Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १०, २०८१

मन्थली - मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए। उनको मुख्य पेसा मादल बनाउने हो ।  उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उनका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो ।

“घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ”, उनले विगत स्मरण गर्दै भने, “विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ, तर अहिले त्यो पेसाबाट विस्थापित भएँ ।”  

उनले त्यहाँ करिब १३ वर्ष व्यवसाय गरे । खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुन्थ्यो । पाँच जनालाई रोजगारी दिएका थिए । तर अहिले त्यस्तो छैन । अहिले आफैँलाई काम पाउन मुस्किल छ । 

विसं २०७२ को भूकम्पका कारण उहाँले भाडामा लिएको कच्ची घर भत्कियो । थुप्रै मादलहरु पुरिए । त्यसपछि उनी गाउँ नै फर्किए । पुनःनिर्माणका लागि प्राप्त अनुदान रु तीन लाखमा केही थपेर घर बनाए पनि गाँउमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे ।   
 
मादल बनाउने परम्परागत पेसा टिकाउन उनलाई हम्मेहम्मे परेको छ । “पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे”, उनले भने ।  मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तवेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका वादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । 

Hardik health

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका–८ का बद्रीप्रसाद घिमिरेले बताए ।  मादलको व्यापार घटेसँगै समुदायको पेसा नै संकटमा परेको मन्थली–७ का शम्भु वादीले बताए । 
  
छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ । उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग वादी समुदायको छ । 

मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार वादी समुदायको छ । उनीहरुको जनसङ्ख्या ७५ जना छन् । पुख्र्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन् । 

मन्थली नगरपालिकाले  गत आर्थिक वर्ष २०८०र८१ मा वडा नं–३ का दलित समुदायमा जब्बरबहादुर बादीलाई प्रशिक्षक बनाइ मादललगायत वाद्यवादन सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो । तर त्यस्ता सामग्रीले बजार नपाएपछि समस्या भएको छ । स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गरे ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुख्र्यौली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी  छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताए । उनले भने,  “विकसित मुलुकमा ठूलो परिमाणमा बन्ने यस्ता सामग्रीहरु स्थानीय उत्पादनभन्दा सस्तो हुने भएकाले बजार नपाएको हो । नगरले स्थानीय उत्पादन बिक्री वितरणमा आवश्यक सहयोग गर्ने छ । ” 

जिल्लामा रहेका बादी समुदायको पुर्ख्यौली पेसा संकटमा परेकाले रोजगारीका अवसर सृजना गरी जीविकोपार्जनमा सहयोग पु(याउनुपर्ने स्थानीय अगुवा गुञ्जबहादुर श्रेष्ठको धारणा छ । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP