Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता
ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २२, २०८१

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्  । पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रहगरेकी छिन्  । 

रिपब्लिकन नेता ट्रम्पले चार वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उहाँका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उहाँले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गरेकी छिन्  । हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भनिन् , “म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’लाई कहिल्यै स्वीकार गर्नेछैन ।”

“मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्,” ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उनले भनिन्। उनले ट्रम्पको विजयलाई सङ्केत गर्दै अगाडि भन्नुभयो, “हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो।” 

Hardik health

अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको एक सहयोगीले बताएका छन् ।ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गरेकी  हुन् । 

एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो ।  ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गर्नुभएको थियो तर सीएनएनको एक्जिट पोलले उहाँलाई केवल आठ अङ्कको जनसाङ्ख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले चार वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो।

आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् । नवनिर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भने, “ट्रम्पले निमन्त्रणालाई स्वीकार्नभएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनुभएको छ ।” 

राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । सम्बोधनमा उनले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनाबी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्ने बताइएको छ ।  ट्रम्पको जीतसँगै उनले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ। 

जनवरी २० मा राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रपति पदको सपथ लिने सबैभन्दा वृद्ध व्यक्ति हुने ट्रम्पले फ्लोरिडामा बुधबार बिहान एक भाषणमा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने आफ्नो नारा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ बिहीबार, कात्तिक २०, २०८२
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा बिहीबार, कात्तिक २०, २०८२
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने बिहीबार, कात्तिक २०, २०८२
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहीबार, कात्तिक २०, २०८२
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू बिहीबार, कात्तिक २०, २०८२
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर बिहीबार, कात्तिक २०, २०८२
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा बिहीबार, कात्तिक २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP