Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड 
नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २४, २०८१

चितवन -चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित भएकी छन् । परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तिकरणमा पुर्‍याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो । 

अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले यसवर्षको अवार्ड हात पारेकी हुन् । उनलाई गत शुक्रबार भारतको नयाँदिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उनी यो अवार्ड पाउने एकमात्र महिला हुन् ।

प्रकृतिप्रति असाधारण प्रेम र समर्पण भएकी एलिना पारिवारिक पृष्ठभूमिका कारण पनि संरक्षण क्षेत्रमा लागेकी हुन् । पर्यटन क्षेत्रमा क्रियाशिल बुबा डि. बि चौधरी र वन्यजन्तु संरक्षणमा क्रियाशिल हजुरबुबाका कारण आफूलाई पनि यसै क्षेत्रमा लाग्ने प्रेरणा मिलेको एलिना बताउँछिन् ।

Hardik health

२०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी अलिना २०२१ देखि बाराही जंगल लजमा काम गर्न थालेकी हुन् । त्यसपछि उनले चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संरक्षण परियोजनामा आवद्ध भइन् ।

बाराही जंगल लजका महाप्रबन्धक प्रकाश चन्दले एलिनाको सफलतामा गर्व लागेको बताउँछन् । 'अलिनाको सफलता संरक्षण क्षेत्रमा महिलाहरूको तागत र समर्पणको उदाहरण हो । उनको कडा मेहनत र जोशले वन्यजन्तु र पर्यटनको परिदृश्यलाई परिवर्तन गर्दैछ । उनी र उनीजस्ता अरूलाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।' 

प्रतिष्ठित अवार्डमार्फत एलिनामात्र नभइ समावेशीता र महिला सशक्तिकरणका क्षेत्रमा बाराही जंगल लजले अपनाएको कार्यशैली पनि सम्मानित भएको उनको भनाइ छ । आगामी दिनमा पनि बाराही जंगल लजले सशक्त र समावेशी वातावरण निर्माण गर्दै महिलालाई नेतृत्वका थप अवसर प्रदान गर्ने चन्दले बताए । 

चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदीको किनारमा अवस्थित बाराही जंगल लज पर्यावरणमैत्री गन्तव्य हो । यसले आरामदायी आतिथ्यतासँगै प्रकृति संरक्षण र विविधताको प्रवर्द्धनको मूल उद्देश्यका साथ स्थापना गरिएको हो ।
 


प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान शुक्रबार, कात्तिक १४, २०८२
पुल मर्मत नहुँदा आवागमनमा समस्या
पुल मर्मत नहुँदा आवागमनमा समस्या शुक्रबार, कात्तिक १४, २०८२
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्ग अवरुद्ध
बिपी राजमार्ग अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै शुक्रबार, कात्तिक १४, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP