Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा
चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३, २०८१

मकाउ - चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन्  । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

पोर्चुगलको पूर्व उपनिवेशलाई सन् १९९९ डिसेम्बर २० मा ‘एक देश, दुई प्रणाली’ ढाँचा अन्तर्गत चीनलाई हस्तान्तरण गरिएको थियो जसले चिनियाँ मुख्य भूमिभन्दा स्वायत्तता र व्यापक नागरिक स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो ।

चीनमा एक मात्र स्थान जहाँ क्यासिनो जुवालाई अनुमति दिइएको मकाउ शहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबको रूपमा रहेको लास भेगसलाई उछिनेको छ ।  भ्रमणको क्रममा सी मकाउको नयाँ प्रशासनको उद्घाटनसमारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि गर्ने सिन्ह्वाले जनाएको छ ।

Hardik health

मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनेछन् । मकाउको ८१ प्रतिशत हिस्सा राजस्व सङ्कलन क्यासिनोबाट गर्छ । सामले मकाउले क्यासिनोमा मात्र भर पर्नेभन्दा यसलाई अन्य स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले एएफपीसँग बताएका छन्। क्यासिनो कन्सल्ट्यान्ट बेन लीले भने, “राष्ट्रपति सी सम्भवतः मकाउका व्यवसायीहरूले दुई वर्षअघि वाचा गरेको गैर–खेलजन्य लगानीको लागि प्रोत्साहन गर्न चाहन्छन्  । 

मकाउलाई आंशिक रूपमा विकासको लागि भूमि आपूर्ति बढाउनको लागि भाडामा दिइएको हेङ्किन टापुको पनि भ्रमणको सम्भावना रहेको लीले बताए । सीको यात्रा कार्यक्रमबारे पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन ।अधिकारीहरूले राष्ट्रपति सीको भ्रमणका अवसरमा मकाउमा ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध र रेल सेवाहरूको आंशिक निलम्बनसहितका सुरक्षा उपायहरू बढाएका छन् ।

फेरीबाट एक घण्टाको दूरीमा रहेको हङकङबाट आउने आगन्तुकहरू र हङकङ, मकाउ र झुहाई जोड्ने विशाल पुलमा चालकहरूका लागि सुरक्षा जाँच बढाइएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP