Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा
एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १६, २०८१

एजेन्सी -  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन् । ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो । ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् , “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फस्र्ट’ अभियानका अभियान्ता हुन्। उनले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ ।”

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्नुहुन्छ र यस बिषयमा एउटा पुस्तक समेत लेखेका छन्  । भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए ।

Hardik health

 “काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गर्नुभएको छ”, ट्रम्पले भने, “उहाँले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नुहुनेछ ।” ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गरेका थिए । पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबीआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो । रेको नेतृत्वमा एफबीआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार–ए–लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आएका छन्। सीएनएनलाई दिएको बयानमा एफबीआईले भनेको छ, “रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।” ट्रम्पले फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को प्रशासकमा मनोनीत गरेका छन् । उनले ट्रुथ सोसलमा लेखेका छन् , “चाडले हाम्रा महान् महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूपदार्थको प्रवाह रोक्न र अमेरिकी नागरिकको जीवनको सुरक्षाका लागि काम गर्नेछन् ।

ट्रम्पका कट्टर सहयोगी तथा फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता बोन्डी न्याय विभागको नेतृत्वका लागि अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको छनौट हुन्। एफबीआई न्याय विभागको अनुसन्धान शाखा हो भने डीईए पनि यसको क्षेत्राधिकारभित्र पर्छ । बोन्डी र पटेलको नियुक्तिले ट्रम्पले आफ्नो दृष्टिकोण र नीतिगत झुकाव पूरा गर्न इच्छुक निकटस्थहरूलाई नियुक्ति गर्ने व्यक्तिहरूको सूचीमा राख्न इच्छुक रहेको सङ्केत गर्दछ । 


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने बिहीबार, कात्तिक २०, २०८२
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहीबार, कात्तिक २०, २०८२
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू बिहीबार, कात्तिक २०, २०८२
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर बिहीबार, कात्तिक २०, २०८२
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा बिहीबार, कात्तिक २०, २०८२
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो बिहीबार, कात्तिक २०, २०८२
बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको दर बढ्यो
बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको दर बढ्यो बिहीबार, कात्तिक २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP