Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?
वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

मेक्सिको सिटी -  यसलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र बुधबार प्रकाशित नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ ।

औषधि निर्माता गिलियडले उच्च एचआइभी दर भएका १२० गरिब मुलुक मुख्य रूपमा अफ्रिका, दक्षिणपूर्वी एशिया र क्यारेबियनमा सस्तो जेनेरिक संस्करणहरू बेच्न अनुमति दिने घोषणा गरेको छ ।  तर कम्पनीले करिब सबै ल्याटिन अमेरिकालाई बाहिर राखेको छ । त्यहाँ दरहरू धेरै कम तर बढ्दो छ । यो विश्वले रोग रोक्नका लागि महत्त्वपूर्ण अवसर गुमाएको छ भन्ने चिन्ताको विषय भएको छ ।

“यो अहिलेसम्म हामीसँग भएको कुनै पनि अन्य रोकथाम विधिभन्दा उत्कृष्ट छ, यो अभूतपूर्व छ”, युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने । उनले यस औषधिको विकासका लागि गिलियडलाई श्रेय दिए तर एड्स रोक्ने विश्वको क्षमता जोखिममा रहेका देशहरूमा यसको प्रयोगमा निर्भर रहेको बताए ।विश्व एड्स दिवसका अवसरमा आइतबार जारी गरिएको प्रतिवेदनमा युएनएड्सले गत वर्ष एड्सबाट मृत्यु हुने सङ्ख्या–अनुमानित छ लाख ३० हजार बताएको छ । यो सन् २००४ मा चरम बिन्दुमा पुगेको बेलादेखि सबैभन्दा कम थियो । यसले संसार अब ‘ऐतिहासिक चौबाटो’ मा पुगेको र महामारी अन्त्य गर्ने अवसर रहेको सुझाव दिएको छ । 

लेनाक्यापाभिर नामक औषधि पहिले नै अमेरिका, क्यानाडा, युरोप र अन्य ठाउँहरूमा सनलेन्का ब्राण्ड नाममा एचआइभी सङ्क्रमण उपचारका लागि बिक्री गरिएको छ । कम्पनीले चाँडै नै एचआइभी रोकथामका लागि सनलेन्काको अनुमोदन खोज्ने योजना बनाएको छ ।कन्डम, दैनिक गोली, योनि रिङ र द्वि–मासिक इन्जेक्सन जस्ता सङ्क्रमणबाट जोगाउने अन्य तरिका भए पनि गिलियडको दुई पटक वार्षिक खोप विशेष गरी समलिङ्गी पुरुष, यौनकर्मी र युवा महिलाहरू लगायत हेरचाह गर्न डराउने सीमान्तकृत मानिसहरूका लागि उपयोगी हुने विशेषज्ञहरूले बताएका छन् ।

Hardik health

“यी समूहका लागि यो चमत्कार हुनेछ किनभने यसको मतलब उनीहरूले वर्षमा दुईपटक एक क्लिनिकमा मात्र उपस्थित हुनुपर्छ र त्यसपछि उनीहरू संरक्षित हुन्छन्”, युएनएड्सका ब्यानिमाले भने । पछिल्लो प्रकाशित अध्ययनमा भाग लिने मेक्सिकोको ग्वाडलाजाराका ३२ वर्षीय लुइस रुभालकाबाको यस्तै अवस्था थियो । उनले आफू समलिङ्गी पुरुषका रूपमा भेदभाव हुने डरले सरकारले उपलब्ध गराएको दैनिक रोकथाम गोलीहरू माग्न डराएको बताए । अध्ययनमा भाग लिएकाले उहाँले कम्तीमा अर्को एक वर्षसम्म खोपहरू प्राप्त गर्न जारी राख्नेछन् ।

“ल्याटिन अमेरिकी देशहरूमा अझै पनि धेरै कलङ्क छ, बिरामीहरू गोली माग्न लजाउँछन्”, गुआडलाजाराको एक निजी अनुसन्धान केन्द्रमा एक दर्जन अध्ययन स्वयंसेवक भर्ना गर्ने डा अल्मा मिनर्भा पेरेजले भने । देशको स्वास्थ्य सेवा प्रणालीमार्फत मेक्सिकोमा खोपहरू कति व्यापक रूपमा उपलब्ध हुनेछन् भन्ने अझै थाहा हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरूले आफ्ना नागरिकहरूका लागि सनलेन्का किन्ने कुनै पनि योजनामा टिप्पणी गर्न अस्वीकार गरे । एचआइभी रोक्नका लागि दैनिक गोलीहरू सन् २०२१ मा देशको सार्वजनिक स्वास्थ्य प्रणालीमार्फत निःशुल्क उपलब्ध गराइएको थियो ।

“यदि जेनेरिक प्रयोगको सम्भावना खुलेको छ भने मेक्सिको सामेल हुनसक्छ भन्ने मलाई विश्वास छ”, पेरेजले भने ।अनुसन्धानमा भाग लिने मेक्सिकोबाहेक ब्राजिल, पेरु र अर्जेन्टिनालगायत अन्य देश पनि जेनेरिक सम्झौताबाट बाहिरिएको ब्यानिमाले बताए । “अब उनीहरूलाई त्यो औषधि अस्वीकार गर्नु अमानवीय हो”, उनले भने । एक बयानमा गिलियडले ‘जहाँ सबैभन्दा बढी आवश्यकता छ त्यहाँ एचआइभी रोकथाम र उपचार विकल्पहरूमा पहुँच सक्षम गर्न मद्दत गर्ने निरन्तर प्रतिबद्धता’ रहेको बताएको छ । जेनेरिक संस्करणका लागि योग्य १२० मुलुकमध्ये १८ अधिकांश अफ्रिकी देशले विश्वका एचआइभी बोझको ७० प्रतिशत बेहोर्छन् ।

औषधि निर्माताले ‘एचआइभी रोकथामका लागि लेनाक्यापाभिर चाहने वा आवश्यक सबै मानिससम्म पुग्न द्रुत, प्रभावकारी मार्गहरू’ स्थापना गर्न पनि काम गरिरहेको बताएको छ । बिहीबार, पेरु, अर्जेन्टिना, इक्वेडर, चिली, ग्वाटेमाला र कोलम्बियाका १५ पैरवी समूहले सङ्क्रमण दर बढ्दै जाँदा नयाँ एचआइभी रोकथाम उपकरणहरूको पहुँचमा ‘चिन्ताजनक’ असमानतालाई उद्धृत गर्दै ल्याटिन अमेरिकामा जेनेरिक सनलेन्का उपलब्ध गराउन आग्रहसहित गिलियडलाई पत्र लेखेका थिए ।नर्वे, फ्रान्स, स्पेन र अमेरिकालगायत देशहरूले भने सनलेन्काका लागि प्रति वर्ष ४० हजार डलरभन्दा बढी भुक्तानी गरेका छन् । जेनेरिक उत्पादन एक पटक एक करोड मानिसलाई कभर गर्न विस्तार भएपछि प्रतिउपचार ४० डलरभन्दा कममा उत्पादन गर्न सकिने विज्ञहरूले गणना गरेका छन् ।

ड्युक युनिभर्सिटीका ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा क्रिस बेररले सनलेन्का अफ्रिका र एसियाका सबैभन्दा बढी प्रभावित देशहरूमा उपलब्ध हुनु निकै उपयोगी हुने बताए । तर उनले समलिङ्गी पुरुष र ट्रान्सजेन्डर जनसङ्ख्यासहितका समूहहरूमा बढ्दो एचआइभी दरले ल्याटिन अमेरिकामा ‘सार्वजनिक स्वास्थ्य आपत्काल’ बनाएको बताए । मेक्सिकोको सन्लेन्का अध्ययनमा रहेका ३० वर्षीया ट्रान्स महिला र कलाकार हान्या डेनियल टोरेसले सरकारले खोप उपलब्ध गराउने तरिका फेला पार्ने आशा व्यक्त गरेका छन् । “मेक्सिकोमा विश्वका केही धनी व्यक्ति हुन सक्छन् तर यहाँ चरम गरिबी र हिंसामा बाँचिरहेका केही सबैभन्दा कमजोर मानिस पनि छन्”, उनले भने ।

अर्को औषधि निर्माता भिभ हेल्थकेयरले पनि करिब ९० मुलुकमा आफ्नो एचआइभी रोकथाम खोपको जेनेरिक अनुमति दिँदा ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरूलाई बाहिर राखेको थियो । एप्रेटुड नामले बेचिएका दुईमासिक खोपहरू एचआइभी रोकथाममा लगभग ८० देखि ९० प्रतिशत प्रभावकारी छन् । मध्यम आय भएका मुलुकहरूमा उनीहरूको लागत वार्षिक एक हजार ५०० डलर छ । यो अधिकांश मानिसले तिर्न सक्दैनन् । एडभोकेसी ग्रुप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआइभी सङ्क्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताए। उनले ब्राजिल र मेक्सिको जस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गरे ।  यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य सङ्कटमा पेटेन्टहरू निलम्बन गर्छन् ।

केही देशले अघिल्लो एचआइभी उपचारका लागि अँगालेको यो एउटा रणनीति हो । विशेष गरी सन् १९९० को अन्त्य र सन् २००० को दशकको अन्त्यमा जब एड्स औषधिहरू पहिलो पटक पत्ता लगाइएको थियो । हालै कोलम्बियाले यसको औषधि निर्माता भिभको अनुमति बिना अप्रिलमा प्रमुख एचआइभी उपचार टिभिकेका लागि पहिलो पटक अनिवार्य इजाजतपत्र जारी गरेको थियो । दक्षिण अफ्रिकाको क्वाजुलु–नाटाल विश्वविद्यालयका एड्स विशेषज्ञ डा सलिम अब्दुल करिमले एचआइभी रोकथाममा सनलेन्का जत्तिकै प्रभावकारी देखिने औषधि आफूले कहिल्यै नदेखेको बताए । “पहेलीमा हराएको टुक्रा अब हामी यसलाई आवश्यक पर्ने सबैलाई कसरी पुर्याउँछौँ भन्ने हो”, उनले भने ।


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP