Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • होलिकाको काखमा दारीवाल 
होलिकाको काखमा दारीवाल 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर २५, २०८१

मन्द अँध्यारो कोठा । मंसिरको जाडोले कक्रिएर पातलो ओड्ने ओडेर पल्टिरहेको छ अधवैशे दारीवाल । मनमा भय, त्रास र आतंक अनुहारमा छछल्किरहेको छ । खै के पो गर्ने हो, भित्रभित्रै डरले मुटु काँपिरहेको छ । 

मध्यरात कोही घुरेर निदाइरहेका छन् । कोही आच्छुऽ आच्छुऽ कस्तो जाँडो भन्दै छन् । सबैको उही नियति छ । डर र त्रास भने फरक–फरक छ  । चिसो कोठामा न दया न माया, अपराध गरेको होस् या नहोस् तर बन्दी बनेको छ ।

मध्यरात, फलामको ढोका उघारेर नीलो बर्दीवाला पल्टिरहेको दारीवाललाई कोट्याउन पुग्छ । दारीवाल झस्किन्छ । ‘के भो ?’ दारीवाल प्रश्न गर्छन् ।बर्दीवाल कुनै युद्ध जितेर आएको सिपाहीजस्तै गर्जिन्छ– ‘खुरुक्क उठेर हिँड्’ ।

नीलो क्रान्तिको ‘अगुवा’ दारीवाललाई निलै बर्दीवालले मध्यरातमा सातो लिने प्रयास गर्छ । दारीवाल ओड्ने पन्छाएर उठ्छ र सोध्छ, ‘यो मध्यरात कहाँ जाने ?’नीलो बर्दीवाल कड्किन्छ– ‘माथिको आदेश छ, हामीलाई जहाँ मन लाग्यो त्यही जाने । तँलाई भनेर लैजाने हो र ?’

Hardik health

‘जान्न म यो मध्यरातमा, जानै परे भोलि बिहान जान्छु,’ दारीवाल आफूलाई अलि निडरजस्तै गरी भन्छ । तर बर्दीवाललाई माथिको आदेश छ । दारीलाई कड्किँदै भन्छ, ‘मलाई कुनै कुरा सुन्नु छैन, खुरुक्क हिँड् ।’‘म अहिले जान्न, यो रातिको समयमा किन जाने ? अनि बोल्दाखेरी अलि भद्र बन्नूस्,’ दारीवाल पनि के कम, उल्टै आदेश दिएजस्तै बोल्छ । 

उत्तर कुनामा अडेस लागेर हरियो ब्ल्यांकेट ओडेर एकनासले हेरिरहेको अर्को थुनुवा हाँस्छ । ‘समय हो समय, कहिले कसको पालो कहिले कसको पालो । दिन एकैनासको कहाँ हुन्छ राजा ? हामीले त यहाँ बसेर कति पीडा पायौं पायौं । अब पालो तिम्रो’ थुनुवा ताली बजाउँछ । 

दारीवाल अर्को थुनुवातर्फ निराश भएर हेर्छ । बर्दीवाल दारीवाललाई बाहिर निस्कन भन्छ । बर्दीवालको कुरा सुन्दा दारीवाललाई कतै अन्तै लैजान खोजेको हो कि भन्ने भान हुन्छ । उसलाई कता–कता डर लाग्छ । नजाउँ थुनुवा कोठामा, जाउँ भने मध्यरात कतै केही पो गर्ने हुन कि ? 

दारीवालको मनमा चिसो पस्यो । मनमनै सोच्छ, ‘त्यसै छाड्लान जस्तो छैन नखाएको विष लागिरहेको छ ।’ ‘जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन’ गीत मस्तिष्कमा आउँछ ।दारीवालको मनमा अझ डर बढ्दै गएको छ । तर पनि ऊ बाध्य भएको छ । बर्दीवालको पछिपछि लाग्छ । दिनभर अदालतबाहिरको भीडभाड र नारा जुलुस सम्झन्छ । अनि मध्यरात कतै लैजाँदै गर्दा उसले माओवादी जनयुद्धको समय सम्झन्छ । शासकहरुले आफ्नो कमजोरी लुकाउन जे पनि गर्न सक्छन् भन्ने कुरा दारीवालले पनि बुझेको छ ।

दारीवाललाई बर्दीवालले हिरासतबाट बाहिर लैजान्छ । बन्दुकधारी अरु नीला बर्दीवाला पनि देखिन्छन् । ठूलै अपराध गरेजस्तै गरी मध्यरातमा दारीवाललाई गाडीमा राखिन्छ । दारीवाललाई गाडीमा राखेपछि टुप्पोमा राखिएको रातोबत्तीसँग बजेको एकोहोरो ‘साईरन’सँगै गाडी हुँइकिन्छ । मध्यरात दारीवाललाई बर्दीवालले गरेको कर्मप्रति भित्रभित्रै रन्थनिएको छ । ‘साला, नियम कानुन, संविधानभन्दा माथि कुनै व्यक्तिको आदेशमा चलाउन पाइन्छ ? मैले कस्तो नबुझेको रहेछु । म जस्तै अरु कतिले यस्तै पीडा खेप्नुपरेको छ होला ?’ मनभित्र अनेक कुरा खेलिरहेको छ । मध्यरातमा हुँइकिएको गाडीमा बसिरहेको दारीवाल अब मेरो दिन सकियो कि क्या हो भन्ने सोचिरहेको छ ।

नीलो क्रान्तिका लागि हिँडेको दारीवाललाई आज नीलो बर्दीवालकै कारण भित्रभित्र मृत्युको मुखमा पुगेकी भन्ने डर लागिरहेको छ । जसरी प्रल्हादलाई हिरण्यकश्यपुको आदेशमा बहिनी होलिकालाई काखमा राखेर जलाउने प्रयास गरेकी थिइन् । अहिले नीलो क्रान्ति भन्दै हिँडेको दारीवालको अवस्था त्यस्तै भएको छ । ‘नो नट अगेन’ बन्दै नीलो क्रान्तिको सपना बुनाएर उही हिरण्यकश्यपुको आदेशमा होलिकाहरुको काखमा बसेर रमाउन पुगेको दारीवाल आज तीनै होलिकाहरुकै कारण नीलो बर्दीवालको फन्दामा परेको छ ।

होलिकाहरु नीलो बर्दीवालको सहयोगले दारीवाललाई कहिले यता र कहिले उता कुदाइरहेका छन् । होलिकाहरुको काखमा बस्नै हुन्नथ्यो भन्ने थाहा हुँदाहुँदै पनि दारीवाल नीलो बर्दीवाललाई तह लगाउनेगरी बसेका हैनन् र ?तर समयले कोल्टे फेरेको छ । होलिकाहरुले आफ्नै काखमा राखेर दारीवालको दारी डढाउने प्रयत्न गरिरहेका छन् । स्वार्थको चंगुलमा नीलो क्रान्ति कसरी सम्भव होला र ? नीलोलाई नीलो, कालोलाई कालो भन्न सक्नुपर्छ ।

भ्रममा अर्काको ‘बा’ लाई आफ्नै ‘बा’ मानेर हजारौ गल्तीहरुको ढाँकछोप गर्दै होलिकाको न्यानो काखमा बसेर ‘बा’ लाई ‘म्वाई’ खाँदै नर्कमा बसेर स्वर्ग देख्दाको हविगत दारीवालले नीलो बर्दीवालबाट भोगिरहेका छन् । आखिर हिरण्यकश्यपुलाई कुनै हालतमा पनि प्रल्हादलाई सिध्याउनु छ । त्यस्तै दारीवालको नीलो क्रान्तिलाई जसरी हुन्छ सिध्याउनुपर्छ भन्दै नीलो बर्दीवाललाई होलिकाका रुपमा प्रयोग गरिएपछि कसको पो के लाग्छ र ? कहिले कास्की, कहिले बुटवल, कहिले चितवन, कहिले काठमाडौं, कहिले बारा । दाह्रीवालको भाग्य पनि कति चम्केको हो प्लेनमै डुलेको डुल्यै छन् कठै वर ! राज्य होस् त नेपालजस्तो । शासक हुन् त देउऽली जस्तो ! 

सानो होस् कि ठूलो, अपराधी बनून् दारीवाल । कानुनसानुन यस्तै हो आदेशमात्र मानून् नीलो बर्दीवाल । ‘बा’ हरुको साथ, होलिकाको काखमा होस् बास !न्याय नपाए गोर्खा जानु भन्थे, अहिले त गोर्खा आफैंले न्याय पाएको छैन । दारीबाल झल्याँस झस्किए । खोला सुसाइरहेको थियो । नीलो बर्दीवाल दारीवाललाई आदेशका नाममा अनेक सुनाइरहेका थिए । नीलो गाडी नीलो बर्दीवाल । नीलो क्रान्ति गर्ने दारीवाल । बिहान यता, दिउँसो उता, रातमा कता–कता भाग्यमा नै प्वालै प्वाल ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास शुक्रबार, असोज ३१, २०८२
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP