Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २७, २०८१

थाइल्याण्ड - म्यान्मामा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।म्यान्माको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो । जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र आपराधिक सङ्गठनले अफिमलाई प्रशोधन गरी हेरोइनमा परिष्कृत गर्छन् र कानून प्रवर्तनले अर्बोँ डलरको व्यापारमा आँखा चिम्लेको विश्लेषकहरू बताउँछन् ।

गत वर्ष म्यान्मा विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादक बनेको थियो र यसले एक हजार ८० टन अफिम उत्पादन गरेको थियो । यो तालिबान सरकारले अफिम खेतीमा कडाइ गरेपछि अफगानिस्तानको उत्पादनभन्दा दोब्बरभन्दा बढी हो ।म्यान्माले सन् २०२४ मा ९९५ टन अफिम उत्पादन गरेको संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय (युएनओडीसी) ले जनाएको छ ।

अनुसन्धान अधिकृत इन्शिक सिमले बैङ्ककमा आयोजित एक पत्रकार सम्मेलनमा भने, “परम्परागत अफिम खेती गर्ने क्षेत्रमा बढ्दो द्वन्द्व र बालीमा आएको कमीबीच ‘बलियो सम्बन्ध’ रहेको छ ।करिब ८० प्रतिशत अफिम उत्पादन गर्ने पूर्वको शान राज्यका केही भाग यस वर्ष युद्धमा फसेका छन्, जसका कारण धेरै अफिम किसानलाई आफ्नो खेती छोड्न बाध्य बनाएको म्यानमा अफिम सर्वेक्षण २०२४ ले जनाएको छ ।

Hardik health

दूरदराजका क्षेत्रहरूमा आवतजावतमा सीमितता र अत्यधिक मनसुनको मौसमलाई पनि यो घट्नुका लागि अन्य सम्भावित कारकहरूको रूपमा उद्धृत गरिएको छ ।प्रतिवेदनले क्षेत्रीय हेरोइन बजारमा अत्यधिक आपूर्ति र औषधिको विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको परिवर्तनका कारण अफिम निर्यातको माग कम भएको र मूल्यमा गिरावट आएको पनि उल्लेख गरेको छ ।

तर यूएनओडीसीका अनुसार यो वर्षको बाली अझै पनि विगत दुई दशकमा म्यान्माको दोस्रो ठूलो बाली हो र यो उसको आम्दानीको प्रमुख स्रोत हो ।म्यान्माको अर्थतन्त्र ‘कू’ पछि खुम्चिएको छ र यसै साता विश्व बैङ्कले सन् २०२५ को मार्चमा समाप्त हुने आर्थिक वर्षमा एक प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ ।

दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि यूएनओडीसीका क्षेत्रीय प्रतिनिधि मसूद कारिम्पोरले आपूर्ति शृङ्खलासमायोजन र खेतीको विधिमा सुधार हुँदा थप विस्तारको उच्च जोखिम रहेको बताए । म्यान्माका गृहमन्त्रीले गत जुनमहिनामा सरकारी सञ्चारमाध्यमलाई भनेका थिए, ’अफिम खेती रोक्न म्यान्माका अधिकारीहरूले गम्भीर चुनौतीको सामना गरिरहेका छन् । संघका अनुसार विद्रोहले देशभरि सामाजिक र आर्थिक उथलपुथल र सशस्त्र द्वन्द्व निम्त्याएको छ र ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू बिहीबार, कात्तिक २०, २०८२
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर बिहीबार, कात्तिक २०, २०८२
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा बिहीबार, कात्तिक २०, २०८२
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो बिहीबार, कात्तिक २०, २०८२
बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको दर बढ्यो
बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको दर बढ्यो बिहीबार, कात्तिक २०, २०८२
कार्गो विमान दुर्घटना
कार्गो विमान दुर्घटना बुधबार, कात्तिक १९, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP