Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • सडक महोत्सव : ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’
सडक महोत्सव : ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १, २०८१

काठमाडौं -  रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको हो । रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले रेबानका तर्फबाट हुँदै आएको सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे  ।

 “पोखरा सडक महोत्सवले ‘आन्तरिक पर्यटन’ प्रवर्द्धन गर्दै आएको छ, नेपाल आउने र आइरहेका विदेशी पर्यटकलाई पनि आफ्नो यात्रालाई लम्ब्याएर महोत्सवमा सहभागी हुने गरेको हामीले पाएका छौँ”, अध्यक्ष विष्टले भन्नुभयो ,“पर्यटनलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर पोखराका पर्यटन विज्ञहरूले छलफल गरेर सडक महोत्सवको सुरूआत गर्नुभयो । यो एउटा इतिहास बनिसकेको छ ।” अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत गरेको छ ।

विभिन्न नेपाली खाना, जातीय वेषभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको छ । नेपालमा सबै सिजनमा वार्षिक कार्यसूची बनाएर सडक महोत्सवलाई वृहत महोत्सवको रूपमा विकास गरेर पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुनका लागि सरकार, निजी क्षेत्र एवं सरोकारवाला सहकार्यकासाथ लाग्नुपर्नेमा उहाँको जोड छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

Hardik health

उनले कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे । अध्यक्ष पौडेलका अनुसार महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता रहेका छन् । यसवर्ष लमजुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ । पाँच दिने महोत्सवमा आन्तरिक र बाह्य गरी करिब पाँच लाख पर्यटक आउने आयोजकको अनुमान छ ।

अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुदैँछ । बेलुन नेपाल प्रालिको आयोजनामा यही पुस ९ गतेदेखि पर्यटकीय राजधानी पोखरामा सुरू हुने फेस्टिफलमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहने जनाइएको छ । उक्त फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने छ । महोत्सवमा पामे क्षेत्रको तौरूकदेखि चङखपुरसम्म तीन किलोमिटर क्षेत्रमा हुने आयोजकले जनाएको छ । नेपालमा आउने विदेशी पर्यकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ । 


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान शुक्रबार, कात्तिक १४, २०८२
पुल मर्मत नहुँदा आवागमनमा समस्या
पुल मर्मत नहुँदा आवागमनमा समस्या शुक्रबार, कात्तिक १४, २०८२
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्ग अवरुद्ध
बिपी राजमार्ग अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै शुक्रबार, कात्तिक १४, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP