Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता 
अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २९, २०८१

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोडेका थिए । 

बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गरेका छन् । ट्रम्पको यो भ्रमण उनलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उनले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो । 

अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो । ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भने, “स्वागत छ ।”

गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिएको थियो तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए । 

Hardik health

दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियालेको थिए। बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाएका थिए । 

“राजनीति कठिन छ, धेरै अवस्थामा यो धेरै राम्रो क्षेत्र होइन। यो आज राम्रो संसार हो र म यसको धेरै कदर गर्छु,” ४५ औँ अमेरिकी राष्ट्रपति बनिसक्नुभएका र ४७ औँ अमेरिकी राष्ट्रपतिको सपथको पखाईमा रहनुभएका ट्रम्पले भने ।  ट्रम्पले पनि सत्ता हस्तान्तरण ‘सहज’ हुने बताएका छन् । ह्वाइट हाउसकी प्रवक्ता करिन जीन पियरेले करिब दुई घण्टासम्म चलेको वार्ता निकै सौहार्दपूर्ण भएको बताएका छन् ।

विशेषगरी बाइडेनले युक्रेनलाई अमेरिकी समर्थनबारे सशङ्कित रहेका ट्रम्पलाई रुसविरुद्ध किएभको साथमा उभिनुपर्नेमा जोड दिएको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताए ।  अमेरिकी प्रतिनिधि सभाको बहुमतका साथ रिपब्लिकनहरूले सिनेटमा आफ्नो नियन्त्रण बढाएपछि ट्रम्पको अमेरिकी प्रशासनमा सरकारको लगभग पूर्ण नियन्त्रण हुनेछ। अर्बपति नेता ट्रम्पले आफ्नो कार्यकालका लागि टोली नियुक्त गर्न द्रूत गतिमा अघि बढिरहेका छन् । उनका वफादारहरूले प्रमुख पदहरू लिइरहेका छन्।

बैठककोे केही घण्टापछि ट्रम्पले अदालती लडाईं र महाभियोगको लडाईंमा आफ्नो बचाउ गर्ने कट्टर सहयोगीको वफादारीलाई पुरस्कृत गर्दै फ्लोरिडाका सांसद गेट्जलाई आफ्नो शीर्ष कानुनी अधिकारीको रूपमा नियुक्त गरेका छन् । ट्रम्पको घोषणापछि गेट्जले कंग्रेसको आफ्नो पदबाट राजीनामा दिएका छन् । गेट्जले अझै पनि यौन तस्करी र एक नाबालिगसँग यौन सम्बन्ध राखेको आरोपमा अमेरिकी कंग्रेसको नैतिकता समितिको अनुसन्धानको लागि सुनुवाईको सामना गरिरहेका छन् । 

ट्रम्पले युक्रेनका लागि अमेरिकी समर्थनको विरोध गर्ने र सिरियाका राष्ट्रपति बसर अल असदलाई भेटेकी पूर्व डेमोक्र्याटिक सांसद तुलसी गबार्डलाई पनि आफ्नो राष्ट्रिय गुप्तचर निर्देशकमा नियुक्त गरेका छन् । ट्रम्पले गेट्जले ‘हतियारयुक्त सरकार अन्त्य गर्ने’ बताएका छन् ।

ट्रम्पले फ्लोरिडाका सिनेटर तथा चीनका राष्ट्रपति मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्। फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई मङ्गलबार रक्षामन्त्रीमा मनोनीत गरेका छन्।  तर उनले विश्वको सबैभन्दा शक्तिशाली सेनाको स्तरमा कुनै पनि कुराको व्यवस्थापन गर्ने अनुभवको कमीलाई ध्यानमा राख्दै सार्वजनिक वृत्तमा प्रश्न उठाइएको छ ।

यसैबीच ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति तथा प्रमुख सहयोगी एलन मस्कलाई सरकारी खर्च कटौती गर्ने उद्देश्यले बनाइएको नयाँ समूहको प्रमुखमा नियुक्त गरेका छन् । स्पेस एक्स, टेस्ला र एक्सका मालिक मस्क बुधबार फ्लोरिडाबाट ट्रम्पका साथ वासिङ्टन पुगेका थिए । राष्ट्रपति ट्रम्पले चुनावपछिको एक हप्ता फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा बिताएका थिए । ह्वाइट हाउसको बैठकअघि वासिङ्टनको एक होटलमा रिपब्लिकनहरूसँगको भेटमा ट्रम्पले आफू तेस्रो कार्यकालका लागि पनि खुला रहन सक्ने बताएका थिए । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP