Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • युरोपले रक्षा खर्च बढायो, सैनिकको अभाव:अध्ययन
युरोपले रक्षा खर्च बढायो, सैनिकको अभाव:अध्ययन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २३, २०८१

एएफपी- रूसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रक्षा खर्च बढाएको छ तर सैन्य जनशक्तिलगायत उसको प्रतिरक्षा क्षमता अझै अपुग रहेको बेलायती सुरक्षा थिङ्क ट्याङ्कले शुक्रबार बताएको छ। डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि उनले युरोपेली सुरक्षा नीतिमा अमेरिकी अडानलाई परिवर्तन गर्न सक्ने र युद्धग्रस्त युक्रेनलाई सहयोग गर्न नसक्ने आशङ्का बढेको बेला इन्टरनेसनल इन्स्टिच्युट फर सेक्युरिटी स्टडिज (आईआईएसएस) ले यस्तो निष्कर्ष निकालेको हो ।

आईआईएसएसले प्राग सुरक्षा सम्मेलनको आयोजना गर्दै गर्दा आफ्नो पछिल्लो रिपोर्ट प्रकाशित गरेको छ, जसमा राजनीतिज्ञहरू, सेनाका अधिकारीहरू र अन्य विशेषज्ञहरूलाई युरोपको रक्षा मुद्रा बढाउने उपायहरूबारे छलफल गर्न भेला गरिएको छ। सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणले युरोपको आफ्नो प्रतिरक्षा गर्ने क्षमतामा थुप्रै कमजोरी उजागर गरेको आईआईएसएसको अध्ययनले देखाएको छ ।

“सन् २०२४ मा नेटोका युरोपेली सदस्यराष्ट्रहरूको रक्षा खर्च रूसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको सन् २०१४ को तुलनामा करिब ५० प्रतिशत बढी हो,” विज्ञप्तिमा भनिएको छ। “युरोपेली सशस्त्र बलहरू ‘सबै सैन्य गतिविधिहरूमा फरक–फरक अवस्थामा संयुक्त राज्य अमेरिकामाथि निर्भर छन्,” रिपोर्टमा भनिएको छ । अध्ययनमा भनिएको छ, “शीतयुद्धको अन्त्य पछि र त्यसपछिका दशकहरूमा राजनीतिक निर्णयहरूको परिणामस्वरूप युरोपको शस्त्रागार गम्भीर रूपमा ह्रास भएको थियो। यस क्रममा युरोपमा रक्षा उद्योगपनि सङ्कुचित भएको थियो।” तर, सन् २०२२ देखि युक्रेनको आवश्यकतालाई सम्बोधन गर्दै हतियार निर्माता कम्पनीहरूले प्रतिक्रिया जनाएपछि हवाई प्रतिरक्षा र तोपखानालगायत केही क्षेत्रमा उत्पादनमा उल्लेख्य वृद्धि भएको छ ।

Hardik health

“उदाहरणका लागि, रेनमेटलको विश्वव्यापी वार्षिक १५५ एमएम गोलाबारुद उत्पादन दर दश गुणा बढेर सात लाख पुगेको छ,” जर्मनीको विशाल हतियार उत्पादक कम्पनीलाई सङ्केत गर्दै अध्ययनमा भनिएको छ। हालैका वर्षहरूमा, युरोपेली देशहरूले पनि स्थानीय उत्पादकहरूबाट अधिक हतियारहरू खरीद गरिरहेका छन् किनकि महाद्वीपका नेटो सदस्यहरूले फेब्रुअरी २०२२ देखि युरोपेली प्रणालीमा उनीहरूको आधाभन्दा बढी खर्च गरेका छन्, जबकि ३४ प्रतिशत अमेरिकी प्रणालीमा खर्च गरिएको छ। हतियार र गोलाबारुदको उत्पादन बढिरहेको बेला युरोपेली मुलुकहरूलेसैन्य कर्मीको अभाव झेलिरहेका आइआइएसएसले जनाएको छ । आइआइएसएसले भनेको छ, “प्रमुख युरोपेली सशस्त्र बलहरू कमजोर छन् । धेरैले सेनाको अभाव गरिरहेका छन् । उनीहरूले युवा पुस्तालाई स्वयंसेवकका लागि पर्याप्त प्रोत्साहन पनि दिइरहेका छैनन्।”


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP