Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटनमन्त्री पाण्डेलाई हटाउन राजेन्द्रको जोडबल
पर्यटनमन्त्री पाण्डेलाई हटाउन राजेन्द्रको जोडबल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जसरी पनि सरकारबाट हटाउने जोडबलमा लागेका छन् । माइतीघरमा एक्लै आन्दोलन गरेर होस् या ट्वीटरको स्पेसमा बोलेर, बजगाइँले पाण्डेलाई हटाउनैपर्ने एकसुत्रे मागमा लागेका हुन् ।

कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि पाण्डेलाई सरकारमा पठाउन नहुने भन्दै रोक्ने जोडबलमा बजगाइँ लागेका थिए । ‘बद्रीजी खाली कोटामा बसेर कहिले सहमहामन्त्री, कहिले सांसद सबै भइसक्नुभएको छ, अब फेरि कोटामा मन्त्री हुनुहुन्न भन्ने मेरो तर्क हो,’ बजगाइँले भन्दै आएका छन्, ‘उहाँभन्दा सक्षम सांसद कांग्रेसमा धेरै छन् ।’ पाण्डे कांग्रेसको १४औं महाधिवेशनमा पिछडिएको क्षेत्र कोटाबाट सहमहामन्त्रीमा निर्वाचत भएका हुन् । 

पाण्डे र बजगाइँ दुवै कांग्रेसकै नेता हुन् । कुनै बेला महामन्त्री गगन थापा गुटमा रहेका बजगाइँ पछिल्लो समय शेखर कोइरालानिकट छन् । पाण्डे शेखरकै कोटामा कांग्रेसबाट मन्त्री बनेका हुन् ।बजगाइँले मन्त्री पाण्डेविरुद्ध कात्तिक १३ गते साँझ ट्वीटरमा झण्डै एक घण्टा धाराप्रवाह बोलेका थिए । आफूजस्ता कैयन् सक्षम सांसद हुँदासमेत पाण्डेलाई मन्त्री बनाएको भन्दै उनले असन्तुष्टि पोखेका थिए ।

एक क्यासिनो सञ्चालकले भैरहवाको क्यासिनो अनुमतिका लागि पर्यटनमन्त्री पाण्डेलाई करोड रकम दिएको बताएका छन् । उक्त विषयमा कांग्रेसकै नेताहरुबाट ‘भेरिफाइ’ भइसक्यो ।
राजेन्द्र बजगाइँ
सांसद, नेपाली कांग्रेस

Hardik health

बजगाइँ त्यसपछि माइतीघरमा आन्दोलनमा उत्रिए । आन्दोलनमा कसैले साथ नदिएपछि उनले मन्त्री पाण्डेलाई घूस खाएको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमा मन्त्री पाण्डेले घूस खाएको आरोप लगाउँदै बजगाइँले लेखेका छन्– एक क्यासिनो सञ्चालकले भैरहवाको क्यासिनो अनुमतिका लागि पर्यटनमन्त्री पाण्डेलाई करोड रकम दिएको बताएका छन् ।

उक्त विषयमा कांग्रेसकै नेताहरुबाट ‘भेरिफाइ’ भइसकेको बजगाइँको दाबी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने पक्षमा सभापति शेरबहादुर देउवा रहे पनि मन्त्री पाण्डेले बचाउ गरेको बजगाइँको तर्क छ । बजगाइँले पाण्डेलाई मन्त्री बन्नसाथ घर किनेको आरोपसमेत लगाएका छन् ।

आफूमाथि लगातार प्रहार हुन थालेपछि मन्त्री पाण्डेले मनोबल गिराउनेगरी प्रचार गरेको भन्दै आफूले घूस नखाएको दाबी गरे । ‘म राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर के कसम खान सक्छु भने कुनै पनि नाममा मैले मन्त्री भएर घूस खाएको सुन्नुपर्‍यो र देख्नुपर्‍यो भने मेरो त्यहीबेला नाश होस्,’ मंगलबार नेपाल विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पाण्डेले भने ।

म पशुपतिनाथको अगाडि उभिएर के कसम खान सक्छु भने कुनै पनि नाममा मैले मन्त्री भएर घूस खाएको सुन्नुपर्‍यो र देख्नुपर्‍यो भने मेरो त्यहीबेला नाश होस् ।
बद्री पाण्डे
मन्त्री, पर्यटन


उनले आफूले घूस खाएको विषय पुष्टि गर्नसमेत चुनौती दिए । ‘करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरुले आरोप लगाएका छन्, करोड त के कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकामा आएर आत्महत्या गर्न आत्मविश्वास लिएर राजनीतिमा आएको हुँ,’ पाण्डेले भने । 


छानबिन गर्न एमाले नेताको माग
सत्तारुढ दल नेकपा एमालेका नेता कर्ण थापाले करोड घूस खाएको आरोप लागेको पर्यटनमन्त्री पाण्डेमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । कसैले भनेको भरमा दोषी किटान गर्नुभन्दा यसको न्यायिक छानबिन हुनुपर्ने उनले बताए । 

‘आरोप तथ्यमा आधारित हुनुपर्दछ । कसैले भनेका भरमा दोषी वा निर्दोष किटान गर्नु उचित हुँदैन । यसमा पक्ष विपक्षमा लाग्नु पनि ठीक हुँदैन । निष्पक्ष छानबिन गरेरमात्रै यसको निरूपण हुनसक्छ,’ मंगलबार थापाले भनेका छन्, ‘छानबिनबाट दोषी देखिए दण्डित गर्ने र निर्दोष देखिए ससम्मान सफाइ दिइनु न्याय र लोकतन्त्रसम्मत हुने छ । सबैलाई मेरो अनुरोध छ । न्यायिक छानबिनको माग गरौं ।’ गत प्रतिनिधिसभा निर्वाचनमा थापा पाण्डेसँग पराजित भएका थिए ।


कांग्रेसबाट कमजोर मन्त्रीको सूचीमा
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट दुई राज्यमन्त्रीसहित नौ जना मन्त्री छन् । जसको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् । यी मन्त्रीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रस्तुति निकै कमजोर भएको कांग्रेसभित्र चर्चा छ । यद्यपि, गत साउनमा भने मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री प्रदीप पौडेलभन्दा वरीयतामा मुनि रहेका पाण्डेलाई माथि तानिएको थियो । वरीयता हेरफेरमा १६ मा रहेका पाण्डेलाई १४ मा उकाल्दै पौडेललाई १६ मा लगिएको थियो ।

गत भदौ १६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डेलाई काम गर्न नसके मार्गप्रशस्त गर्न भनेका थिए । मन्त्रालयमा एमालेका कर्मचारीले काम गर्न नदिएको गुनासो लिएर देउवाकहाँ पुगेका पाण्डेलाई देउवाले भनेका थिए, ‘काम गर्न नसके छोड्नुस् । अर्को जान्छन् ।’  देउवाले पछिल्लोपटक ऊर्जामन्त्री दीपक खड्का, पर्यटनमन्त्री पाण्डे र स्वास्थ्यमन्त्री पौडेललाई हटाउने तयारी गरेका छन् । एमालेबाट उद्योगमन्त्री दामोदर अधिकारी, यातायातमन्त्री देवेन्द्र दाहाल र गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम सरकारबाट ‘आउट’ गर्नुपर्नेको सूचीमा रहेको बताइन्छ । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान शुक्रबार, कात्तिक १४, २०८२
पुल मर्मत नहुँदा आवागमनमा समस्या
पुल मर्मत नहुँदा आवागमनमा समस्या शुक्रबार, कात्तिक १४, २०८२
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्ग अवरुद्ध
बिपी राजमार्ग अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै शुक्रबार, कात्तिक १४, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP