Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालको दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने
नेपालको दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ११, २०८१
RBB RBB

काठमाडौँ - दुर्गम गाउँलाई उज्यालो बनाउने उद्देश्यले ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सञ्चालन गरेको छ । नेपालस्थित चिनियाँ दूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा परियोजना सुरु गरेको हो ।

दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो  । परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ । परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपालाञ्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरेको छ ।

गाउँलेको रात्रीकालीन जीवनलाई सहज बनाउनाका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्ने यस परियोजनाले लक्ष्य लिएको छ । सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिएको छ । पत्रकार सम्मेलनमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने उहाँले उल्लेख गरे । नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नाका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताए ।

“गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले समस्या बढाएको छ, जसले प्रकाशको आवश्यकतालाई झनै महत्वपूर्ण बनाएको छ । यसपटक प्रदान गरिएका सौर्य बत्तीले यी गाउँमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन्, जसले रातिको जीवनलाई सहज बनाउनाका साथै बालबालिकालाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ”, परियोजनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन र सङ्कटमा परेकालाई सहयोग गर्न निरन्तर काम गर्ने जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान मंगलबार, जेठ ६, २०८२
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित मंगलबार, जेठ ६, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार, जेठ ६, २०८२
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी सोमबार, जेठ ५, २०८२
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी सोमबार, जेठ ५, २०८२
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक सोमबार, जेठ ५, २०८२
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP