Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी नेतृत्व परिवर्तनसँगै विश्व अर्थतन्त्रका प्रमुख  राष्ट्रपतिबीच भेट हुने
अमेरिकी नेतृत्व परिवर्तनसँगै विश्व अर्थतन्त्रका प्रमुख  राष्ट्रपतिबीच भेट हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं-  एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा शुरू भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण उत्पन्न कूटनीतिक अनिश्चितताबीच लिमामा शनिबार प्रत्यक्ष भेतवार्ता गर्नेछन् ।  

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहको दुई दिने राष्ट्रप्रमुखस्तरीय बैठकका लागि सी र बाइडेन विश्वका अन्य नेताका साथ बिहीबार लिमा आइपुगेका हुन् ।संयुक्त रूपमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत र विश्वव्यापी वाणिज्यको ४० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने र क्षेत्रीय व्यापार उदारीकरणको लक्ष्यका साथ सन् १९८९ मा स्थापना भएको एपेकले २१ वटा अर्थतन्त्रलाई गोलवन्द गरेको छ । 

समर्थकहरूले समावेशी विकास को संज्ञा दिएका शिखर सम्मेलनको कार्यक्रम व्यापार र लगानीमा केन्द्रित हुनेछ ।पेरुले लिमामा शान्ति कायम गर्न सशस्त्र बलका १३ हजारभन्दा बढी सदस्यहरू तैनाथ गरेको छ किनकि यही समय पारी यातायात मजदुर र व्यवसायीहरूले अपराध र कथित सरकारी उपेक्षाको विरोधमा तीन दिनको विरोध प्रदर्शन सुरु गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र उनका चिनियाँ समकक्षी सीबीचको शनिबार हुन लागेको वार्ता जनवरीमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुअघि विश्वका सबैभन्दा ठूला अर्थतन्त्रका शीर्ष नेताहरूबीच हुने सम्भवतः अन्तिम भेट हुने अमेरिकी अधिकारीले बताएका छन् ।

Hardik health

रिपब्लिकन पार्टीका नवनिर्वाचित राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकालका लागि बेइजिङसँग टकरावको दृष्टिकोण अपनाउने सङ्केत गरेकाले द्विपक्षीय बैठकलाई विशेष महत्तवका साथ नियालिएको छ ।अजरबैजानमा जारी कोप–२९ जलवायु वार्ता र अर्को साता रियो दि जेनेरियोमा हुने जी–२० शिखर सम्मेलनका लागि जस्तै ट्रम्पको आगामी कदमबारे देखिएको अनिश्चितताले एजेन्डालाई ओझेलमा पारेको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत एपेकका मन्त्रीहरूले लिमामा बन्द कोठामा बैठक गरेका थिए ।ट्रम्पले यसै साता ब्लिन्केनको स्थानमा सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उहाँ चीनप्रति कडा धारणा राख्ने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पका विश्वासपात्र हुन् ।

सम्मेलनमा जापान, दक्षिण कोरिया, क्यानडा, अष्ट्रेलिया, इन्डोनेसियालगायतको सहभागिता रहने छ ।एपेक सदस्य राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सम्मेलनमा उपस्थित हुने छैनन् ।अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने एजेन्डा संरक्षणवादी व्यापार नीतिहरू, घरेलु जीवाश्म ईन्धन निकासीमा वृद्धि, र विदेशी सङ्घर्षबाट बच्नमा आधारित छ ।

यसले युक्रेन र मध्यपूर्वमा भएको युद्धदेखि जलवायु परिवर्तन र व्यापारसम्मका विषयमा बाइडेनले बनाएको गठबन्धनलाई खतरामा पारेको छ ।नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति ट्रम्पले द्विपक्षीय व्यापारमा असन्तुलनलाई कम गर्न चिनियाँ सामानको आयातमा ६० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । 

चीन लामो समयदेखिको घरजग्गा कारोबार सङ्कट र सुस्त उपभोगसँग जुधिरहेको छ । यसलाई वासिङ्टनसँगको नयाँ व्यापार युद्धले मात्र खराब बनाउन सक्छ।अर्थशास्त्रीहरूले दण्डात्मक करले अमेरिकी अर्थतन्त्रलाई पनि हानि पु¥याउने बताएका छन् ।चीन पश्चिमा मुलुक रुस र उत्तर कोरियाको सहयोगी हो र ताइवानमाथि दबाब बढाउँदै आफ्नो सैन्य क्षमता बढाइरहेको छ।

यसले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पूर्वाधार र अन्य परियोजनाहरूमार्फत ल्याटिन अमेरिकामा आफ्नो पहुँच विस्तार गरिरहेको छ।चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार लिमाको उत्तरमा पर्ने चान्केमा दक्षिण अमेरिकाको पहिलो चिनियाँ लगानीमा सञ्चालित बन्दरगाहको उद्घाटन गर्नुभएको छ भने यसै सन्दर्भमा अमेरिकी अधिकारीले ल्याटिन अमेरिकी देशहरूलाई चिनियाँ लगानीको मामिलामा सतर्क रहन चेतावनी दिएका छन् ।

यसैबीच बाइडेनले शुक्रबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग पनि भेटवार्ता गर्नेछन् । बाइडेनसँगको भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साझेदार राष्ट्रहरूले आफ्नो गठबन्धन ‘अमेरिकी नीतिको स्थायी विशेषता’ हुने सुनिश्चित गर्न सचिवालय गठनको घोषणा गर्ने बताएका छन् । 

ट्रम्पको आर्थिक वृद्धि गर्ने नीतिको तारो बन्ने चीन एक्लो देश भने होइन ।आगामी अमेरिकी राष्ट्रपति ट्रम्पले यदि मेक्सिकोले सीमा पार गर्ने ‘अपराधी र लागूपदार्थको आक्रमण’ रोकेन भने त्यहाँबाट आउने सामानमा २५ प्रतिशत वा सोभन्दा बढी कर लगाउने पनि चेतावनी दिएका छन् । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP