Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
सामा–चकेवा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २१, २०८१

महेन्द्रनगर- सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना झल्किन्छ ।

मिथिलाञ्चल क्षेत्रसहित जनकपुरमा बोलीचालीमा ‘सामा’ को अर्थ रमाइलो भन्ने हुन्छ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्छन् । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए ।  

सामा–चकेवाको कथा

“सामा–चकेवा पर्वसँग जोडिएको पुरानो कथा महाभारत युगको हो । भगवान् श्रीकृष्णकी छोरी सामा अति रूपवती र धर्मपरायण थिइन् । उनको भाइ चकेवाले सामासँग अत्यन्त माया गर्थे । सामा आफ्नो परिवारसँग सुखद जीवन बिताइरहेकी थिइन् । चुगला नामको एक षड्यन्त्रकारीले सामाविरुद्ध श्रीकृष्णलाई गलत आरोप लगाई कृष्णको ध्यान आफूतिर तान्न खोज्यो । सामामाथि गलत आचरणको आरोपपछि सामालाई चरा हुने कठोर श्राप दिइयो । यो घटनाले चकेवालाई दुःखी बनायने र उनले बहिनी सामालाई मुक्त गराउन समर्पण, प्रार्थना र अथक प्रयासले श्रीकृष्णको मन पगाल्यो र सामालाई श्रापमुक्त गरी पुनः मानव स्वरुप दि‍ए । यसरी सामा श्रापमुक्त हुनुको कारण भाइको प्रेम थियो”, मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्ष एवं संस्कृत विद् भोगेन्द्र झाले भने ।

Hardik health

सामा–चकेवा पर्वको विधि र परम्परा

यो पर्वमा मिथिलाका युवतीले सामा–चकेवा बनाउने परम्परा छ । माटोको सामा, चकेवा, वृन्दावन, चुगलालगायतका मूर्ति बनाई ती मूर्तिलाई सिङ्गारेर, वस्त्रआभूषणले सजाइन्छ र प्रत्येक दिन गीतको माध्यमबाट पूजा गरिन्छ । 

यस पर्वको सुरुमा युवती माटोको मूर्तिलाई दिनदिनै नयाँ कपडा र गहनाले सजाउँछन् । साँझमा सामा–चकेवासम्बन्धी गीत गाउँदै बाहिर तोकिएको ठाउँमा गोलाकार बसेर सामा खेल खेल्ने परम्परा रहेका संस्कृत विद् झाले बताउनुभयो । उहाँका अनुसार चकेवाको सजीवतालाई भाइको प्रेमका रुपमा लिइन्छ । सामा खेलमा चुगला पात्रलाई आलोचना गरिन्छ र अन्त्यमा यसको विसर्जन गरिन्छ । यसले दुष्टको अन्त्य र भाइबहिनीबीचको प्रेम विजय भएको प्रतीक मानिने उनले उल्लेख गरे । 

कार्तिक पूर्णिमाका दिन सामा–चकेवाको विसर्जन गरिने भएकाले यस दिनलाई सामा–चकेवा पर्वको अन्तिम दिन मानिन्छ । यो दिन सम्पूर्ण गाउँका युवती नयाँ वस्त्र लगाई सजिएर सामा र चकेवाको विसर्जनमा जान्छन् । यस अवसरमा सामा र चकेवाको कथा र गीत गाएर भाइबहिनीको प्रेमलाई गाढा बनाउने जनविश्वास रहेको संस्कृत विद् झाले बता‍ए ।

पर्वको सामाजिक महत्व 

सामा–चकेवा पर्व मिथिला संस्कृतिमा महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको अटुट सम्बन्धलाई उजागर गर्नुका साथै समाजमा भाइको भूमिका र मायालाई दर्शाउन गर्दछ । युवतीहरुले समूहमा जम्मा भएर सामूहिक गान–भजन गर्ने भएकाले यस पर्वले सामूहिक एकता र मेलमिलापको पनि सन्देश दिने जानकारहरु बताउँछन् ।

मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका संस्कृत विद् झाले भने, “सामा–चकेवा पर्वले समाजमा भाइबहिनीबीचको गाढा प्रेमको कथा सुनाउने मात्र नभई यसले समाजमा नैतिकता, धर्म, र आदर्शको शिक्षा दिन्छ । कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियाैँ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएको छ । तिमी सयौँ वर्ष बाँच्छाैँ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छ ।”

दाजुभाइको दीर्घायूको कामना मात्र नभएर मिथिलानी सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका भाव पनि गीतबाट व्यक्त गरिने झाले बताए । यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुने खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाँही किन दिदीबहिनी भएनन् भन्ने भाव पैदा हुने धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का सुधा देवीले बताए ।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे..जुग जुग जियथिन भैया अपन हे...!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।) मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’को रहर जगाउने गरेको उनको भनाइ छ ।

“चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु”, दिदीबहिनी नभएका जनकपुरधाम उपमहानगरपालिका–९ का गुलाब यादवले भने, “आफ्ना दिदीबहिनी नभएको अभाव यस्ता पर्वमा खट्किन्छ ।” यही दिदीबहिनी नभएको न्यास्रोले आफ्नालाई पिरोल्ने गरेको भन्दै उनले दुई छोरा भइसक्दा पनि छोरीको कामना गरिरहेको उनको भनाइ छ ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । पर्वको अन्तिम दिन (कार्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका पण्डित  शिवदत मिश्रले बताए । यो पर्वमा दाजुको गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्व मनाउने परम्परा बसेको उहाँले जानकारी दिए । 

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामा–चकेवा पर्व रहेका पण्डित मिश्रले उल्लेख गर्नुभयो । भैयादुज कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् । त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधेर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्दछन् । 


प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:२७
#सामा_चकेवा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार, साउन १९, २०८३
सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा
सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सोमबार, साउन १८, २०८३
सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका सोमबार, साउन १८, २०८३
आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड
आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड सोमबार, साउन १८, २०८३
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण सोमबार, साउन १८, २०८३
मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता
मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता सोमबार, साउन १८, २०८३
राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै
राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP