Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संकटको घेरामा एमाले
ओली–पोखरेल निचोड संकटको घेरामा एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १, २०८१
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली र साथमा एमालेका शीर्ष नेताहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

चीनमा पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध गर्दैन । प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरेर राज गर्ने नीति लिए । हामीमा पनि पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको छ । 
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले 

 

काठमाडौं– पार्टी संगठन सर्वाधिक मजबुत भएको दल नेकपा एमाले संकटमा फस्दै गएको देखिएको छ । पार्टीका एकपछि अर्का नेताले यसप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् । महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको र त्यसले एमालेलाई राष्ट्रिय शक्ति बनाउन कठिन पार्ने निचोड निकालेका छन् ।पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवादमा कमी औंल्याउँदै पार्टी संगठन विभागले राखेको राष्ट्रिय कार्यशालामा उनले स्वीकारे, ‘अहिले पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुन्छ ।’

महासचिव पोखरेलको यो निचोड स्थानीय तह उपचुनावमा आशा गरेजस्तो परिणाम नआएपछि आएको हो । पार्टीका कतिपय नेताहरूमा नैतिक र वैचारिक स्खलन देखिएको र कतिपयमाचाहिँ ‘सांस्कृतिक विचलन’ देखिँदाको स्थितिमा पोखरेलले गरेको यस्तो विश्लेषण निकै अर्थपूर्ण छ ।अध्यक्ष ओलीलेचाहिँ पार्टीभित्र आफ्नो कदम ‘सर्वमान्य’ ठानिनुपर्नेमा त्यसो नहुँदा समस्या निम्तिएको आशय प्रकट गरेका छन् । आइतबार पार्टी संगठन विभागले आयोजना गरेको कार्यशालामा ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वलाई कुनै पनि नेताको विरोध नहुने सुनाए । चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको उदाहरण दिएर ओलीले नेतृत्वको विरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेका हुन्, जसलाई ओलीले समस्याको रूपमा चित्रित गरे ।

Hardik health

‘चीनमा पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध गर्दैन । प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरेर राज गर्ने नीति लिए । हामीमा पनि पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको छ,’ ओलीले भने । यसको अर्थ केही नेताले आफूमाथि गर्ने प्रश्न, आलोचना र विरोधलाई ओलीले पार्टीको समस्या ठानेका हुन् । शुक्रबारमात्रै चितवनको एक कार्यक्रममा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले अध्यक्ष ओलीमाथि प्रश्न उठाएकी थिइन् । घुमाउरो शैलीमा उनले ओली पार्टीमा निरंकुशता लाद्न उद्धत भएको बताएकी थिइन् । यसरी आलोचना गर्ने प्रवृत्ति ओलीको दृष्टिमा समस्या हो । 

यद्यपि, नभनिएको तर एमालेले झेल्दै आएको भने राजनीतिको गौंडागौंडामा नेकपा एकीकृत समाजवादीको अड्चन हो । एक जना एमाले स्थायी कमिटी सदस्यका अनुसार तीन वर्षदेखि एकीकृत समाजवादीले एमालेको सांगठनिकमात्रै नभएर राजनीतिक जीवनमा गम्भीर धक्का दिँदै आएको छ ।एकीकृत समाजवादी एमालेबाट ‘विद्रोह’ गरेर माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरूले गठन गरेका हुन् । यस दलसँगको जनमत कम छ तर एमालेलाई धक्का दिन पर्याप्त छ । २०७८ यता एकीकृत समाजवादीकै कारण एमालेले पटक–पटक क्षति बेहोर्नुपरेको छ । तर, एमाले महासचिव पोखरेलले एमालेको जीवनमा समस्या पर्यो भन्दा समस्या पार्ने एकीकृत समाजवादी हो भनेर किटान गर्न हिच्किचाएका छन् ।

अहिले पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुन्छ ।
शंकर पोखरेल
महासचिव, नेकपा एमाले

२८ असार २०७८ यतामात्रै हेर्ने हो भने एमालेले धेरै क्षति बेहोर्नुमा जिम्मेवार एकीकृत समाजवादी नै हो । पछिल्लोपटक स्थानीय तहको उपचुनावमा पनि ठाउँठाउँमा एमालेले चुनाव हारेको एकीकृत समाजवादीकै कारणले देखिएको छ । जस्तो, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा २०७४ सालमा चुनाव जितेको एमाले थियो । २०७९ मा एमालेले दोस्रो हुँदै चुनाव हार्यो । तर, १५ मंसिरमा भएको उपचुनावमा त एमाले झर्दैझर्दै तेस्रो स्थानतिर पुग्यो । एकीकृत समाजवादीले माओवादी केन्द्रलाई साथ दिँदा माओवादी केन्द्र तेस्रोबाट दोस्रो पोजिसनमा उक्लियो । 

अर्को उदाहरण, काठमाडौं–१६ एमालेको प्रभाव क्षेत्र थियो । तर, पार्टी विभाजन भएर एकीकृत समाजवादी बनेपछि त्यहाँ कांग्रेसले २०७९ मा चुनाव जित्यो । एमालेले प्रभाव क्षेत्र गुमायो । यसपटक भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो । रास्वपाका उम्मेदवारभन्दा करिब ८०० मतले एमाले उम्मेदवार पराजित भए । जबकि एकीकृत समाजवादीले १२ सय मत ल्यायो । अर्थात्, एमालेलाई वडाध्यक्षमा पराजित गर्न एकीकृत समाजवादी काफी भइदियो ।

९ भदौ २०७८ मा एकीकृत समाजवादी गठनपछि एमालेले यहाँ निकटतम प्रतिस्पर्धी हुने हैसियतसमेत गुमाएको छ । अन्यन्त्रका केही स्थानमा पनि एमालेको हारका लागि एकीकृत समाजवादीमा संगठित मत निर्णायक देखिएको छ । दुई वर्षअघि भएको आमनिर्वाचनमा एकीकृत समाजवादीले पाएको मत दुई लाख ९८ हजार हो । यो मत २०७४ र त्यसअघि एमालेमा संगठित थियो । यही मत एकीकृत समाजवादीमा २०७९ को चुनावयता रहँदा नेकपा एमाले संसद्को पहिलो शक्तिबाट दोस्रो शक्ति भयो, त्यो पनि धेरै सिट अन्तरले ।  
२०७४ मा एमाले माओवादीसँग मिलेर चुनाव लड्दा प्रत्यक्षतर्फ नै सिट संख्या ८० थियो । समानुपातिक जोड्दा १२१ सांसद थियो । तर, २०७९ मा समानुपातिक जोड्दा पनि ७८ मात्रै पुग्यो । यो भनेको नेकपा एमालेले संसदीय चुनावमै एकीकृत समाजवादीका कारण बेहोरेको क्षति हो ।आमचुनावअघि त नेकपा एमालेले एकीकृत समाजवादीकै कारण केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार गुमाएको थियो । अर्थात् यसअघि एमालेलाई लामो समय प्रतिपक्षी बेञ्चमा पुर्याउन जिम्मेवार एकीकृत समाजवादी नै हो । स्थानीय तहदेखि प्रदेश हुँदै संघीय निर्वाचनमा पनि ठाउँठाउँमा एमाले उम्मेदवारहरू हारेको एकीकृत समाजवादीमा संगठित एमालेकै मतले हो ।

राष्ट्रियसभा सदस्य उपचुनाव होस् वा राष्ट्रपति चुनाव होस्, यी चुनावहरूमा पनि एकीकृत समाजवादीकै कारण एमालेले धक्का खायो । सोही कारण हुन सक्छ– एमाले अध्यक्ष रहेका हालका प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम उच्चारण गर्दा मुख कुल्ला गर्नुपर्छ भनेका थिए । यसले एकीकृत समाजवादी र उक्त दलका अध्यक्ष नेपालसँग ओली कति क्रोधित भएका छन् भन्ने पुष्टि गर्छ ।त्यही भएर ओली एकीकृत समाजवादीसँग पार्टी एकता गर्न कुनै पनि हालतमा तयार छैनन् । बरु, कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने तर अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतलाई एमाले भित्र्याउन ओली इच्छुक छैनन् । नेपालले पनि ओलीलाई लक्षित गर्दै भन्ने गरेका छन्– चुरिफुरी समाप्त पारिदियौं ।

यसरी अनेक हण्डर र ठक्कर खाँदै एमाले अघि बढिरहँदा महासचिव शंकर पोखरेलले पार्टी ठीकठाक चलिरहेको छैन भनेका हुन् । उनले पार्टी जीवनमा समस्या नै समस्या देखिएको र त्यसका लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिले राम्रा काम गरेर जनताको मत जित्नुपर्ने बताएका हुन् । होइन भने एमालेलाई राष्ट्रिय शक्ति बनाउन कठिन हुने ठहर्याएका हुन् ।



 


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP