Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता
‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २७, २०८१

सियोल-  दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसद्मा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम क्षणसम्म’ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

दक्षिण कोरियाली नेतालाई डिसेम्बरको पहिलो सातामा भएको शैनिक कानुनको घोषणा गर्ने ‘नाटकीय राजनीतिक भूमिका’ का सम्बन्धमा अनुसन्धानको एक भागको रूपमा विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ । युनको यस कदमले सियोलका सहयोगीहरूलाई स्तब्ध पारेको थियो र दक्षिण कोरियालाई वर्षौंपछि गहिरो राजनीतिक उथलपुथलमा फ्याँकेको थियो ।

शनिबारका लागि पुनः मतदानको तयारी गरिएको राष्ट्रपति युनविरूद्ध संसदमा महाभियोगको प्रस्तावबारे प्रतिक्रिया दिँदै युनले भने, “म अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने’ प्रतिवद्धता प्रकट गरेको छु ।” उनले टेलिभिजनमार्फत् ‘राष्ट्रका नाममा’ सम्बोधन गर्दै भने , “म ती मानिसहरूसँग फेरि माफी माग्छु, जो सैनिक कानुनका कारण आश्चर्यचकित र चिन्तित भएका हुनुपर्छ । कृपया, मलाई विश्वास गर्नुहोस्।”

महाभियोगको मतदान स्थानीय समयअनुसार आगामी शनिबार (डिसेम्बर १४) साँझ ५:०० बजे हुनेछ । राष्ट्रपतिविरूद्ध विपक्षी गठबन्धनले दर्ता गरेको र एक पटक मतदान हुने तयारी भइरहँदा सत्तारूढ पार्टीका करिब सबै सांसद्ले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको थियो । महाभियोगको आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) का आठ सदस्यको समर्थन प्राप्त गर्न आवश्यक छ । 

Hardik health

बिहीबार पीपीपीका नेता हान दोङ–हुनले पार्टीका सदस्यहरूलाई बैठकमा उपस्थित हुन् र ‘उनीहरूको विश्वास र अन्तस्करणअनुसार’ मतदान गर्न आग्रह गरेका छन् । प्रहरीले युनको राष्ट्रपति कार्यालयमा बुधबार छापा मार्ने प्रयास गरेको थियो तर राष्ट्रपतिको कार्यालयका सैनिक सुरक्षा गार्डले कार्यालय परिसरमा प्रहरी प्रवेशलाई अनुमति नदिएपछि प्रहरी फिर्ता हुनुपरेको थियो । 

प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका कर्मचारी र सुरक्षा निकायले कानून कार्यान्वयनमा अवरोध पु¥याए थप कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । दक्षिण कोरियाको राजधानी सियोलमाा गत हप्तादेखि दैनिक प्रदर्शन भइरहेको छ र हजारौं मानिस युनको राजीनामा मागिरहेका छन् ।

गत हप्ताको ‘सैनिक कानुन (मार्शल ल)’ घोषणा मा उनको कथित भूमिका को लागि युनका निकट सहयोगी गहन अनुसन्धानको भागिदार बनेका छन् । बिहीबार प्रहरीले सेनाको राजधानी रक्षा कमाण्डको मुख्यालयमा छापा मारेको बताएको थियो।युनलाई सैनिक शासन लागू गर्न आग्रह गरेको आरोप लागेका पूर्व रक्षामन्त्री किम योङ ह्युनले मङ्गलबार जेलमै आत्महत्याको प्रयास गरेको बताएको छ । 

किमलाई पहिलो पटक आइतबार हिरासतमा लिइएको थियो र पछि ‘विद्रोहको समयमा महत्वपूर्ण कर्तव्यहरूमा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्याउन पदीइ अधिकारको दुरुपयोग गरेको’ आरोपमा औपचारिक रूपमा गिरफ्तार गरिएको थियो।

पूर्व गृहमन्त्री र ‘मार्शल ल’ भूमिकाको जिम्मेवारी सम्हालेका जनरललाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ । दुई जना वरिष्ठ प्रहरी अधिकारीलाई पनि बुधबार बिहान पक्राउ गरिएको छ । पीपीपीले युनको राजीनामा तत्काललाईलाई थाँती राख्दै उनले प्रधानमन्त्री हान डक सो र पार्टी प्रमुख हानलाई सत्ता हस्तान्तरण गर्न सहमत भएको जनाएको छ ।

तर, युनले विपक्षीले देशलाई ‘राष्ट्रिय सङ्कट’मा धकेलेको आरोप लगाउँदै बिहीबार त्यसको विरोध गरेको थियो ।  ‘विपक्षी दलको प्रभुत्व रहेको नेशनल एसेम्ली उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई ध्वस्त पार्ने कडी बनेको छ,” युनले टेलिभिजन सम्बोधनमा भने। 

उनले भने, “‘मार्शल ल’को घोषणासम्बन्धी कानुनी र राजनीतिक जिम्मेवारीबाट म पन्छिने छैन ।” दक्षिण कोरियाली नेताले दक्षिण कोरियालाई उत्तर कोरियाली कम्युनिस्ट शक्तिबाट उत्पन्न हुने खतराबाट जोगाउन र राष्ट्रविरोधी तत्वलाई नियन्त्रण गर्न मार्शल लको घोषणा गरेको बताएका थिए । 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP