Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • विश्व शौचालय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघद्वारा सचेतना कार्यक्रम सम्पन्न
विश्व शौचालय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघद्वारा सचेतना कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ५, २०८१

काठमाडाैं  -   विश्व शौचालय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)ले आज आयोजना गरेको सचेतना कार्यक्रममा वक्ताहरूले पर्वत सफाइको महत्त्वमा जोड दिएका छन्। उनीहरूले भविष्यका सन्ततिका लागि स्वच्छ र अनुकूल वातावरण सुनिश्चित गर्न पर्वतहरू सफा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

पर्यटन विभागका निर्देशक डा.नारायण प्रसाद रेग्मीले पर्वत सफाइमा सबैको साथ आवश्यक रहेको बताए।
'हाम्रो पर्वतहरूमा फोहोरको थुप्रो जम्दै गएको छ। यो हाम्रो पुस्ताको चुनौती हो,'उनले भने'यसका लागि सामूहिक प्रयास आवश्यक छ। पर्वतारोहण गर्नेहरू, अभियान सञ्चालन गर्नेहरू र पत्रकारज्यूहरूलाई सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।'

नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पाले पर्वतारोहण गर्ने टोलीहरूलाई फोहोर न्यूनीकरणका लागि डिस्पोजेबल सामग्रीको प्रयोग गर्न आग्रह गरे । ' सबै पर्वतारोही र अभियान टोलीहरूले आफ्नो फोहोर फर्काएर ल्याउँदैनन्। तर, डिस्पोजेबल सामग्री प्रयोग गरेर पर्वतीय प्रदूषण घटाउन सक्छौं,' उनले भने,'सरकारले पर्वतारोहण गर्ने टोलीहरूलाई डिस्पोजेबल सामग्रीको प्रयोग अनिवार्य गर्ने नीति ल्याउनुपर्छ। यसले पर्वत सफा राख्न मद्दत गर्नेछ।'

Hardik health

एनएमएका अध्यक्ष सन्तवीर लामाले सरकारलाई पर्वतहरू फोहोरमुक्त बनाउन उपयुक्त प्रणालीको विकास गर्न आग्रह गरे।'एनएमएले हरेक वर्ष पर्वत सफाइ अभियान गर्दै आएको छ। पछिल्ला वर्षहरूमा नेपाली सेनाले यो काम गरिरहेको छ। तर, अझै पनि टनका टन फोहोर पर्वतमा छ,'उनले थपे,' नेपाल सरकारको प्राविधिक शाखाको रूपमा हामी सरकारलाई पूर्ण समर्थन गर्न तयार छौं।'

कार्यक्रममा अभिनेत्री तथा मोडल उषा रज्जकले पनि पर्वत सफाइको महत्त्वबारे आफ्नो धारणा व्यक्त गरिन्। 'ूपर्वतबाट आएको हावा स्वच्छ र ताजा हुनुपर्छ। यो नै हाम्रो एक मात्र विकल्प हो,' उनले भनिन् , 'पर्वत र वातावरण स्वच्छ राख्नु हाम्रो जिम्मेवारी हो।'

कार्यक्रममा भारतीय संस्था सुलभ स्यानिटेशन क्लबको विशेष सहकार्य थियो। कार्यक्रममा पर्वतारोही, अभियान सञ्चालनकर्ता, वातावरणीय अभियन्ता र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। एनएमएका महासचिव मोहन लाम्सालले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए।


 


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ आइतबार, कात्तिक १६, २०८२
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP