Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय तह उपनिर्वाचन: उम्मेदवार छान्नै मुश्किल
स्थानीय तह उपनिर्वाचन: उम्मेदवार छान्नै मुश्किल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं– मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहमा रिक्त भएका ४४ स्थानमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ । ती तहमा प्रमुख राजनीतिक दलहरुले उम्मेदवार घोषणा थालेको छ ।काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेले केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ । यता माओवादी केन्द्रले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार घोषणा गरेको छ । महर्जन ०७९ को स्थानीय तह चुनावमा कांग्रेसका राजकुमार नकर्मीसँग पराजित भएका थिए । कांग्रेसले भने यहाँ उम्मेदवार चयन गर्न सकेको छैन ।

मेयरको उम्मेदवारका बन्न कांग्रेस नगर समितिले ११ जनाको नाम सिफारिस गरी क्षेत्रीय कमिटीमा पठाएको छ । सिफारिसमा नगर सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा छ । त्यस्तै, राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । पहिलोपटक स्थानीय निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चयन गर्न सकेको छैन । 

ग्रामथानमा माओवादीबाट माझी, कांग्रेसबाट बलराम
मोरङको ग्रामथानमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला संसदीय समितिको बैठकले उनको नाम टुंगो लगाएको मोरङ–४ का क्षेत्रीय सभापति विनोद बस्नेतले बताए । यहाँ माओवादी केन्द्रले अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।


उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए । यहाँ कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन ।

Hardik health

महाबुमा कांग्रेसबाट झलक
नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकामा झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्ला संसदीय समितिको बिहीबारको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए । यहाँ एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाएको छैन । 

नेकपा एमालेले जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यहाँ कांग्रेसले इन्द्राचन्द सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा शेर्पालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसले पासाडिकी तामाङलाई अघि सारेको छ । त्यहाँ गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनबाट श्याम तामाङले जितेका थिए । तामाङको हृदयाघातका कारण निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । 

रास्वपाको उम्मेदवार बन्न फारम भर्नुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बन्न फारम भर्न आह्वान गरेको छ । पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । 

संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुंगो लगाउने बताए । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुंगो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ ।  

यसैगरी रास्वपाले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वपाले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली  र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७३ वटा मोबाइल चोरी भएको उजुरी
२७३ वटा मोबाइल चोरी भएको उजुरी मंगलबार, चैत ३, २०८२
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो मंगलबार, चैत ३, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
हत्याको अभियोगमा पक्राउ
हत्याको अभियोगमा पक्राउ मंगलबार, चैत ३, २०८२
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह मंगलबार, चैत ३, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने 
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने  मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP