Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बिरासत फर्काउँदै कांग्रेस, माओवादीलाई क्षति, बजेन घण्टी
बिरासत फर्काउँदै कांग्रेस, माओवादीलाई क्षति, बजेन घण्टी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

 

कहाँ कसले जिते
कांग्रेस
दार्चुलाको दुहु–५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र रौतहटको ईशनाथ नगरपालिका–७ मा 
एमाले 
ओखलढुंगाको मोलुङ–५, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ 
माओवादी केन्द्र
गोरखा नगरपालिका–५
नेमकिपा
कालिकोटको तिलागुफा गाउँपालिका–४

स्वतन्त्र– लक्ष्मीप्रसाद ओली
झापाको कन्काई नगरपालिका–६


काठमाडौं– आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको मत परिणामको रुझानलाई हेर्दा प्रमुख सत्ताघटक नेपाली कांग्रेसले ‘विरासत’ जोगाउने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आधार इलाका क्षेत्रमासमेत यसपटक कांग्रेसले विजयको झण्डा फहराएको छ । कांग्रेसले यो समाचार तयार पर्दासम्म छ वटा वडामा चुनाव जितेको छ । 

Hardik health

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले दुई ठाउँ चुनाव जितेको छ । नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्रले एक÷एक ठाउँमा चुनाव जितेका छन् । कांग्रेसले ठाउँठाउँमा अग्रता लिएको छ । केही ठाउँमा एमालेको पनि अग्रता छ । प्रारम्भिक मत परिणामलाई आधार मान्दा माओवादी केन्द्रले भने उपनिर्वाचनमा ठूलो क्षति बेहोर्ने देखिएको छ । पहिलोपटक चुनावी प्रतिस्पर्धामा रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर देखिएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि जनताले रोज्ने देखिएको छैन । अन्य दल पनि सशक्त देखिएका छैनन् । 

कांग्रेसले दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५, जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ७ र रोल्पाको रुन्टीगडी गाउँपालिका वडा नम्बर ४ मा जित निकालेको छ । दुहु–५ मा कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । उनले ३७६ मत पाउँदा निकट्तम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३६३ मत पाएका छन् । उनी १० मतले पराजित भएका छन् । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत पाए । यहाँ यसअघि माओवादीका मनोरथ भट्टले चुनाव जितेका थिए । यसपटक भने यहाँको वडाध्यक्ष माओवादीले गुमाएको छ । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भए । उनीसँग माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए । यसअघि यहाँ कांग्रेसकै अलबहादुर खत्री वडाध्यक्ष निर्वाचित भएका थिए । यहाँ कांग्रेस उम्मेदवार खत्रीलाई एमालेले समर्थन गरेको थियो । अर्थात् यहाँ कांग्रेस–एमालेबीच गठबन्धन थियो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसकै भूपमणि पुनमगर ६४३ मतसहित विजयी भएका छन् । माओवादीको आधार इलाका यस ठाउँमा एमालेले ५३५ मत पाउँदा माओवादी केन्द्र ७० मतमा सीमित बनेको छ । रास्वपाले १०, राप्रपाले ७ र मंगोल नेसनल अर्गनाइजेसनले सात मत पाए ।जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाए । यस वडामा गत निर्वाचनमा माओवादीका मनबहादुर घर्ती ३८० मत ल्याएर निर्वाचित भएका थिए । 

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्थी एमालेका देव थापाले ३०१ मत पाए । माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाइन् । यहाँ यसअघि कांग्रेसकै पुष्प जोशी अध्यक्षमा निर्वाचित भएका थिए ।रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत प्राप्त गरेका छन् । यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए । 

प्रधानमन्त्री ओलीको दल एमालेले ओखलढुंगाको मोलुङ गाउँपालिका–५ बाट खाता खोलेको छ । त्यहाँ एमाले उम्मेदवार गंगाबहादुर तामाङ निर्वाचित भए । उनले कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गरे । तामाङले ३९९ मत र दाहालले १७७ मतमात्र पाए । यहाँ यसअघि कांग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । तर, यसपटक कांग्रेस उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले एमाले उम्मेदवार तामाङले पराजित गरेका हुन् ।

रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । त्यहाँ यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका गोपी कार्की निर्वाचित भएका थिए ।यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् । दोस्रो स्थानमा माओवादी केन्द्र रह्यो । माओवादी उम्मेदवार आइतीकुमार यादवले ५३४ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।

गोरखा नगरपालिका–५ को अध्यक्ष पद भने माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । यहाँ यसअघि एमालेका खिलबहादुर राना निर्वाचित भएका थिए । तर, माओवादीले नै जितेको कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । यस्तै राप्रपा १५, स्वतन्त्रले पाँच र चार मत बदर रहेका छन् । 

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले बाजी मारेका छन् । प्रमुख दलका उम्मेदवारहरुलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४९३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरेका छन् ।त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाए । यहाँ यसअघि एमालेका दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक गुमाएको छ । 

कसको कहाँ अग्रता ? 
माओवादीले उदयपुरको त्रियुगा नगरपालिका १२ मा पनि लगातार अग्रता लिएको छ । ३०० मत गणना सकिँदासम्म माओवादी उम्मेदवारले १०३, एमाले उम्मेदवारले ७६, कांग्रेस उम्मेदवारले ४५, नेकपा एसका उम्मेदवारले ४१ र रास्वपा उम्मेदवारले २२ मत पाएका छन् । यहाँ यसअघि कांग्रेसका चुडाराज काफ्ले निर्वाचित भएका थिए ।
उदयपुरको छिमेकी जिल्ला सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ सय मत गन्दा नेपाली कांग्रेसका तेतर साहुले अग्रता लिएका हुन् । उनले १५९ मत पाएका छन् भने एमाले उम्मेदवारले १४८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १३५ मत पाउँदा रास्वपाका उम्मेदवारले सात मत पाएका छन् । यसअघि २०७९ मा भएको चुनावमा एमालेका षडानन्द उराव निर्वाचित भएका थिए । 
उता गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ । यो समाचार तयार पार्दासम्म कांग्रेसका आनन्द श्रेष्ठले ५५० मत प्राप्त गरेका छन् । एमालेका दलबहादुर थापाले ५२० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दुर्गाबहादुर विकले ५९, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले २७ र राष्ट्रिय पजातन्त्र पार्टीका ईश्वरी खाती क्षत्रीले चार मत प्राप्त गरेका छन् । 
 

कीर्तिपुरमा माओवादी केन्द्रलाई अग्रता
नगरप्रमुख पदका लागि उपनिर्वाचन भएको काठमाडौंको कीर्तिपुर नगरपालिकामा मतगणना जारी छ । यहाँ प्रारम्भिक चरणमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म माओवादीले ३२७, एमालेले ३१० र कांग्रेसले २०० मत पाएका छन् । 
आइतबार भएको मतदानमा कीर्तिपुर नगरपालिकामा ६८.६६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगको विवरणअनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो । कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशतमात्र मत खसेको छ ।
यस्तै, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतगणना जारी छ । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । 


६२ प्रतिशत मतदान
विभिन्न ४१ रिक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन अयोगले जनाएको छ । मतदाता दुई लाख २६ हजार ७९९ जना थिए । आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आइतबार मतदान भएको थियो । उपनिर्वाचनमा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो । १०२ जना स्वतन्त्र उम्मेदवार पनि थिए । कुल उम्मेदवार ३७६ जना थिए । 

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको भन्दै गृहमन्त्री रमेश लेखकले निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिए । ‘म मतदानमा सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामती कर्मचारी, सञ्चारमाध्यम र सबै दिदीबहिनी दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको भन्दै सरकारलाई धन्यवाद दिए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP