Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • चीनसँग १२ बुँदे समझदारी :बिआरआई, केरुङ–काठमाडौं रेलमार्गमा पनि सम्बोधन
चीनसँग १२ बुँदे समझदारी :बिआरआई, केरुङ–काठमाडौं रेलमार्गमा पनि सम्बोधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१
  •  बिआरआईबारे थप छलफल गर्ने र चाँडै नै हस्ताक्षर गर्ने सहमति
  • दुई पक्षबीच काठमाडौं–केरुङ रेलवेको विषयमा फिजिबिलिटी अध्ययन गर्ने, टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने र नेपालमा चिनियाँ पर्यटक भित्र्याउन प्रोत्साहन गरिनेजस्ता विषयमा पनि सहमति
  • अरनिको राजमार्ग मर्मत, हिल्सा सिमीकोट सडक परियोजना, काठमाडौंको चक्रपथ परियोजनाका विषयमा पनि चीनले बाँकी काम सम्पन्न गर्ने विषयमा सहमति

०००
प्रधानमन्त्री ओलीको चीन भ्रमण

काठमाडौं– प्रधानमन्त्री केपी शर्माको चीन भ्रमण औपचारिकतामा सीमित भएको छ । सोमबार सरकारी र निजी क्षेत्रका व्यवसायीसहित चीन उडेका प्रधानमन्त्री ओलीले यो भ्रमणमा बिआरआईबारे केही सम्झौता गर्ने अनुमान गरिएको थियो ।

तर बिआरआईमा चाँडै थप छलफल गरी सहमतिमा पुग्ने सहमति गर्दै नेपाल र चीनबीच १२ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । जुन अधिकांश पुरानै सम्झौताका विषयहरु छन् । प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच चीनको ग्रेट हल अफ पिपलमा भेटवार्तापछि व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदानप्रदानलगायतका विषयमा भएको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री छ्याङसँग भेटवार्ता गरेका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार नै नेपालले टोखा–छहरे सुरुङमार्ग, नेपालबाट भैँसीको मासु लानेजस्ता विषयमा सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए । परियोजनाको नाम तोकेर समझदारी भएको टोखा–छहरे सुरुङमार्ग नयाँ योजना होइन । २०७६ माघमै चिनियाँ प्राविधिक टोलीले यसको प्रारम्भिक तहको अध्ययन गरेको थियो । तर, प्रारम्भिक अध्ययन सकेको करिब पाँच वर्ष पूरा हुँदा पनि यसमा प्रगति देखिँदैन ।

Hardik health

समझदारीको सूचीमा परेको वसन्तपुर दरबार पुनर्निर्माण यसअघिदेखि नै चीनले गरिरहेको छ । प्रशोधित भैँसीको मासु निर्यात गर्ने समझदारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिले नै तयारी थालेको थियो । दुई पक्षबीच काठमाडौं–केरुङ रेलवेको विषयमा फिजिबिलिटी अध्ययन गर्ने, नेपालमा चिनियाँ पर्यटक भित्र्याउन प्रोत्साहन गरिनेजस्ता विषयमा पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

चीनको केरूङदेखि नेपालको राजधानी काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययनको काम भइरहेको छ । यो काम २०८३ असारसम्म सक्ने लक्ष्य छ ।चीनले २०७५ मा यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । नेसनल रेलवे अथोरिटी अफ चाइनाले उक्त अध्ययनको प्रतिवेदन २०७५ मंसिर २५ मा नेपाललाई पनि बुझाएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । 

केरुङ–काठमाडौं रेलमार्गको लम्बाइ करिब १७० किलोमिटर हुने अनुमान गरिएको छ । त्यसमा नेपालतर्फ ७२ किलोमिटर पर्छ । त्यसैगरी केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने बताइएको छ । अरनिको राजमार्ग मर्मत, हिल्सा सिमीकोट सडक परियोजना, काठमाडौंको चक्रपथ परियोजनाका विषयमा पनि चीनले बाँकी काम सम्पन्न गर्ने विषयमा सहमति गरेको छ ।

नेपालले ताइवान चीनको भूभागको अभिभाज्य भाग हो भन्दै एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता दोहो¥याएको छ । नेपाली पक्षले सिजाङ मामिला चीनको आन्तरिक मामिला भएको र नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने कुरा दोहो¥याएको छ ।


यी हुन् सहमतिका १२ बुँदा 
१. टोखा–छहरे सुरुङमार्ग पत्रको आदानप्रदान ।
२. नेपाल–चीन व्यापार अभिवृद्धिका लागि समझदारी ।
३. नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न पत्र आदानप्रदान ।
४. प्रशोधित भैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल ।
५. विकास योजना समझदारीपत्र ।
६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र ।
७. नगद सहयोगसम्बन्धी समझदारी ।
८. चिनियाँ भाषा शिक्षकसम्बन्धी सहमति ।
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी आदानप्रदान सहमति ।
१०. बिआरआईमा जतिसक्दो चाँडो रुपरेखा तयार पारी एमओयू गर्ने ।
११. केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन जारी राख्ने ।
१२. केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने ।

नेपाललाई नौ अर्ब अनुदान दिने घोषणा
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा विभिन्न विकास परियोजनाका सम्पन्न गराउन नौ अर्ब रूपैयाँ अनुदान घोषणा गरेका छन् । मंगलबार दिउँसो ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्तापछि उक्त घोषणा भएको हो ।भेटका क्रममा चीनका राष्ट्रपति सीले नेपाललाई ५० करोड आरएमबी (करिब नौ अर्ब रूपैयाँ) अनुदान सहयोग घोषणा गरेका हुन् । ओली र सीबीच बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा दुवै नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए ।उक्त अवसरमा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्रका प्रवक्ता ढकालले बताए । लीले उपयुक्त समय मिलाएर नेपाल आउने वचन दिएको ढकालले बताए ।



बिआरआईमा चाँडै हस्ताक्षर गर्ने सहमति
यो भ्रमणमा चिनियाँ चासोमा रहेका बिआरआई परियोजनामा कुनै सहमति हुन सकेन । प्रधानमन्त्री ओलीको यो भ्रमणमा नयाँ विषयमा कुनै सम्झौता हुन सकेन । सत्ता सहयात्री दल नेपाली कांग्रेसले बिआरआईबाट ऋण लिन नहुने अडान लिएपछि ओली यो सम्झौताबाट पछि हटेको थियो । त्यसपछि दुई सत्तासहयात्री दलले ‘फ्रेमवर्क को–अपरेसन अफ बिआरआई’ तयारी पारी सरकारी टोली चीन उडेको थियो ।

नयाँ विषयमा कुनै सम्झौता नहुँदा प्रधानमन्त्रीको चीन भ्रमण औपचारिकतामा सीमित देखिन्छ । चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटपछि आएको संयुक्त वक्तव्यमा बिआरआईबारे थप छलफल गर्ने र चाँडै नै सम्झौतापत्रमा हस्ताक्षर गर्ने उल्लेख गरिएको छ । दुवै पक्ष आफ्नो विकास रणनीतिको तालमेललाई बलियो बनाउन बेल्ड एन्ड रोड इनिसिएटिभलाई अझै ठोस बनाउन सहमत भएको छ । ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र बिआरआई रुपरेखामा दुवै पक्षले चाँडोभन्दा चाँडो हस्ताक्षर गर्न तयार रहेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP