Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रक्षात्मक बन्दै ओली
 ‘ सरकार ढल्ने’  दाबी  रक्षात्मक बन्दै ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २, २०८१
  • भारतीय जासुसी संस्था ‘रअ’का पूर्वएजेन्ट लक्की भनिने लक्ष्मणसिंह विष्टले गत बिहीबार भारतको सञ्चारमाध्यम नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै केही दिनमै नेपालको सरकार ढल्ने दाबी गरेका थिए 
  • अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार भएकोले दुई दलले नचाहँदासम्म कसैले चाहेर सरकार नढल्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ


काठमाडौं– नेपालमा नयाँ सरकार बन्नसाथ छिट्टै ढल्ने अड्कलबाजी हुन्छ । मुख्य कारण हो, राजनीतिक दाउपेच । यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार मसान्तमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने अड्कलबाजी भयो ।

सरकार चाँडै ढल्ने ठोकुवा गर्ने नेता हुन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । दैनिकजसो भाषणमा दाहालले यो सरकार चाँडै ढल्ने बताउँथे । पछिल्लोपटक प्रधानमन्त्री ओली चीन भ्रमणमा गएयता भने दाहाल मौन छन् । बरु भारतीय जासुसी संस्था ‘रअ’का पूर्वएजेन्ट लक्की भनिने लक्ष्मणसिंह विष्टले गत बिहीबार भारतको सञ्चारमाध्यम नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै केही दिनमै नेपालको सरकार ढल्ने दाबी गरे । ‘१०–१५ दिन अथवा एक महिनाभित्रमा नेपालको सरकार ढल्न सक्छ,’ विष्टले भनेका छन् ।

विष्टको यो अन्तर्वार्तालाई नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरेको देखिन्छ । विष्टले यतिमात्र हैन, नेपालमा धेरै नै गुप्तचर संस्थाका एजेन्टहरु भएकोले काम गर्न निकै मुस्किल हुनेसमेत बताए । उनले नेपालमा पनि काम गरेको र थुप्रै मिसन सफल गरेको दाबी गरेका छन् । यतिमात्र हैन विष्टले सूचना सबैभन्दा शक्तिशाली चिज भएकोले आफूले यो सबैलाई बाँडेको तर्क गरेका छन् ।

चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चा
विष्टको भनाइ अहिले सामाजिक सञ्जालमासमेत चर्चामा छ । सार्प सुटरका रुपमा चिनिएका विष्टका अन्तर्वार्ताहरु युट्युबलगायतका सामाजिक सञ्जालमा अत्यधिक हेरिएको पाइन्छ । नेपाल सरकारको भविष्यवाणी गरिएको क्लिप्स अहिले भाइरल बनेको छ । योसँगै सरकार ढल्ने विषयले चिया पसलदेखि सामाजिक सञ्जालसम्म प्रवेश पाएको छ । हिजोआज बसदेखि बस बिसौनीसम्मै पनि यो विषयमा सर्वसाधारण गफिन थालेका छन् । योसँगै सरकारसमेत त्रासमा परेको छ ।

Hardik health

यसै विषयको बचाउमा प्रधानमन्त्री ओली सरकार बनेदेखि लागेका छन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,’ ओलीको हरेक सभाको भाषण यही हुने गर्छ । यतिमात्र हैन एमालेले यसविरुद्ध मंसिर ७ गते दरबारमार्गमा शक्ति प्रदर्शनसमेत ग¥यो ।

अहिले प्रधानमन्त्री ओलीको हरेक दिनको काम नै ‘सरकार ढल्दैन’ भन्दै जवाफ दिने भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले आरोप लगाएका छन् । ‘केपीजीको पनि कामै जम्माजम्मी यो सरकार ढल्दैन भन्ने,’ चन्दले मंसिर ८ गते भनेका थिए, ‘जनतालाई के लागेको छ भने यो सरकार राति ढल्नसक्छ, यो रातको १२ बजे ढल्न सक्छ, यो बिहानै उछिट्टिन सक्छ ।’

चन्दको भनाइलाई एमाले महासचिव शंकर पोखरेलले कटाक्ष गरेका छन् । उनले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दाबी गरे । सोमबार नेपाल निजामती कर्मचारी संठठनले आयोजना गरेको प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने ठोकुवा गरेका हुन् ।‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ पोखरेलले भने, ‘यथार्थ यही हो, नडराइ ढुक्कले काम गर्न गर्नूस् ।’

आलोचना बढ्दो
तेस्रोपटक प्रधानमन्त्री भएयता एमाले अध्यक्ष ओलीको आलोचना बढ्दो छ । मन्त्री र कर्मचारीलाई निर्देशन दिनेबाहेक प्रधानमन्त्री ओलीले कुनै काम नगरेकोले आलोचना बढेको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । ‘ओलीको काम गर्ने क्षमता खिइँदै गएको छ । त्यसैले पनि उनको आलोचना बढ्न थालेको हो,’ पोखरेलले भने ।

त्यसो त कुनै बेला ‘साइबर सेना’ नै बनाएर ओलीको बचाउमा लागेकाहरु अहिले मौन बसेसँगै उनको आलोचना बढेको बताउनेहरु पनि छन् । साइबर सेनाको मुख्य नेता मानिने महेश बस्नेत अहिले विभिन्न आरोपका कारण छायामा छन् । पछिल्लो समय ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दुर्गा प्रसाईंका समर्थकको तारो बनेका छन् ।


ओलीको काम गर्ने क्षमता खिइँदै गएको छ । त्यसैले पनि उनको आलोचना बढ्न थालेको हो ।
कृष्ण पोखरेल
प्राध्यापक एवं राजनीतिक विश्लेषक



अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन ।
शंकर पोखरेल
महासचिव, नेकपा एमाले
 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP