Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘बिआरआई फ्रेमवर्क’मा बाझियो एमाले–कांग्रेसको मत
‘बिआरआई फ्रेमवर्क’मा बाझियो एमाले–कांग्रेसको मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २५, २०८१

हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन । प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री
 

काठमाडौं– चीनसँग हालै गरिएको ‘बिआरआई फ्रेमवर्क’ सम्झौतामा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको मत बाझिएको छ । सोमबार बिहान नेपाली कांग्रेसले यसबारे धारणा बनाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेको थियो ।

उक्त बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिआरआईबाट आउने परियोजना ऋणमा नभएको बताएका थिए । मंसिर १७ गते चीन उडेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणको अन्तिम दिन बिआरआई फ्रेमवर्कमा सम्झौता गरेका थिए । ‘एड फाइनान्सिङ’ उल्लेख गरी भएको बिआरआई सम्झौतामा १० परियोजना परेका छन् । ती परियोजना ऋणमा बन्ने हो कि भन्दै कांग्रेस सशंकित बनेको थियो ।

यद्यपि, प्रधानमन्त्री ओलीले यो ऋण नभई अनुदान भएको मंसिर २० गते चीनबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बताएका थिए । कुनै पनि हिसाबमा चीनमात्र नभई अरु मुलुकसँग पनि ऋण लिन नहुने कांग्रेसको अडान थियो । ‘नेपाल सरकारले चीन सरकारसँग बिआरआई समझदारीमा जुन हस्ताक्षर गरेको छ, त्यसमा अनुदानलाई नै महत्व दिइएको छ, त्यहीअनुरुप प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अनुदानबाहेक अरु लिन सक्दैनौं भनेर प्रस्तुत हुनुभएको भन्ने छ,’ केन्द्रीय सम्पादनको बैठकपछि प्रवक्ता महतले भने । 

Hardik health

कांग्रेसको धारणापछि सोमबार नै प्रधानमन्त्री ओलीले ऋण कि अनुदान भन्दै कराउन नहुने बताएका छन् । झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘बिआरआईबारे नबुझेर धेरै कराएका छन् । यो ऋण होे कि अनुदान हो ? भन्दै कराएका छन् । बिआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ, सहकार्य, संयुक्त लगानी पनि हुनसक्छ ।’

यतिमात्र हैन ओलीले नेपालजस्तो गरिब देशले ऋण लिन हुँदैन भनेर भन्नै नहुने तर्कसमेत गरे । ‘मैले भनेरै गएको हो, यतिबेला ऋणको कुरा हुँदैन । ऋण लिन जान लागेको होइन भनेर, हामी अनुदान सहायताकै कुरा गर्छौं भनेर । तर, हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन,’ ओलीले भने, ‘प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ ।’


नेपाल सरकारले चीन सरकारसँग बिआरआई समझदारीमा जुन हस्ताक्षर गरेको छ, त्यसमा अनुदानलाई नै महत्व दिइएको छ । त्यहीअनुरुप प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अनुदानबाहेक अरु लिन सक्दैनौं भनेर प्रस्तुत हुनुभएको भन्ने छ ।

डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

बिआरआई फ्रेमवर्कमा १० वटा परियोजनासमेत समावेश गरिएको छ । सम्झौताअनुसार टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारणलाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स फ्रेमवर्कमा राखेर बिआरआई अघि बढाउने नेपाल–चीनबीच समझदारी भएको छ ।

यस्तो सहयोग लिन नेपाल वर्षौंदेखि अलमलिएको उल्लेख गर्दै ओलीले १५३ देशले स्वीकारेको बिआरआई स्वीकार्न नेपाल अलमलमा पर्न नहुने बताए । ‘नेपालले प्राप्त गर्ने सहयोग वर्षौंदेखि अलमलिएको थियो । यसपटकबाट सम्झौता गरेर हामीले अगाडि बढाएका छौं । बिआरआईको बारेमा एउटा रुपरेखा सम्झौता गरेका छौं,’ ओलीले भने, ‘बिआरआईमा हामीले गरेको सहमति ठीक छ । यो १५३ देशले स्वीकारेको विषय हो । हाम्रो देशलाई लाभ पुग्नेगरी सम्झौता गरेको छौं । कसैले अलमलिनु पर्दैन । हामी हाम्रो राष्ट्रिय हित छाड्दैनौं ।’ 

यतिमात्र हैन ओलीले एमालेका युवालाई जुनसुकै बेला सडकमा उत्रिनपर्ने भएकोले तयार रहनसमेत निर्देशन दिए ।बिआरआई सम्झौताबारे दुई दलबीच प्रधानमन्त्रीको चीन भ्रमणअघिबाटै ‘ठाकठुक’ परेको थियो । कांग्रेस ऋण लिनै हुन्न भन्ने पक्षमा उभिँदा एमालेसहित अरु दल भने ऋण लिँदा फरक नपर्ने पक्षमा थियो । दुई दलबीच कुरा नमिलेपछि बिआरआई कार्यदलसमेत गठन गरिएको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी थिए । सुरुमा बिआरआईमा सहमति नहुने बताए पनि पछि कांग्रेस प्रवक्ता महतले परियोजनासहित ड्राफ्ट आएको विषय आफूले थाहा पाएको बताएका थिए । होटल बसेरामा एक संस्थाले आयोजना गरेको कार्यक्रममा महतको भनाइमाथि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कटाक्ष गरेका थिए ।

कांग्रेस महामन्त्री थापाले भने यस विषयलाई गुपचुप राख्न खोजेका थिए । पछि बिआरआई फ्रेमवर्कमा अन्तिममा हस्ताक्षर भयो । कांग्रेस केन्द्रीय सम्पादन समितिमा गगनले यो विषयमा महतलाई नबोल्न अनुरोध गरेका थिए । तर महतले भने अहिले देशको आर्थिक अवस्था खस्केकोले ऋण धान्न नसक्ने बताए । ‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । सर्तसहित ऋण लिँदा देशलाई फाइदा हुँदैन भन्ने हाम्रो ठहर हो,’ महतले भने ।


प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP