Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेनमा तनाव नबढाउन ट्रम्पको चेतावनी
युक्रेनमा तनाव नबढाउन ट्रम्पको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २६, २०८१

वासिङ्टन- अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गर्नुभएको द वासिङ्टन पोस्टले आइतबार बताएको छ ।डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गर्नुभएको समाचारमा उल्लेख छ ।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भन्नुभएको छ, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।” ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराउनुभएको नाम नछाप्ने आधारमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ ।

उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गर्नुभएको थियो ।ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गर्नुभएको र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत हुनुभएको’ सोल्सका प्रवक्ताले बताए ।

Hardik health

ट्रम्पले लडाईं चाँडै अन्त्य गर्न जोड दिँदै किएभका लागि वासिङ्टनको अर्बौं डलर सहयोगमा शङ्का व्यक्त गर्दै आउनुभएकाले उहाँको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ ।युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गरे । कुराकानीमा रिपब्लिकनका अर्बपति समर्थक एलन मस्क पनि उल्लेखनीय रूपमा सहभागीभएको थियो ।

राष्ट्रपति जो बाइडेनको बाहिरिन लागेको डेमोक्रेटिक प्रशासनले जनवरी २० मा ट्रम्पको शपथग्रहण अघि युक्रेनलाई सक्दो सहयोग पठाउने पुष्टि गरेको छ । बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आइतबार ह्वाइट हाउसले ‘युक्रेनलाई युद्धभूमिमा सबैभन्दा बलियो स्थितिमा राख्ने लक्ष्य राखेको छ ताकि यो अन्ततः वार्ता टेबलमा सबैभन्दा बलियो स्थितिमा होस्’ भने । यसमा युक्रेनका लागि बाँकी रहेको छ अर्ब डलर रकम प्रयोग गर्ने कुरा समावेश हुने सुलिभानले बताए ।

रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार भने, “सङ्केतहरू सकारात्मक छन्... कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ ।”आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्नो सोचाइको विवरण नदिइ शपथग्रहणअघि नै युक्रेन युद्ध छिटै अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो ।

रक्षा कम्पनी र विदेश नीतिका बाजहरूको भ्रष्ट युद्ध–समर्थक नेक्ससलाई सहयोग गर्छ भन्ने सङ्केत गर्दै ट्रम्प र उहाँका सहयोगीहरूले युक्रेनका लागि अमेरिकी कोषको विरोध गरेका छन् । ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले शनिबार इन्स्टाग्राममा सेयर गरेको भिडियोमा राष्ट्रपति निर्वाचितको छेउमा जेलेन्स्की उभिएको देखिन्छ र क्याप्सनमा लेखिएको छ, “दृष्टिकोण : तपाईं ३८ दिनमा आफ्नो भत्ता गुमाउँदै हुनुहुन्छ ।”

युक्रेनमा कुनै पनि द्रुत सम्झौताले किएभलाई युक्रेनको दक्षिण र पूर्वमा रूसी आक्रमणकारीहरूलाई गुमाएको केही क्षेत्र हस्तान्तरण गर्न आवश्यक पर्ने अपेक्षा गरिएको छ । ट्रम्पका पूर्वसल्लाहकार ब्रायन लान्जाले शनिबार बिबिसीलाई सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने कुनै पनि महत्त्वाकांक्षा युक्रेनले त्याग्नुपर्ने बताए । 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ बिहीबार, कात्तिक २०, २०८२
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा बिहीबार, कात्तिक २०, २०८२
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने बिहीबार, कात्तिक २०, २०८२
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहीबार, कात्तिक २०, २०८२
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू बिहीबार, कात्तिक २०, २०८२
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर बिहीबार, कात्तिक २०, २०८२
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा बिहीबार, कात्तिक २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP