Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जम्बो टोली’ लिएर चीन भ्रमणमा जाँदै प्रधानमन्त्री
‘जम्बो टोली’ लिएर चीन भ्रमणमा जाँदै प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१
  • प्रधानमन्त्री चीन जानुअघि सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारीपत्र स्वीकृत गरेको छ 
  • बिआरआईमा के–के काम गर्ने भनी कार्यक्रम बन्ने र कुन मोडालिटीमा जानेबारे छलफल गर्ने तयारी
  • चीनले १०० वटा विद्युतीय गाडी, १०० वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दर्जनभन्दा बढी आयोजनामा समझदारी हुने भएको छ । प्रधानमन्त्री ओली चीन जानुअघि आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुराना र नयाँ गरी दर्जन आयोजनामा समझदारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली ८७ जनाको जम्बो टोली लिएर आज चीनको औपचारिक भ्रमणमा जाँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा बहुचर्चित बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बिआरआई) परियोजना कार्यान्वयन के हुने भन्नेबारे भने सरकार प्रस्ट देखिँदैन । सत्ता सहयात्री दल नेपाली कांग्रेससँग कुरा नमिलेपछि बिआरआई परियोजनामा कस्तो मोडालिटीमा जाने भनी छलफलमात्र गर्नेगरी ओली चीन जान लागेका छन् ।

‘बिआरआईमा जे–जे कुरा भएको छ के–के काम गर्ने भनेर एउटा कार्यक्रम बन्छ । सम्बन्धित कार्यक्रम कुन मोडालिटीमा बन्नेबारे छलफल हुन्छ,’ मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने । चीन जानुअघि बिआरआईबारे विवाद सिर्जना भएपछि प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैगरी ओलीले चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँगसमेत भेट हुने तालिका रहेको छ ।

Hardik health

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यतालिकासमेत बनेको छ । यस्तै उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली यही मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

को–को जाँदै छन् सरकारी टोलीमा
प्रधानमन्त्री केपी ओलीसँग चीन जाने टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा..आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण आर्याल, परराष्ट्र मन्त्रालयका मार्यादापालक प्रमुख विष्णुप्रसाद गौतम, प्रधानमन्त्रीका एडिसी दिवाकर खड्का छन् ।

चार्टर्ड विमान हिमालयन एयरमा प्रधानमन्त्री ओलीसँगै सांसदहरू अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, विजुला रायमाझी, रेखा शर्मा, विरेन्द्र महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ पनि हुने छन् । त्यसैगरी अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र परराष्ट्रमन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई पनि रहने छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्री ओलीका निजी डाक्टर दिव्या सिंह शाह, मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर पदमसुन्दर जोशी, प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्रचार्य, परराष्ट्र मन्त्रालयका चीन हेर्ने उत्तरपूर्व विभागका सहसचिव कृष्णप्रसाद ढकाल, उत्तरपूर्व एसिया विभागका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी उपसचिव उदय पोखरेल र कमल रावल, परराष्ट्र मन्त्रालयका मर्यादापालक कर्मचारी रिचा भट्टराई पनि प्रधानमन्त्री ओली चढेकै विमानबाट चीन जाने भएका छन् ।

त्यस्तै, परराष्ट्रकै उत्तरपूर्व एसिया डिभिजन हेर्ने सेक्सन अफिसरहरू जानकी ओझा, सुजन लामिछाने, मार्यादापालक विनोद खनाल, प्रधानमन्त्री ओलीका निजी सचिवालयका जयश्री शाक्य, परराष्ट्रमन्त्री आरजुका निजी सचिव अनिता सिंह, प्रधानमन्त्री ओलीका सुरक्षा अधिकारी माधव केसी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवाल, नेपाल टेलिभिजनका क्यामरा पर्सन प्रधुमन ढुंगेल, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल पनि सोही विमानबाट चीन जाँदै छन् ।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादन संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल डिलर संघका अध्यक्ष करन चौधरी, आयात गर्ने उद्यमी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे र साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह पनि प्रधानमन्त्री ओलीकै साथमा जाने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका गरी ८७ जना रहने यसअघिको मन्त्रिपरिषद्बाट स्वीकृत भइसहेको छ । त्यसमध्ये केही व्यापारीसहितका टोली व्यावसायिक उडानमार्फत आइतबार नै चीन प्रस्थान गरिसकेका छन् ।



यी हुन् सम्झौता हुने योजनामा
प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारीपत्र स्वीकृत गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए । 
त्यसैगरी नेपाल र चीनबीच नेपालमा बोल्ने चिनियाँ भाषा विकास कार्यक्रमको समझदारी पनि स्वीकृत गर्ने गुरुङले बताए । ‘नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोलिने चिनियाँ भाषा विकास कार्यक्रम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ,’ उनले भने । 

सरकारले प्रस्तावित चीनले दिने २० मिलियन अमेरिकी डलर अनुदान सहायता र ३०० मिलियन आरएमबी (चिनियाँ युआन) बराबरको आर्थिक तथा प्राविधिक सहायता पनि स्वीकृत गर्ने भएको छ । ‘प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी आदानप्रदानपत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने,’ मन्त्रिपरिषद्को बैठकपछि मन्त्री गुरुङले भने, ‘प्रस्तावित ३०० मिलियन आरएमबी (चिनियाँ युआन) बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय ।’

त्यसैगरी सरकारले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारीपत्र स्वीकृत गर्ने, उक्त समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौं चक्रपथ निर्माण सम्पन्न गर्ने, अरनिको राजमार्ग मर्मत गर्ने, हिल्सा–सिमिकोट, कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति गर्ने निर्णय भएको उनले बताए । यो भ्रमणमा टोखा–खहरे टनेल मार्ग निर्माणमासमेत सहमति हुने उनले बताए ।

‘योसँगै अब दुई घण्टा लाग्ने बाटो तीन मिनेटमा पार गर्न सकिने छ,’ मन्त्री गुरुङले भने । त्यसैगरी जिलुङ–केरुङ–काठमाडौं ‘क्रस बोर्डर रेल्वे प्राजेक्ट’को अध्ययन सुरु गरिने, खाँदबारी–किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा बहुउपयोगी क्वारेन्टिन, कोरलामा औद्योगिक जोन बनाउने बारेमा पनि सहमति गर्ने गुरुङले बताए । त्यसैगरी चीनले १०० वटा विद्युतीय गाडी, १०० वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने तयारीसमेत रहेको मन्त्री गुरुङले बताए । 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP