Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड
सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २, २०८१
RBB RBB

पाटन-  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन्  ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए । 

“स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो । सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ”, प्रधानमन्त्री ओलीले भने ।

गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेकोलगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास–निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले उल्लेख गरे । निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उनको कथन थियो । 

प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताए । उनले भने, “सबैको प्रयासबाट सबैका लागि साझा प्रगति हासिल गर्नुपर्छ, प्रगतिको यात्रा कहिल्यै टुङ्गिँदैन । सहाराविहीनहरुलाई भरणपोषणसहित आश्रयको व्यवस्था भएको छ । २०८२ सालभित्र देशलाई सडक मानवमुक्त बनाउँछौँ,” राज्यले सामाजिक सुरक्षा प्रदान गरेको चर्चा गर्दै प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्र्न सकिने बताए। प्रधानमन्त्रीले भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिनुभएका नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र नयाँ पत्रिका दैनिकका संवाददाता शिवहरि घिमिरेलाई सम्मान गरे । 

 त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताए ।  बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए ।  महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए ।

उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे। उपप्रमुख मञ्जली शाक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गरे । 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट आइतबार, जेठ ४, २०८२
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ आइतबार, जेठ ४, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP