Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी
जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ३०, २०८१

एजेन्सी-  जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ । 

मन्त्रीपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धि दर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ । 

तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भएपनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ।अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो ।

Hardik health

मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’ को अपेक्षा सरकारले गरेको बताएका छन् ।उनले पत्रकारसँगको नियमित भेटमा भने, “हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा सङ्क्रमण गर्न लागेको छ।

उनले भने, “यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौं, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ। गत महिना सत्तारुढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आम निर्वाचनमा नेतृत्व गरे पनि इशिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । 

सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर) भन्दा बढी को साथ एआई र सेमीकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन्। उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गर्नुभएको छ । यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ।

आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्याएको विश्लेषकहरूले बताएका छन्।तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन् । यो वर्ष आएको ७.१ म्याग्नीच्यूडको भुकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवात (आँधी) ले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ ।
 
अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औदोगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो । सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलो पटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो।यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेकने थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो । हजारौंले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे।

तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जीडीपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ,” क्यापिटल इकोनोमिक्सका एशिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले शुक्रबार भनेको छ ।“यद्यपि, बैंक अफ जापान ‘उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अेर्को महिना हुने बैंकको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझैपनि गर्न सकिन्छ,” उनले भने। 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP