Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #रवि थुनामै
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपनिर्वाचनमा कांग्रेसले गुमायो १८ सिट, माओवादीलाई फाप्यो प्रतिपक्षी बेञ्च
उपनिर्वाचनमा कांग्रेसले गुमायो १८ सिट, माओवादीलाई फाप्यो प्रतिपक्षी बेञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१
बाँयाबाट क्रमशः रुकुम पूर्वको पुथा उत्तगंगा गाउँपालिका उपाध्यक्ष पदमा विजयी माओवादी केन्द्रकी नरपुरा बुढा पुन, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका कृष्णमान डंगोल र काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदमा निर्वाचित रास्वपाकी रोजिना श्रेष्ठ । तस्बिरः रासस/सामाजिक सञ्जाल
  • उपनिर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो, यसपटक दुई स्थानको नतिजा आउन बाँकी हुँदा कांग्रेसले १८ सिट गुमाएको छ ।
  • कांग्रेसले जितेको स्थान राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत खोसेको छ । काठमाडौं–१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी हुन् ।
  •  मोरङको ग्रामथानमा कांग्रेसकै नेता भित्र्याएर माओवादी केन्द्रले कांग्रेसबाट गाउँपालिका अध्यक्ष पद खोसेको छ । माओवादीले जाजरकोट नलगाडको उपाध्यक्षसमेत कांग्रेसबाट खोसेको छ ।

काठमाडौं– स्थानीय तहको निर्वाचनमा संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई झड्का लागेको छ । उसले गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षसहित १८ सिट गुमाएको छ । उपनिर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो, यसपटक दुई स्थानको नतिजा आउन बाँकी हुँदा कांग्रेसले १७ सिट गुमाएको छ ।

कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिका अध्यक्ष यसपटक नेकपा एमालेले खोस्यो । एमालेका जंगबहादुर शाहीले तीन हजार १२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मतमात्र पाए । २०७९ को चुनावमा कांग्रेका लछुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय पराजित भएका थिए ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले खोसेको छ । कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले माझीले छ हजार ९६९ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका बलराम सरदार थारुले पाँच हजार ३३३ मत पाए । यो पालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारुले सात हजार ६०५ मत ल्याएर जितेका थिए ।

२०७९ को चुनावमा गठबन्धन गरेको माओवादी केन्द्रले जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर कांग्रेसबाट खोसेको छ । माओवादी केन्द्रकी देवका लामिछाने चार हजार २७२ मत ल्याएर उपमेयर निर्वाचित हुँदा कांग्रेसकी इन्द्राचन्द सिंहले तीन हजार १४७ मत पाइन् ।

यतिमात्र हैन बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद सत्ता साझेदार एमालेले खोसेको छ, कांग्रेसबाट । यहाँ एमालेकी सुलोचनाकुमारी भण्डारी एक हजार ७४० मत पाउँदै निर्वाचित भइन् । कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन् । २०७९ मा कांग्रेस उम्मेदवार मैना जोशी एक हजार ८१० मत ल्याई निर्वाचित भएकी थिइन् ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पनि एमालेले खोसेको छ । यहाँ एमालेकी उमा लुंगेली मगर शेर्पा निर्वाचित भएकी छन् । उनले दुई हजार ८०५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पाले दुई हजार ६०० मत प्राप्त गरिन् । कांग्रेसकी पासदिकी तामाङ एक हजार ७२७ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित बनिन् ।

यसअघि कांग्रेसले जितेको स्थान राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत खोसेको छ । काठमाडौं–१६ अघिल्लो चुनावमा कांग्रेसबाट मुकुन्द न्यौपाने निर्वाचित भएका थिए । यसपटक यो वडामा रास्वपाले झण्डा गाडेको छ । जबकि यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो । तर, पहिलोपटक स्थानीय चुनावमा भाग लिएको रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले दुई हजार ९०२ मत ल्याएर वडाध्यक्ष जितिन् । कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको क्षेत्रमा कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले दुई हजार २१४ मत ल्याएर तेस्रो भए । 

यसअघिको चुनावमा कांग्रेसले जितेको उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्ष माओवादीले खोसेको छ । सोमबार राति आएको अन्तिम मतपरिणामअनुसार माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्का ३४ मतान्तरले पछि परे । अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा एमालेका मोहन खड्काले ५२५ मत पाएका छन् । तेस्रो स्थानमा सीमित कांग्रेसका नवीन बस्नेतले ४०४ मत पाए ।

कांग्रेसले नुवाकोटको ककनी–२, ओखलढुंगाको मोलुङ–५, उदयपुरको बेलका–९ लगायत १८ पद गुमाएको छ । जनता समाजवादी पार्टीलेसमेत कांग्रेस जितेको दुई वडा खोसेको छ यसपटक । यद्यपि, पहिले नजितेका सात वडा जितेर कांग्रेसको जित संख्या १७ पुगेको छ । 

कीर्तिपुरमा कायमै
उपनिर्वाचन भएको एकमात्र नगरपालिका कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । डंगोल पाँच हजार ३३४ मत ल्याए निर्वाचित भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले चार हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत पाएका छन् ।

एमालेको किल्ला मानिएको यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसले इतिहास रचेको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर विजयी भएका थिए । नकर्मीको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

फाप्यो माओवादीलाई
गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गरी चुनावमा होमिएको माओवादी केन्द्र यसपटक दुई ठूला दलले एक्लो पारेर विपक्षीमा राखेको छ । यस्तो अवस्थामा एक्लै चुनावमा उत्रिए पनि माओवादीले आफ्नो मतमा सुधार गरेको छ । उपनिर्वाचनको अन्तिम परिणाम आइसक्दा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपासिलका उपप्रमुख र सात वडाध्यक्षसहित ११ स्थान जितेको छ ।

कतिसम्म भने रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले र कांग्रेसले चुनावी तालमेल गरेको थियो । यसअघि पनि माओवादीले जितेको यो पालिकामा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् ।बुढाले तीन हजार ६२७ मत ल्याउँदा एमालेकी तुलाचनले दुई हजार १२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको रुख चिह्न लिएर उम्मेदवार बनेकी थिइन् । मोरङको ग्रामथान गाउँपालिकामा कांग्रेस छाडेका नमोनारायण माझीले जित निकालेका छन् ।

जाजरकोट नलगाड नगरपालिकामा कांग्रेसका इन्द्राचन्द सिंहलाई पराजित गरी माओवादीकी देवका लामिछाने उपप्रमुख पदमा निर्वाचित भएकी छन् । माओवादीले यसअघि जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि सुरक्षित बनाएको छ । उक्त गाउँपालिकामा माओवादीकी उम्मेदवार देवकी  तिमल्सिना विजयी भएकी छन् ।२०७९ को स्थानीय तह निर्वाचनपछि विभिन्न तह (जिल्ला संयोजक, प्रमुख, उपप्रमुख र वडाध्यक्ष) का खाली भएका ४४ स्थानमध्ये माओवादीले जितेका आठ स्थान खाली भएका थिए । 


रास्वपालाई ऐतिहासिक वडाध्यक्ष
यसअघि स्थानीय निर्वाचनमा भाग नलिएको रास्वपाले यसपटक काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा ऐतिहासिक जित निकालेको छ । कांग्रेसले जितेको क्षेत्रमा रास्वपाकी रोजिना श्रेष्ठले दुई हजार ९०२ मत ल्याएर वडाध्यक्ष जितेकी हुन् । योसँगै श्रेष्ठ रास्वपाबाट वडाध्यक्षमा जित निकाल्ने एक्लो र पहिलो पात्र बनेकी छिन् ।

रास्वपाले अरु स्थानीय निकायमा भने सोचेजस्तो मत पाएन । रास्वपाले यसप्रति चिन्ता जनाउँदै मतदानमा निराशा देखिएको जनाएको छ । ‘लोकतन्त्रको महŒवपूर्ण अंगका रुपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा छ । यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरुमा वितृष्णा तथा निराशा देखिएको छ ।

यसतर्फ संवेदनशील भई मतदाताहरुलाई मतदानमा सहभागी हुन प्रेरित गर्नुका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी सचेत रहेको छ,’ रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो उपनिर्वाचनमा कुनै स्थानमा जित निकाल्न सकेन ।


यी हुन् विजयी उम्मेदवार
कांग्रेसबाट निर्वाचितः 
नगरप्रमुख
कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका
वडाध्यक्ष
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
अर्जुनप्रसाद तिवारी, हेटौंडा उपमहानगरपालिका–१२
आनन्द श्रेष्ठ, मुसिकोट नगरपालिका–१
प्रकाश चन्द, भीमदत्त नगरपालिका–६
अमिन थारु, ठाकुरबाबा नगरपालिका–४
तेतर साहु, गढी गाउँपालिका–६
समसे आलम, राजपुर नगरपालिका–६
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४
भुपमणी पुन मगर, रुन्टीगढी गाउँपालिका–४
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७
मोतीराम खत्री, सानीभेरी गाउँपालिका–५

मोहन थापा, पूर्वीचौकी गाउँपालिका–६
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८
धनसिंह कुँवर, दुहुँ गाउँपालिका–५
खम्बबहादुर सिंह, कुसे गाउँपालिका–७



माओवादी केन्द्रबाट विजयी
गाउँपालिका अध्यक्ष
नमो नारायण माझी, ग्रामथान गाउँपालिका
नगर उपप्रमुख
देवका लामिछाने, नलगाड नगरपालिका
गाउँपालिका उपाध्यक्ष
देवकी तिमल्सिना, सर्केगाड गाउँपालिका
नरपुरा बुढा, पुथा उत्तरगंगा गाउँपालिका
वडाध्यक्ष
कृष्ण घिमिरे, ककनी गाउँपालिका–२
नवीनकुमार वान्तवा राई, त्रियुगा नगरपालिका–१२
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१
विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५
भरत घिमिरे, बेलका नगरपालिका–९
जगत् घर्ती, पुथा उत्तरगंगा गाउँपालिका–२ (निर्विरोध)

नेकपा एमालेबाट विजयी
गाउँपालिका अध्यक्ष
जंगबहादुर शाही, महाबु गाउँपालिका
गाउँपालिका उपाध्यक्ष
उमा लुंगेली मगर शेर्पा, गौरीशंकर गाउँपालिका
सुलोचनाकुमारी भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका
वडाध्यक्ष
मोहमद ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१
सकिवुल खाँ, रामगोपालपुर नगरपालिका–२
लालबहादुर शाही, दुल्लु नगरपालिका–१३
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका–५
कुमारी सावादेन, सिरीजंघा गाउँपालिका–३

जसपा नेपालबाट विजयी वडाध्यक्ष
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी नगरपालिका–१
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–४

रास्वपाबाट विजयी वडाध्यक्ष
रोजिना श्रेष्ठ, काठमाडौं महानगरपालिका–१६

एकीकृत समाजवादीबाट विजयी वडाध्यक्ष 
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका–८

नेमकिपाबाट विजयी वडाध्यक्ष
खड्गराज शाही, तिलागुफा नगरपालिका–४

स्वतन्त्र उम्मेदवार
लक्ष्मीप्रसाद ओली, वडाध्यक्ष, कन्काई नगरपालिका–६

जिल्ला समन्वय समितितर्फ 
टेकराज भट्टराई, प्रमुख, ओखलढुंगा (कांग्रेसबाट निर्विरोध)
टीकाकुमारी चौधरी (भुल), प्रमुख, कैलाली (कांग्रेसबाट निर्विरोध)


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP