीहरुको कमजोरी देखाउँदै कांग्रेसमा थापानिकट नेताहरुले मन्त्री फेरबदल गर्नुपर्ने दबाब दिइरहेका छन् ।

Hardik health

पौडेललाई गृहमा लैजाने तयारी
अर्थ गगनले पाएमा पौडेललाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको कांग्रेसका नेताहरु बताउँछन् । अहिले प्रधानमन्त्री ओली अर्थमन्त्री पौडेलसँग रुष्ट छन् । ‘अर्थतन्त्र खस्कँदो अवस्थामा पुग्दा विष्णु पौडेलले कुनै पर्फमेन्स दिन नसकेको प्रधानमन्त्री कार्यालयको बुझाई छ,’ एमाले स्रोतले भन्यो । कार्यसम्पादन सम्झौताअनुसार पौडेलको काम नभएको तर गुट व्यवस्थापन गर्ने क्रममा उनलाई सरकारबाट हटाउन ओलीलाई गाह्रो हुने भएकोले गृहमा सार्ने तयारी भएको बताइएको छ ।

यता अहिलेका गृहमन्त्री रमेश लेखकको पनि प्रस्तुति निकै कमजोर रहेको आरोप छ । ‘गृहमन्त्रीजस्तो मान्छे, कुनै एक्सन छैन, आलटाल गर्ने काममा गृहमन्त्री लेखक निकै अगाडि छन्,’ कांग्रेसका एक नेताले भने । त्यसैले पनि पछिल्लो समय लेखकलाई मन्त्रिपरिषद्बाट कांग्रेस सभापति शेरबहादुर देउवाले नै बिदा दिने तयारी गरेको ती नेताको दाबी रह्यो । 

रविमाथि कारबाहीको जस लिँदै थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा अहिले कास्की प्रहरीको कारागारमा छन् । कात्तिक २ गते प्रहरीले लामिछानेलाई काठमाडौंबाट नियन्त्रणमा लिएर पोखरा लगेको थियो । उनी पक्राउबारे कांग्रेसमा धेरैले महामन्त्री थापालाई नै जस दिन्छन् । थापाकै प्रयासमा सहकारीको मुद्दा स्थापित भएको कांग्रेस सभापति शेरबहादुर देउवाले समेत बताएका थिए । 

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ । उहाँलाई धन्यवाद दिन चाहन्छु । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ असोज २ गते सानेपामा आयोजित कार्यक्रममा देउवाले भनेका थिए ।लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयलाई स्थापित गर्न महामन्त्री थापाले सदनमा निरन्तर प्रयास गरेका थिए । यसैले पनि उनले अहिले अर्थमन्त्री पाउनुपर्ने उनीनिकट नेताहरु बताउँछन् । ‘महामन्त्रीले निकै दुःख गर्नुभएको छ । अहिले फ्रन्टलाइनमा उहाँ नै देखिनुहुन्छ,’ थापानिकट एक केन्द्रीय सदस्यले भने, ‘ढिलोचाँडो उहाँ अर्थको नेतृत्वमा पुग्नुहुन्छ ।’ बिआरआई सम्झौताले पनि गगनको सम्भावना थप बढेको ती केन्द्रीय सदस्यले दाबी गरे ।

मन्त्रिपरिषद् बैठक अन्तिममा स्थगित
यसैगरी बिहीबार दिउँसो ४ बजे बस्ने गरी तोकिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य कारण देखाउँदै बैठक स्थगित गरिएको हो । बिहीबार बिहान ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा ओलीलाई इन्डोस्कोपी गरिएको उनका निजी चिकित्सक दिव्या सिंहले बताइन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्लीमा र अर्थमन्त्री पौडेल बैंककमा भएकाले पनि मन्त्रिपरिषद् बैठक स्थगित गरेको बताइएको छ । बिहीबारको मन्त्रिपरिषद्मा मन्त्री हेरफेरको विषयसमेत समावेश रहेको बताइएको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP