Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम
बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं - नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । 

बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको प्रचारप्रसारको अभाव, केही प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यसप्रति लगानीकर्ता आकर्षित हुन सकेका देखिँदैनन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ । पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ । दोस्रो, ‘वैदेशिक रोजगार बचतपत्र’, जुन वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा फर्केका नागरिकका लागि लक्षित उपकरण हो । यी बचतपत्रहरू पाँचवर्षे अवधिका हुन्छन् र हालको ब्याजदर क्रमशः साढे सात र साढे आठ प्रतिशतले रहेको छ । यो ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा धेरै आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन ।
     
बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने हुँदा यसमा लगानी गर्दा अन्य क्षेत्रमा पनि लगानीका अवसर खुल्नुका साथै दोस्रो बजारमा यसको सहज कारोबारले बचतपत्रलाई छिटो तरलता प्रदान गर्छ । 

बचतपत्र फाइदाहरू हुँदाहुँदै पनि बचतपत्र लगानीकर्ताको रोजाइमा पर्न नसक्नुका पछाडि प्रचारप्रसारको कमी र धेरै लगानीकर्तालाई यसबारे जानकारी नहुनु रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए ।

Hardik health

“बचतपत्रप्रति नागरिकको कम आकर्षणका केही ठोस कारणहरू छन् । पहिलो र मुख्य समस्या यसको प्रचारप्रसारको अभाव हो”, पुडासैनीले भने, “बचतपत्रको प्राथमिक निष्कासन प्रक्रिया निकै सजिलो भए पनि यसबारे धेरैलाई जानकारी छैन । बजारको सीमित जानकारी र पहुँचले पनि बचतपत्रप्रति लगानीकर्ताको चासो घटाएको हुनसक्छ ।” बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेप र अन्य बचत योजनाको प्रचार व्यापक रूपमा गर्ने भए पनि बचतपत्रका बारेमा पर्याप्त जानकारी प्रवाह गरिएको पाइँदैन ।

बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ । “बचतपत्र धनीले आफूले चाहेका बेला बजार निर्माताका रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलै बिक्री गर्न सक्छन् । कसैले बिक्री गर्न चाहेमा बैंकले खरिद गर्दिन भन्न पाउँदैन । यसकारण बचतपत्रलाई एकदमै तरल प्रकृतिको मान्न सकिन्छ”, पुडासैनीले भने, “जसकारण भोलिका दिनमा बैंकहरूको ब्याजदर बढ्यो भने पनि बचतपत्र बेचेर मुद्दती निक्षेप लगानी गर्नसक्ने विकल्प खुला छ ।”
 नेपालमा वित्तीय साक्षरताको कमी पनि बचतपत्रप्रति कम आकर्षण हुनुको अर्को कारण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमहरूको प्रयोगबारे प्रस्ट जानकारी छैन । आमनागरिकले आफ्नो बचतलाई सुरक्षित रूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन् ।

बचतपत्रमा लगानी आकर्षित गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले केही सुधारका प्रयासहरू गरिरहेको पुडासैनीले जानकारी दिए । अनलाइन माध्यमबाट सजिलै आवेदन दिन सकिने, बचतपत्रको ब्याज रकम सिधै खरिदकर्ताको बैंक खातामा जम्मा हुने, दोस्रो बजारको कारोबारलाई सहज बनाउन प्रक्रियागत सुधार र दोस्रो बजारमा कारोबार गरेबापत ग्राहकसँग लिइने शुल्क कटौतीजस्ता प्रयास भएको उनले बताए ।

विदेशमा रहेका नेपालीहरूका लागि लक्षित वैदेशिक रोजगार बचतपत्रले उनीहरूको आम्दानीलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न सहयोग पु¥याउने भए पनि त्यो अवसरका सदुपयोग भने हुन नसकेको पुडासैनीले स्वीकारे। “विगतमा केही वैदेशिक रोजगार बचतपत्र एक प्रतिशतभन्दा कम सस्क्राइब (खरिद) भएका उदाहरण पनि छन् । तर पछिल्लो समय विस्तारै बचतपत्र खरिद गर्नेहरूको सङ्ख्या बढिरहेको छ”, उहाँले भने । 

दश प्रतिशत ब्याजदर दिइएका वैदेशिक रोजगार बचतपत्र २०८१, २०८१ ‘क’, २०८२ र ११ प्रतिशत ब्याज दिइएको २०८५ को एक प्रतिशतभन्दा कम खरिद भएको थियो । साढे १२ प्रतिशत ब्याज दिइएको वैदेशिक रोजगार बचतपत्र २०८४ को भने कुल निष्कासित रकमको ११ दशमलव ३४ प्रतिशत खरिद भएको थियो ।

अहिले पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही मङ्सिर १२ गतेदेखि वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको छ । कूल रू ५० करोड बराबरको निष्कासन रहेको पाँच वर्ष अवधिको यो बचतपत्रमा साढे आठ प्रतिशत ब्याजदर दिइने कार्यालयले जनाएको छ । यो बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा रू १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रू १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।

वैदेशिक रोजगारीमा रहेका र निजका परिवारले खरिद गर्न पाउने यो बचतपत्रको आगामी पुस १४ गतेसम्म बिक्री खुला रहेको छ । सरकारले बचतपत्रको लोकप्रियता बढाउन थप कदम चाल्नु आवश्यक छ । यसको प्रचारप्रसारलाई तीव्रता दिने, प्रक्रियागत जटिलता हटाउने, र वित्तीय साक्षरता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्छ । बचतपत्रजस्तो सुरक्षित र लाभदायक उपकरणलाई नागरिकहरूको पहिलो रोजाइ बनाउने हो भने यसले निजी बचतलाई परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP