Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण
पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १३, २०८१
RBB RBB

पाटन-  पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवर्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिले कहाँ इन्कर्पोरेसनसँगको समन्वय र सहकार्यमा आज यस क्षेत्रका ४५ जना कर्मचारीलाई डिजिटल अभिमुखीकरण गरेको हो ।

महानगरले गत आर्थिक वर्षमा पाटन दरबार सङ्ग्राहलय र महानगरभित्रका एक सय वटा सम्पदाको डिजिटल अभिलेख तयार पारेको इन्कर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरेले जानकारी दिए । “हामीले महानगर र पाटन दरबार सङ्ग्रालयसँगको सहकार्यमा गत वर्ष सम्पदा क्षेत्रमा देखिने गरी ‘क्यूआर कोड’ टाँस गरेका हौँ । यो योजनामा सम्पदा क्षेत्रमा आउने पर्यटकलाई सम्पदाबारे सही र प्रमाणित जानकारी दिन सहज होस् भन्ने ध्येयका साथ काम गरेका हौँ । पर्यटकले ‘क्यूआर स्क्यान’ गरेर सहजै हेर्न र बुझ्न सक्छन्”, उनले भने ।    

सङ्ग्राहलयकी कार्यकारी निर्देशक मञ्जुसिंह भण्डारीले पर्यटकले दरबार क्षेत्रका कुनै पनि कर्मचारीको सहयोगविना नै सम्पदाबारे जानकारी पाउन सक्ने भएकाले यो महत्वपूर्ण रहेको बताए । उनले सम्पदा क्षेत्रमा राखिको ‘क्यूआर कोड’ विदेशी पर्यटकका लागि मात्रै नभई नेपाली पर्यटकलाई समेत उपयोगी हुने बताए ।

“एउटा मात्रै भाषामा नभई पाँचवटा भाषामा अभिलेख गरिएका जानकारीले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने छ । यो कार्यलाई ललितपुर महानगरभित्र मात्रै सीमित नगरी ललितपुरका दक्षिणी भेगमा रहेका सम्पदा क्षेत्रसमेतमा लागू गर्न आवश्यक छ”, उनले भने,“पुर्खाले संरक्षण गरेर राखेको सम्पदालाई संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्न यो कार्य अत्यन्तै महत्वपूर्ण हुनेछ ।”

महानगरको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवम् वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले यस कार्यले सम्पदा क्षेत्रको मुख्य जानकारीका साथै यसको गरिमा र महत्वलाई उजागर गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले महानगरभित्र कति सम्पदा छन्, कुनकुन सम्पदा छन् भनेर डिजिटल माध्यमबाट जानकारी दिएर पर्यटकको जिज्ञासा र चासोलाई सम्बोधनको प्रयास गरिएको बताए । 

कार्यक्रममा कहाँ इन्कोर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरे, प्राविधिक विशेषज्ञ बिशाल श्रेष्ठ र मृदुष्शिता शर्माले एपको उपयोग, प्रभावकारिता र तथ्याङ्कको व्यवस्थाबारे अभिमुखीकरण गरेको थियो । 

 


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी सोमबार, जेठ ५, २०८२
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी सोमबार, जेठ ५, २०८२
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक सोमबार, जेठ ५, २०८२
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ सोमबार, जेठ ५, २०८२
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन सोमबार, जेठ ५, २०८२
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’ सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP