Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्काेतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।

यस्तो अवस्थामा खासगरी नेपालको सामुदायिक वनको भविष्य के हुने र कता जाने भन्ने  सन्दर्भमा विभिन्न बहस हुने गरेका छन् । सामुदायिक वनमा कतिपय प्रदेशले कर लगाएको गुनासो एकातिर छ भने अर्काेतिर सङ्घीयता संस्थागत र अधिकार क्षेत्रका बारेमा तीनै तहका सरकार स्पष्ट हुँदै गएपछि त्यस्तो अन्योल समाप्त भएर जाने विश्वास गरिएको छ । वन वातावरण क्षेत्रका विज्ञहरु विश्वमै प्रशंसा पाएको नेपालको सामुदायिक वनको बहुउपयोग गर्न सके सङ्घीयतापछि यसको भविष्य थप उज्जल हुने धारणा व्यक्त गरे। उनीहरु नेपालको संविधानमा उल्लेख गरिएका समाजवादप्रतिको प्रतिबद्धता र समुदायका अग्राधिकारका विषयले सामुदायिक वन अभियान आगामी दिनमा अझ फष्टाउने दाबी गर्छन् । संविधानका यी विषयले समुदायको उन्नती, प्रगति र समृद्धिलाई दिगो बनाउने उनीहरुको तर्क छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारी नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै सफल रहेको उल्लेख गर्दै मुलुक संघीयतामा प्रवेश गरेपछि यो अभियान थप मौलाएको बताए । “राज्यको पुनःसंरचनासँगै निर्माण भएका वन नीति २०७५ र वन ऐन २०७६ मा पनि पर्यापर्यटनको विकास गर्ने, कृषि वनलाई पनि प्रोत्साहन गर्ने, वन्यजन्तु व्यवस्थापन र वन उद्यम विकास गरी बजारीकरण गर्ने विषय समेटिएका छन्,” उनी भन्छन् , “यी प्रावधानले वनको दिगो संरक्षणसँगै समुदायको समृद्धिका लागि थप अवसर प्रदान गर्नेछ । समुदायको समृद्धिले नै यो अभियान पनि दिगो हुनेछ भन्ने हाम्रो विश्वास छ ।”

अध्यक्ष भण्डारी सङ्घीयताका प्रथम चरणमा तीन तहका सरकारबीच नै अधिकार बाँडफाड र कार्यान्वयन अलमलमा देखिएको अवस्थामा सामुदायिक वनमा केही चुनौती देखिनुलाई सामान्य रुपमा लिनुपर्ने बताए । समयसँगै ती चुनौती पनि सहज हुँदै जाने उनको तर्क छ । खाद्य तथा कृषि संगठन (एफएअाे)को पछिल्लो तथ्यांकअनुुसार पृथ्वीमा ३१ प्रतिशत मात्र वन क्षेत्र रहेको आँकडा छ र हरेक वर्ष एक करोड हेक्टर वन क्षेत्र वन विनाश भएको तथ्यले देखाउँछ । नेपाल भने आज भन्दा ३० वर्ष अघि ३९ प्रतिशत रहेको वन क्षेत्र हाल बढेर झण्डै ४६ प्रतिशत पुगेको छ । यसमा सामुदायिक वन अभियानको योगदान अतुलनीय रहेको छ । 

Hardik health

सामुदायिक वन विज्ञ भोला खतिवडा नयाँ परिवेशमा सामुदायिक वन अभियानको दिगोपनाका लागि वनलाई उत्पादन र रोजागारीसँग जोड्नुपर्ने बताए । “यसका लागि चलायमान वन समूह र सक्रिय वन व्यवस्थापन तथा सामुदायिक वन उद्यम विकास आजको आवश्यकता हो” उनले भने ।    पूर्व डिभिजनल वन अधिकृत रामबाबु पौड्याल ग्रामिण क्षेत्रबाट हुने बसाइँसराई, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, वातावरणीय पक्षको ख्याल नगरी निर्माण गरिने पूर्वाधार, अतिक्रमण, डढेलोलगायत सामुदायिक वनमा पछिल्लो समय देखिएका समस्या भएको बताए । यसको समाधानका लागि निजी क्षेत्रसँगको सहकार्यमा वन आधारित उद्यमको विकास गर्नुपर्ने र जैविक विविधताको अभिलेखिकरण गर्नुपर्ने उनको सुझाव छ । “यस बाहेक सहरी क्षेत्रका वरपर सामुदायिक वनमा आधारित पर्यापर्यटन प्रर्वद्धन गर्नुपर्छ । वन अतिक्रमण र डढेलोको दिगो नियन्त्रणको व्यवस्था गर्नुपर्छ । वन्यजन्तु क्षति राहत कार्यक्रम प्रभावकारी बनाउनुपर्छ” पूर्व डिभिजनल वन अधिकृत पौड्यालले भने ।  

नेपालमा सामुदायिक वनको अभ्यास कानुनतः २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि सुरु भएपनि व्यहारमा त्यस अघि २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पामा यो अभ्यास सुरु भएको थियो । सामुदायिक वन अध्ययन केन्द्रको २०८१ को तथ्यांकअनुसार नेपालको कुल वन मध्ये करिब ३७ प्रतिशत हिस्सालाई सामुदायिक वनको रुपमा २३ हजार २६ सामुदायिक वन उपभोक्ताका समूह ३१ लाख ९५ हजार ३२३ घरधुरीले संरक्षण र व्यवस्थापन गरिरहेका छन् ।  नेपालले विश्वमा चिनारी पाएका पहिचानमध्ये सामुदायिक वन पनि एक माध्यम हो । तर पछिल्लो समय मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारले सामुदायिक वनमा लगाउने कर र स्थानीयको उपभोगमा आएको परिवर्तन तथा बसाईसराईले केही चुनौती निम्त्याएको छ । 

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनका सम्बन्धमा पछिल्लो समय सरकारका दृष्टिकोणमा फरकपन आउँदा चुनौती थपिएको बताइन् । उपभोक्ताले ३० वर्षसम्म संरक्षण गरेको वनबाट उत्पादन लिने बेला यस्तो चुनौती देखिएको उनको गुनासो छ ।“सङ्घीयता ल्याउँदा हामी उपभोक्ताहरुले पनि ठूलो संघर्ष गरेका थियाैँ। आन्दोलन सफल भएपछि घर घरमा सिंहदरबार पनि भनियो, तर संघीयता आएपछि धेरै सहजता हुन्छ भन्ने आशा गरेका थियौ,” अध्यक्ष भण्डारी भनिन्, “अहिले हामी तेहोरो करको मारमा परेका छौँ । करबाट छुटकारा पाउन आन्दोलन गर्नुपरेको छ ।

हाम्रो प्रदेश (लुम्बिनी) सरकारले त वर्षेनी सामुदायिक वनबाट रु दुई अर्ब राजश्व कर उठाउने कार्ययोजना बनाएको छ । अहिले त आन्तरिक विक्री वितरणको १० प्रतिशत पनि कर लाग्छ भनिएको छ ।”सामुदायिक वनमा कर शुन्य बनाउन सके संरक्षण कार्यमा उपभोक्ताको आकर्षक बढ्ने उनको भनाई छ । “स्थानीय सरकारमा आफू भित्रको वन क्षेत्र हो भनेर यसको आम्दानी आफैले लिनुपर्छ भन्ने भनाई छ । प्रदेश सरकार, सरकार चलाउन आर्थिक स्रोत चाहिन्छ भन्छ र आर्थिक संकलन नभएपछि सरकार कसरी चलाउने भन्छ । संघीय सरकारले त पहिले देखिनै २५ प्रतिशत कर लिने भनेको नै छ” उनले भनिन्  ।

करका सम्बन्धमा तीनै तहको कानुन बाझिएको छ । साथै वनमा रहेका उमेर पुगेका, ढलापडा र सुकेका रुख संकलन गरेर काठको उत्पादन बढाउन सकेमात्र जनताको मागअनुसार काठ आपूर्ति गर्न सकिने उहाँको सुझाव छ । आपसमा बाझिएका कानुन बारेमा स्पष्ट नहुँदा उपभोक्ता मारमा परेका छन् । यी सबै विषय अधिकारको प्रयोगसँगै मिल्दै जाने र सङ्घीयतापछि सामुदायिक वन अभियानको भविष्य थप उज्जल हुने अध्यक्ष भण्डारीको आशा छ ।

वनको दिगोपनाका लागि बहुआयामिक उपयोगमा जोड
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने सामुदायिक वनको व्यवस्थापनको हक सबै प्रदेशमा निहित रहेको उल्लेख गर्दै जग्गा भोगाधिकार, नीति नियम, निर्देशिका बनाउने काम मात्रै विभागले गर्ने गरेको बताए । “मुलुक संघीयतामा गएपनि सामुदायिक वनका नीति नियम र प्रक्रियामा परिवर्तन आएको छैन् । यो जिम्मेवारी पहिले सङ्घीय मन्त्रालय र विभागले हेथ्र्यो भने अहिले प्रदेश मन्त्रालयमा जिम्मेवारी गएको हो,” उनले भने, “डिभिजनल वन कार्यालयहरु प्रदेश मातहत गएका हुन् । यस अघिका सबै प्रणाली र विधि नै कायम छन् । प्रदेशले कार्ययोजना बनाउने, हस्तान्तरण गर्ने तथा संरक्षण व्यवस्थापन सदुयोग गर्ने सबै गरिराखेकै छ ।”  

पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा केही सामुदायिक वनहरु निष्क्रिय देखिएका छन् । जनसंख्याको बसाईसराई तथा आमजनताको जीवन शैलीमा परिवर्तन आएको छ । “घाँस दाउरा, स्याउला, सोत्तर ल्याउने, दाउरा बाल्ने, खाना पकाउने, कुँडो पकाउने विषयमा पनि परिवर्तन भएको छ । अब गाउँमा पनि ग्याँस बाल्न थाले । यसले वनको निर्भरता पनि घट्यो । वनप्रति चासो पनि कम भएको हो” उनले भने ।वनकोजति उद्यमशिलता रोजगारी र बहुआयामिक उपयोग गर्नुपर्ने हो, त्यति हुन नसकेको उल्लेख गर्दै उपमहानिर्देशक लामिछाने यही कारणले अहिले पहाडमा सामुदायिक वन क्षेत्र ठूलो, जनसंख्या कम र तराई जासंख्या धेरै, वनको मात्रा कमको अवस्था आएको बताए  । उनले सामुदायिक वनको दिगोपनाका लागि बहुआयामिक उपयोगमा जोड दिनुपर्ने धारणा राखे । 

सङ्घीयता आइसकेपछि सामुदायिक वनको व्यवस्थापन र सञ्चालनमा तात्विक फरक नआएको बताउँदै उहाँ केही प्रदेशले आफूले लगाउन पाउने शुल्क कर लगाएको र यस बारेमा आवाज उठेपछि कुनै प्रदेशले कर छुट पनि गरेको उल्लेख गरे ।  त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राडा राजेशकुमार राई वन व्यवस्थापनमा बदलिँदो सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनसँगै बदलिएको उपभोक्ताको आवश्यकतालाई ध्यान दिनुपर्ने बताए । “अबको सामुदायिक वनको संरचना स–साना वनका टुक्राको कार्ययोजनाभन्दा पनि जलाधार क्षेत्रस्तरीय वन व्यवस्थापन योजना बन्नुपर्छ,” उनले भने, “यसबाट जलाधार क्षेत्रमा रहेका सामुदायिक वनको बैंकको स्थापना गर्नुपर्दछ । वनको स्थिति र अवस्थिति हेरेर ‘पारिस्थितिकीय वन’को अवधारणामा वनको व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।” 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP