Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अर्थमन्त्री बन्न गगनको मरिहत्ते
अर्थमन्त्री बन्न गगनको मरिहत्ते
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ४, २०८१
  •  अर्थतन्त्र सुधारका विषयमा अभिव्यक्ति बढाउँदै कांग्रेस महामन्त्री थापा
  •  नेकपा एमालेको नेतृत्वलाई लक्षित गर्दै सरकारले वृद्धभत्तादेखि विभिन्न कार्यक्रम घोषणा गर्दा ढुकुटीको पैसा रित्तिएको थापाको दाबी 
  •  २०७९ को निर्वाचनयता थापा अर्थमन्त्री बन्ने चर्चा लगातार चल्दै आएको छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा जसरी पनि मन्त्री बन्ने होडमा छन् । कांग्रेस स्रोतका अनुसार थापाले अर्थमन्त्री बन्ने रहर गरिरहेका छन् । ‘पछिल्लो दिन महामन्त्रीज्यू जसरी पनि अर्थमन्त्री बन्ने भनेर लागिरहनुभएको छ,’ कांग्रेस स्रोतले भन्यो ।

थापाले अर्थतन्त्र सुधारका विषयमा अभिव्यक्ति दिन थालेका छन् । शनिबारमात्र सिन्धुपाल्चोकको चौतारा पुगेर उनले देशको अर्थतन्त्र नसुध्रिएको बताएका थिए । ‘हाम्रो अर्थतन्त्र जुन अवस्थामा हुनुपर्ने हो त्यो छैन,’ थापाले भने । नेकपा एमालेको सरकारले वृद्धभत्तादेखि विभिन्न कार्यक्रम घोषणा गरेकोतर्फ लक्षित गर्दै थापाले ढुकुटीको पैसा बाँड्दाबाँड्दा रित्तो हुन पुगेको तर्क गरे । 

‘सरकारले धमाधम एकपछि अर्को घोषणा गर्न थाल्यो । कसैले यति वर्षको उमेरदेखि भत्ता दिन्छु भन्यौं । कसैले यसलाई भत्ता दिन्छु भन्यौं,’ थापाले भने, ‘अनि सरकारको खुत्रुकेको रकम घट्यो ।’यसअघि पनि थापाले अर्थतन्त्र सुधारबारे विभिन्न मञ्चहरुबाट सरकारलाई सुझाव दिँदै आइरहेका छन् । त्यसो त थापा अर्थमन्त्री बन्ने हल्ला यसअघि पनि नचलेको होइन । २०७९ को निर्वाचनयता थापा अर्थमन्त्री बन्ने चर्चा लगातार चलेको हो । यसपटक भने सरकारमा सहभागी भएका मन्त्रीहरुको कमजोरी देखाउँदै कांग्रेसमा थापानिकट नेताहरुले मन्त्री फेरबदल गर्नुपर्ने दबाब दिइरहेका छन् ।

Hardik health

रविमाथि कारबाहीको जस लिँदै थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा अहिले कास्की प्रहरीको कारागारमा छन् । कात्तिक २ गते प्रहरीले लामिछानेलाई काठमाडौंबाट नियन्त्रणमा लिएर पोखरा लगेको थियो । उनी पक्राउबारे कांग्रेसमा धेरैले महामन्त्री थापालाई नै जस दिन्छन् । थापाकै प्रयासमा सहकारीको मुद्दा स्थापित भएको कांग्रेस सभापति शेरबहादुर देउवाले समेत बताएका थिए ।


‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ । उहाँलाई धन्यवाद दिन चाहन्छु । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ असोज २ गते सानेपामा आयोजित कार्यक्रममा देउवाले भनेका थिए ।लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयलाई स्थापित गर्न महामन्त्री थापाले सदनमा निरन्तर प्रयास गरेका थिए । यसैले पनि उनले अहिले अर्थमन्त्री पाउनुपर्ने उनीनिकट नेताहरु बताउँछन् । ‘महामन्त्रीले निकै दुःख गर्नुभएको छ । अहिले फ्रन्टलाइनमा उहाँ नै देखिनुहुन्छ,’ थापानिकट एक केन्द्रीय सदस्यले भने, ‘ढिलोचाँडो उहाँ अर्थको नेतृत्वमा पुग्नुहुन्छ ।’

पछिल्ला दिनहरुमा मन्त्री हेरफेरको चर्चा पनि बढ्दो छ । उद्योगमन्त्री दामोदर अधिकारी, पर्यटनमन्त्री बद्री पाण्डेसहित एमाले र कांग्रेसबाट तीन÷तीन जना मन्त्री हटाउनेबारे कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक–पटक भेटवार्ता भइसकेको बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री ओलीसँग भेट्न देउवा बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयको दाबी थियो । यसबारे बुझ्दा देउवाका स्वकीय सचिव भानु देउवाले भने कुनै भेट नभएको बताए । ‘सभापतिज्यू घरमै हुनुहुन्छ । बालुवाटार जानुहुन्न । जाने कुनै कार्यक्रम पनि छैन,’ सोमबार साँझ उनले प्रभावसँग भने ।

सरकार हेरफेरको विषयमा कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनायो । ‘बाहिर हल्ला चलाएजस्तो मन्त्रिपरिषद् हेरफेरको कुनै तयारी छैन । हरेक मन्त्रीसँग प्रधानमन्त्रीले कार्ययोजना सम्झौता गर्नुभएको छ । त्यहीअनुसार धमाधम काम हुँदै छ,’ प्रधानमन्त्री सचिवालयले जनायो । देउवा आफैं पनि अहिले नै मन्त्री हेरफेरको पक्षमा नरहेको बालुवाटार स्रोतको दाबी रह्यो । देउवानिकट स्रोतले भने महामन्त्री थापा आफंैले मन्त्री बन्नका लागि चर्चा चलाउने गरेको आरोप लगाए ।

यसअघि शुक्रबारमात्र पर्यटन मन्त्रालय पुगेर थापाले हवाई क्षेत्रमा भइरहेको अनियमितताबारे आफ्नै सहमहामन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । मन्त्री पाण्डे पछिल्लोपटक क्यासिनो लाइसेन्सका कारण विवादमा छन् । उनलाई कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले भ्रष्टचार गरेको आरोप लगाएका हुन् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP