Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • मान्छे बेच्ने नेता !
मान्छे बेच्ने नेता !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, कात्तिक २७, २०८१

हस्याङफस्याङ गर्दै चन्द्रबहादुर भर्‍याङतिर दौडँदै थियो । होचो कदको चन्द्रबहादुर दौडन खुब सिपालु । चन्द्रबहादुरको दौडाइले गर्दा सबै उसैतिर ध्यान दिइरहेका थिए । पक्कै पनि केही न कही गढबढ भएको छ । वरपरकाले नजरअन्दाज गर्दै थिए । वल्लो कोठा र पल्लो कोठा गर्दै उसका दिन बित्थे । मानौं ऊ जत्तिको बेफुर्सदी मान्छे छैन । ऊ धेरै विषयमा भित्रभित्रै विषालु ।

‘मुखमा रामराम, बगलीमा छुरा’ चन्द्रबहादुरको विशेषता नै थियो । ऊसँग संगत गर्नु भनेको सर्पलाई दूध खुवाएर पाल्नुजस्तै हो भन्दै थिए केशव काका । ५५ वर्षे छिप्पिसकेका केशव काका सत्य बोल्थे, कसैसँग डराउँदैनथे ।हिमालमा हिउँ टल्केजस्तो उनको शिरमा कपाल चाँदीको घेरा हालेर टल्किरहेको थियो । ढाँट्ने छल्ने भए पहिल्यै गरिन्थ्यो होला नयाँबानेश्वरमा भर्खरै बनेको नयाँ फल्चामा थचक्क बस्दै केशव काकाले भाका हाले । ‘बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल नबिक्ने’ सहर हो यो । ‘झूठको भर, सत्यको डर’ धेरै भएको बनावटी झकिझकाउ मान्छे बेच्नेको सहरमा को सत्य पाइएला र ? काकाले पसिना पुछ्दै भने ।

काकाको कुरा सायद उही सिंहदरबारभित्रको कार्यालयबाट लखरलखर हिँड्दै फल्चासम्म पुगेका झविन्द्रले बुझ्न सकेनन् । विचरा, बुझुन् पनि कसरी ? काकाको शब्दवाण नै कता गएर ठोक्किने हो थाहा नै नहुने । जे होस् झविन्द्र बुझेजस्तो त गर्थे तर बुझ्न निकै कठिन थियो । तैपनि सोधे ।‘काका, तपाईंले किन चन्द्रबहादुरलाई दूध खुवाएर सर्प पालेजस्तै हो भन्नुभएको ?’  काकाले झविन्द्रलाई भने, ‘सर्पलाई दूध खुवाएर पाल्दा के दिन्छ ?’ झविन्द्र अलमल्ल पर्‍यो । सर्पलाई पनि दूध ख्वाएर पालिन्छ र काका ? सर्प त विषालु पो हुन्छ त कसले पाल्ला र सर्प ? निकै दयालु पारामा काकासँग जिज्ञासा राख्यो ।  काका मुसुक्क हाँस्दै झविन्द्रलाई सम्झाउने प्रयास गर्थे । ‘हेर झविन्द्र, कुरो के हो भने जसरी सर्पलाई दूध खुवाएर पाल्दा पनि विषालु हुन्छ आजका मान्छे पनि त्यस्तै हुन् । त्यही भएर मैले चन्द्रबहादुरको उदाहरण मात्र दिएको हुँ ।’ 

Hardik health

‘ल तँ आफैं भन त, तैँले त्यो चन्द्रबहादुरलाई कत्ति सहयोग गरेको छस् । तर त्यसले तँलाई पाइलापाइलामा झूठको खेती गरिरहेको छ भने त्यो सर्पलाई दूध खुवाएर पालेजस्तो भएन ?’ तर, मैले त्यस्तो उसलाई कहिल्यै सोचिन, हजुरले कसरी सोच्नुभो काका ?  ‘त्यही र त म काका भएँ नि । उमेर अनुभव सबै कुराले जसरी मेरो कपाल फुलिसक्यो त्यसैगरी म पनि फुलिसकेको छु । को कस्तो हो भन्ने कुरा अब इसारामा नै काफी छ नि ।’

‘चन्द्रबहादुर आज जुन अवस्थामा हस्याङफस्याङ गर्दै दौडिरहेको थियो । त्यो दिन आउँछ भनेर उसले कहिल्यै पनि सोचेन । सधैं शक्तिको वरपर मात्र मेरो बास हुन्छ भन्ने सोच्यो । अप्ठेरो पर्दा फेरि उही नजिकको साथी खोज्नेबाहेक अरू के भयो ?’ ‘त्यो त हो काका,’ झविन्द्रले बुझेजस्तै गरी भन्यो । पहिलेपहिले भेँडाबाख्रा बेचिन्थे । अहिले मान्छे बेचिन थालिएको छ । त्यो पनि देश हाँक्ने नेताबाट । यो वा त्यो नाममा मान्छे बेच्नेहरुबाट के अपेक्षा राख्नु ? काकाले झविन्द्रलाई भन्दै थिए । नयाँ बानेश्वरको नयाँ फल्चामा अरू यात्रु पनि थकाइ मार्न बसेका थिए । केशव काकाले झविन्द्रलाई भन्दै गरेको सुनेर एक यात्रुले फ्याट्टै भनिहाले, ‘चोरहरुले राज गरेका छन्, सत्तामा ब्वाँसाहरु पुगेका छन्, संसद्मा हेर्‍यो उडन्ते, फिरन्ते, नातेदार, फरियादारहरुले कब्जा जमाएका छन् । अनि किन नहोस् त ? अरू बेच्ने चीज नै नभएपछि मान्छे नै बेच्ने त हुन् नि यिनले !’

झविन्द्र अलि अलमलियो । सिंहदरबारभित्र जागिर खान थालेको पनि चार–पाँच वर्ष नै बित्न लागिसक्यो तर ऊ मौन बस्नु वा बोल्नु हुन्न भन्ने विचारले प्रेरित थियो । तर, काका ड्याङ कि ड्याङ भन्थे । त्यही भएर पनि होला केशव काकाले कहिल्यै राम्रा अवसर पाएनन् । झविन्द्र पनि नबोल्ने, बोल्दा कसैले चित्त दुखाउँला भन्ने सोचले मनमा राखिरहने । अरूको नराम्रो कहिल्यै नसोच्ने भएकोले होला चन्द्रबहादुरहरुले निकै नै प्रयोग गरेका थिए । ऊ प्रयोग भइरहेको थियो । आज बल्ल मान्छे बेच्ने नेताको फेला परेको थियो चन्द्रबहादुर । चन्द्रबहादुरले अरूलाई बेवकुफ बनाउँदा बनाउँदै मान्छे बेच्ने नेताले चन्द्रबहादुरलाई नै हस्याङफस्याङ गर्ने अवस्था बनाइदिएकाले केशव काका आज दिल खोलेर फल्चामा सर्पलाई दूध खुवाएर पाल्न हुन्न है भन्दै छन् । काका मनमा राख्न नसक्ने । फल्चामा बसेकाहरुलाई पनि भ्याइहाले । ‘ल तपाईं वा तपाईंका परिवारका सदस्यहरु पनि बेचिनसक्छ है । आखिर हामीले मान्छे बेच्ने नेताहरु जन्माएका रहेछौं । पहिलेकाले नदीनाला बेचे । सिमाना बेचे । अहिलेकाले मान्छे बेचिरहेका छन् ।’ 

फल्चामा अघिदेखि काका र झविन्द्रको वार्तालाप सुनेर बसिरहेका यसो हेर्दा झुत्रे देखिने व्यक्तिले काकालाई धाप हाने । ‘ल हेर यो मान्छेले अहिलेसम्म आफ्नो विचारलाई मर्न दिएको रहेन छ । ऊ बेला पनि सत्यको जित हुन्छ भन्थ्यो अहिलेसम्म पनि सत्यका लागि लडिरहेको रहेछ ।’उसको कुरा सुनेर केशव काका तीनछक्क परे । आफूलाई यसरी नियालिरहेको मान्छे उनले चिन्न सकेनन् । र सोधे, कसरी मेरो सत्यको मार्ग थाहा पाउनुभो ? ती व्यक्तिले काकालाई भने, ‘म चिन्छु नि । धेरै वर्ष पहिले देशबाट श्रमका लागि मान्छे विदेश पठाउनुहुन्न भन्ने केशव तपाईं नै होइन र ? तपाईंकै कुरा सुनेर म यो देशमै छु । तर, आज हामीले प्रजातन्त्र हुँदै गणतन्त्रसम्म छानेका नेताहरु त मान्छे बेच्नेमात्र परे छन् ।’

दुवैले मुखामुख गरे । देखे देखेको जस्तो, चिने चिनेको जस्तो गरे । पञ्चायतकालमा युवापुस्ता पलायन होला भन्ने डरले राहदानी बनाउन पनि सरकारले निकै कडाइ गरेको ती व्यक्तिले केशवलाई भने । तर, अहिले विद्यार्थीका नाममा, श्रमिकका नाममा, पर्यटकका नाममा, गोष्ठी सेमिनारका नाममा पनि नेताहरुले मान्छे बेच्न थाले । एमालेका नेताले मान्छे बेच्ने, माओवादीका नेताले मान्छे बेच्ने, कांग्रेसका नेताले मान्छे बेच्ने, मधेसका नेताले मान्छे बेच्ने, नयाँ भनाउँदाहरुले मान्छे बेच्ने !  प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले जन्माएको भनेकै मान्छे बेच्ने नेता हो । हामीले जितायौं, चिनायौं सत्ता र शक्तिमा पुर्‍यायौं । देश बनाउने नेता होइन, मान्छे बेच्ने नेता बनायौं । ती व्यक्तिले एकोहोरो काकालाई सुनाए अनि जुरुक्क उठेर नयाँबानेश्वरतिर लागे । अरू त हेरेको हेर्‍यै भए ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास शुक्रबार, असोज ३१, २०८२
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP