Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारी संरचना नै छैनन् अपांगमैत्री
सरकारी संरचना नै छैनन् अपांगमैत्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

अमरगढी - डडेल्धुरा स्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन । अपांगता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन् । 

 अमरगढी नगरपालिका–१ भेटाका गणेश ऐर नगरप्रमुखलाई भेट्न जाँदा सधैँ त्रासमा  पर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ”त्यहाँ पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधैँ डराउनुपर्ने अवस्था छ ।” शारीरिक रूपमा अपांग ऐरजस्तै अन्य धेरै सेवाग्राही अपांगमैत्री कार्यालय नहुँदा समस्यामा छन् । अमरगढी नगरपालिकाको यो अवस्था छभने अन्य कार्यालयको अवस्था पनि यो भन्दा फरक छैन ।

एकातिर कार्यालयसम्म पुग्न सहज छैन भने अर्कातिर कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विद्युत्लगायत सरकारी कार्यालयका प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ । यसले गर्दा अपांगता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको उनीहरूले बताएका छन् । 

Hardik health

सरकारी संरचना अपांगमैत्री नहुँदा अपांगता भएकाहरूले सास्ती भोग्दै आएका हुन् । अपांगमैत्री कार्यालय नहुँदा सिधैँ कार्यालयमा गएर आफ्ना समस्या उनीहरूले राख्न सकेका छैनन् । कार्यालय परिसरमै पुग्न नसकेका अपांगता भएकाहरूको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन । कार्यालयका सम्बन्धित अधिकारीसम्म सिधैँ पहुँच नहुँदा उनीहरूले समस्या भोग्दै आएका हुन् ।

सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपांगता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपांग कल्याण सेवा समितिका अध्यक्ष राजेन्द्र प्रसाद पन्तले बताउनुभयो । “वैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ”, उहाँले  भन्नुभयो, “मुलुकमा धेरै परिवर्तन आए तर अपांगका लागि सहज सेवा पाउन सकेका छैनन् ।”

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ । सरकारी सेवा सहज रूपमा लिन कार्यालय प्रमुखलाई पटक–पटक भुइँतलामा बस्नुपर्ने आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको अध्यक्ष पन्तले गुनासो गर्नुभयो । डडेल्धुरामा चार हजार एक सय ५० जना अपांगता भएका व्यक्ति छन् ।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी भए तापनि जिल्लाका सरकारीलगायत गैरसरकारी निकायका संरचना अपांगमैत्री निर्माण भएका छैनन् । प्रत्यक्ष जनसरोकारकारका सरकारी अड्डामा पनि यो अवस्था भएपछि अपांगता भएकाहरूले आफ्नो हकअधिकारबाट वञ्चित हुनुपरेको दुखेसो पोखेका छन् ।

जिल्लाका सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतिक्षालयजस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेष्टुराँजस्ता सार्वजनिक भौतिक संरचनामा अपांगता भएकाहरूका लागि सहज र उपयुक्त ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गरी अपांगता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँचयोग्य बनाएर अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना बन्न नसक्दा सास्ती भोग्दै आएका हुन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:२२
#अपांगमैत्री
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP