Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको शक्ति प्रदर्शन: सत्ता हाँक्दै सडकमा परेड !
एमालेको शक्ति प्रदर्शन: सत्ता हाँक्दै सडकमा परेड !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेका प्रधानमन्त्री हुन् । उनै ओलीको दल एमालेले मंसिर ७ गते दरबारमार्गमा परेड खेल्न लागेको छ ।सुरुमा भृकुटीमण्डप तय भएको यो परेडको नाम ‘जागरणसभा’ राखिएको छ । एमालेले यो सभामा एक लाख मानिस उतार्ने जनाएको छ ।

भद्रकाली हुँदै दरबारमार्ग पुगेर सभा गर्ने कार्यतालिका बुधबारमात्र बनेको जागरणसभाका संयोजक राजन भट्टराईले बताए । कुप्रचार र गलत सूचनाविरुद्ध एमालेले यस्तो परेड खेल्न लागेको उनको भनाइ छ ।कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । पछिल्ला दिन प्रधानमन्त्री ओलीमाथि नकारात्मक टीप्पणी बढ्न थालेपछि पार्टीले यस्तो भ्रम चिर्न कार्यक्रम गर्न लागिएको भट्टराईको दाबी छ । भट्टराई आफैं भने कैलाश ढुंगेललाई संयोजकको जिम्मेवारी दिँदै बुधबार एक कार्यक्रमका लागि कम्बोडियातिर उडेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले एमालेको सभा हास्यस्पद भएको तर्क गरेका छन् । ‘देशमा अराजकता छ । प्रधानमन्त्री केपी ओलीले देशमा भइरहेको अराजकता रोक्न सकेनन् भनेर प्रधानमन्त्री केपी ओलीलाई तर्साउन एमाले अध्यक्ष केपी ओलीले सडकमा शक्ति प्रदर्शन गर्दै छन्,’ कार्कीले भनेका छन्, ‘एमालेले गर्न लागेको सडक प्रदर्शनको अभिधा हास्यास्पद छ । लक्षणा लज्जास्पद छ । र व्यञ्जना, दीर्घकालका लागि खतरनाक छ ।’

Ganesh-Karki-1732166021.jpg
प्रधानमन्त्री केपी ओलीले देशमा बढ्दो अराजकता रोक्न सकेनन् भनेर उनलाई तर्साउन एमाले अध्यक्ष केपी ओलीले सडकमा शक्ति प्रदर्शन गर्दै छन् ।
गणेश कार्की
सदस्य, रास्वपा

Hardik health

मंसिर १६ को निर्वाचनलाई लक्षित गर्न भनिए पनि एमाले अहिले छिमेकी देश भारत, सत्ता सहयात्री नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा सबैलाई ‘साइज’मा राख्न आफ्नो शक्ति प्रदर्शन गर्न चाहेको देखिन्छ । भारतले ओलीलाई प्रधानमन्त्रीको रुपमा मन पराएको छैन । जसकारण उनलाई भ्रमणको निम्तो आइरहेको छैन । चीन उड्न लाग्दा चीन सरकारको परियोजना बेल्ट एण्ड रोड एनिसियटिभ्स (बिआरआई)मा कांग्रेसले अप्ठेरो पारिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दैनिकजसो सरकार ढल्न लागेको भन्दै अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । यता रास्वपाले आफ्नो सभापति रवि लामिछाने पक्राउको मुख्य दोष ओलीमाथि लगाइरहेका छन् । हुँदाहुँदा ओलीमाथि व्यवसायी दुर्गा प्रसाईंले समेत कम्बोडियाको टेलिकममा लगानी भएको आरोप लगाएका छन् ।

आफूले काम गर्न नसकेर सडकबाट जनता तर्साउन खोज्नु गम्भीर विषय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । ‘सत्ता पक्षले डेलिभर गर्ने हो । उहाँहरुले सडकमा आएर जनप्रदर्शन गर्ने रे ?,’ झाले भने, ‘सरकारको नेतृत्वले जनताको दैनिकी बिगारेर तर्साउँछु भनेर हुन्छ ?’

एमालेले भने देशमा सब ठीकठाक नभए पनि विस्तारै भइरहेको बताएको छ । यसबारे बुझाउन पनि एमाले सडकमा आउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘समाधान डेलिभरी नै हो । तर डेलिभरी भइरहेको छ भन्ने कुरा मान्छेले बुझ्नै चाहेन भने बुझाउन सकिएन भने डेलिभरीबाट जाग्नुपर्ने आशा पनि जाग्दैन,’ ज्ञवालीले बुधबार सञ्चारकर्मीहरुसँग भने ।

pradeep-1732166021.jpg
देश बर्बाद हुँदै छ भन्ने निराशाको खेती गर्ने प्रयत्न भइरहेको छ, त्यसमा केही बोल्नुपर्छ भन्ने हो । सडक कब्जा गर्ने उद्देश्य होइन, तर्साउन पनि होइन ।
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले


उनले एमालेले सडक कब्जा गर्न लागेको नभई निराशाको खेती चिर्ने प्रयासमात्र हुने बताए । ‘भइरहेका कुराहरुलाई सम्पूर्ण रुपले पर्दा लगाएर देश बर्बाद भइरहेको छ भन्ने निराशाको खेती गर्ने प्रयत्न भइरहेको छ, त्यसमा केही बोल्नुपर्छ भन्ने हो । सडक कब्जा गर्ने उद्देश्य होइन,’ उनले भने । दरबारवादी शक्तिदेखि विभिन्न शक्ति यहीबेला सल्बलाइरहेकोले यसविरुद्ध शक्ति प्रदर्शन पनि भएको एमालेका नेताहरुको भनाई छ । 

अकुपाई दरबारमार्ग
पछिल्लोसमय एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको सभाहरु दरबारमार्गमै गर्न लागेका छन् । गत संविधान सभा दिवसमा ओलीले आफू प्रधानमन्त्रीकै रुपमा सहभागी हुन दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गर्न लगाएका थिए । संविधान जारी भएयता यसरी सडकमा पहिलो कार्यक्रम सरकारीस्तरबाट आयोजना भएको थियो ।

ओली २०७७ माघ २३ गते पनि दरबारमार्गमा शक्ति प्रदर्शनमा उत्रिएका थिए यसैगरी । तत्कालीन नेकपा छाडेर पुष्पकमल दाहाल र माधव नेपाल हिँडेपछि ओलीले दरबारमार्गमा शक्ति प्रदर्शन गरेका थिए । त्यतिबेला ओलीले सडकमा आफ्नो डमीसमेत राख्न लगाएका थिए । यसरी हेर्दा ओलीको दरबारमार्गप्रेम बढ्दो देखिएको कतिपय बताउँछन् । 


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP