Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २३, २०८१

गलकोट- पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । 

केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् । उनीहरुले यहाँबाट देखिने हिमालले मोहनी प्रतिक्रिया दिएका छन् ।

बुधबार मात्रै पर्यटन व्यवसायी महादेव शर्माको नेतृत्वमा भकुण्डे पुगेका छ विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरुको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको युकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए । 

“आफूले भकुण्डेको तस्बिर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो” म्यागीले भने “यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सकिदैन होला ।”विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममासमेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठाैँ समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।

Hardik health

 शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एक पटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताउनुभयो । उनले यहाँबाट देखिने हिमाल, सनराईज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए । शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) रोजाइमा पर्नुको काराण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए । 

उहाँले भकुण्डे आएको पाहुँनालाई आगमी वर्षदेखि मुस्ताङसमेत लैजानेगरी समय थप गर्ने बताउनुभयो । भकुण्डे जिल्ला सदरमुकामदेखि तीन घण्टाको पैदलमार्फत पुग्न सकिन्छ । अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले पछिल्लो समय स्वदेशी पर्यटक मात्रै नभएर अमेरिका, युके, क्यानडा, जापान, चीन र कोरियाबाट विदेशी पर्यटक आउने गरेको बताए । उनीहरुले आफ्नो घरको आगनबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशङ्खलाले मोहनी लगाउने गरेको बताउने गरेको थापाको भनाइ छ ।

“संस्थागत रुपमा महादेशव शर्माको पहलमा यहाँ विदेशी आउन थाल्नुभयो,अन्य सङ्घ संस्थाबाट आएका विदेशी पर्यटकलाईसमेत भकुण्डे घुमाउन ल्याउनुहुन्छ, अहिले घरबासमा स्वदेशी र विदेशी पर्यटक दुबैको आकर्षण छ, यहाँ अर्गानिक खानाको परिकार र प्राकृतिक दृश्य नै पहिलो रोजाइ हो” घरबास सञ्चालक थापाले भने “भेगनमा आबद्ध पर्यटकले हामीलाई खान बनाउनेदेखि खेतबारीको काममा समेत सघाउन खोज्नुहुन्छ, उनीहरुले यहाँको कामको विषयमा जान्न खोज्नुहुन्छ, गाउँमा बसेर विदेशी पर्यटकलाई घरबासको माध्यमबाट स्वागत सत्कार गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुग्ने गरेको पाइन्छ ।मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको समुदाय र विद्यालयलाई समेत विभिन्न सहयोग गदै समेत आएका छन् । बाह्य पर्यटकको मुख्य रोजाइमा  हिमशङ्खला, खानपान र कला–संस्कृति नै रहेको थापाले बताए । घरबासमा एक रातमा ८० जना पर्यटक बस्ने व्यवस्था छ । 

घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो र गुन्द्रुकको स्वाद लिन पाइन्छ । २०७३ सालमा स्थापना भएको जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु खेतीपातीको कामसँगै आयआर्जनमा जोडिएका हुन् । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने अतिरिक्त माध्यमसमेत रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान शुक्रबार, कात्तिक १४, २०८२
पुल मर्मत नहुँदा आवागमनमा समस्या
पुल मर्मत नहुँदा आवागमनमा समस्या शुक्रबार, कात्तिक १४, २०८२
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्ग अवरुद्ध
बिपी राजमार्ग अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै शुक्रबार, कात्तिक १४, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP