काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका-१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका-६ का विशाल भण्डारीलाई पक्राउ गरिएको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट लागुऔषध खैरो हेरोइनसहित सोही उपमहानगरपालिका-३ का एक किशोर, बाँकेको राप्तीसोनारी गाउँपालिका-६ कुण्डा चोकबाट खैरो हेरोइनसहित दुई जना, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट एक, इटहरी उपमहानगरपालिका-१८ पटेर्वाबाट सोही लागुऔषध र नगद रु ४७ हजार ५०० सहित एक जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी, भोक्राहानरसिंह गाउँपालिका-६ बाट एक, धरान उपमहानगरपालिका-१७ बाट दुई जना, दाङको तुलसीपुर उपमहानगरपालिका-१७ दुधरासबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ बाट दुई र कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट तीन जनालाई पक्राउ गरिएको जनाइएको छ । सबै अभियुक्तहरूबाट खेरो हेरोइन बरामद गरिएको तथा उनीहरू बुधबार र बिहीबार पक्राउ परेका हुन् ।