Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘हाउस पेन्टिङ’बाट लाखभन्दा बढी कमाइ
‘हाउस पेन्टिङ’बाट लाखभन्दा बढी कमाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ७, २०८१

कञ्चनपुर-  शुक्लाफाँटा नगरपालिका–९ नौखरीका ३५ वर्षीय सुरेश चौधरी हाउस पेन्टिङ(घर रङरोगन) को कार्यबाट गतिलो आम्दानी गर्दै आएका छन् । घरमा रङरोगनको काम गरेर चौधरीले महिनामै रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । नयाँ पुराना घरमा रङरोगनको कामका लागि उनले ठेक्का लिए । महिनामा चार, पाँच घर जतिमा रङरोगनका लागि ठेक्का लिने गरेको चौधरीले बताए ।

“घरमा रङरोगनको काम गर्नका लागि घर हेरेर मजदुर लगाउने गर्छु”, उनले भने, “मजदुर थोरै पाइएका बेला आफैँ काम गर्ने गर्छु ।” तालिम लिएर रङरोगनको काम गर्न थालेको उल्लेख गर्दै चौधरीले पाँच जना मजदुरलाई काम गर्न सिकाएकाले काम गर्न सहज हुने गरेको बताए । लगनशील भएर इमान्दारीपूर्वक काम गर्ने भएकाले विनाझन्झट काम पाइने गरेको उनको भनाइ छ । “तिहार, दसैँलगायत चाडपर्व आउनुअगावै घरमा रङरोगन गर्नेको सङ्ख्या निकै बढी हुने गर्दछ”, उनले भने “त्यसबेला आम्दानी पनि दोब्बर हुन्छ, बिहानको ६ बजेदेखि राति ११ बजेसम्म पनि काम गर्दै आएका छौँ ।” घरमा रङरोगनका लागि रु २५ हजारदेखि रु तीन लाखसम्मको ठेक्का चौधरीले लिने गरेका छन् । जति ठूलो काम त्यति नै बढी ठेक्काको रकम हुने गरेको उनले बताए।

पुटिङ गर्ने, घिसाइ गर्ने, प्राइमर लगाउने, पेन्ट लगाउने र पेन्ट लगाइएको ठाउमा बुट्टा भर्ने काममा ‘फिनिसिङ’ राम्रो दिने भएकाले पालो पर्खेर घरमालिक बस्ने गरेको चौधरीको भनाइ छ । घरमालिकलाई पनि मर्का नपर्ने र आफूलाई घाटा नहुने गरी ठेक्का लिने भएकाले गुनासो कुनै ठाउँबाट नआउने गरेको सुरेशले बताए । रङ, प्राइमर पुटिङ, ब्रसलगायत सामग्री घर मालिकले उपलब्ध गराउने गरेका छन् । पेन्टिङ गर्ने कामको मात्रै उनले ठेक्का लिने गर्छन् ।

Hardik health

कमैया मुक्तिको घोषणासँगै पुनःस्थापन गर्दा पाइएको पाँच कट्ठा जग्गा मात्रै सुरेशको सम्पत्तीका रुपमा रहेको छ । सात जनाको परिवारको घरखर्च, बालबालिकाको विद्यालयको खर्च, लुगाफाटो सबै रङरोगन गरी आएको रकमले व्यहोरिने गरिन्छ । कमाइको रकमले उनले पक्की घर बनाउने योजना बनाएको छ । भविष्यका लागि केही रकम बैंकमा जम्मा गरेको छ । “तालिम लिएर दक्ष बनेपछि पैसाका लागि भौतारिँदै हिँड्नुपरेको छैन”, उनले भने, “बैंकमा पैसा जम्मा गर्ने भएकाले अप्ठ्यारो परेका बेला झिकेर काम चलाउने गरिएको छ ।”

निरन्तर काम पाइए मजदुरलाई ज्याला दिएर रु एक लाखजति महिनाको बचत हुने गरेको उनले उल्लेख गरे । “पैसा कमाउनका लागि भारत, खाडीमुलुकसहित अन्य देशमा गइरहनु पर्दैन”, उनले भने, “जुनसुकै काममा निपूर्ण भए इमान्दारीपूर्वक काम गरे विदेशकोभन्दा बढी नै कमाउन सकिन्छ ।” मजदुरलाई दिनको रु एक हजार ज्याला दिए पनि टिकाउन भने उनलाई मुश्किल छ । आय कामभन्दा अलि बढी खटेर काम गर्नुपर्ने भएकाले मजदुरलाई काम सिकाएपछि बीचमै छोड्दा अरु मजदुर खोज्न निकै गाह्रो हुने गरेको उहाँ बताए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP