Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ
उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २१, २०८१

किएभ- रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो ।

यो तैनाथीले युद्धको एक हजार दिनको माइलस्टोन नजिकिँदै गर्दा युद्धलाई नयाँ स्वरूप दिएको छ ।  “पहिलो उत्तर कोरियाली सैनिकहरूमाथि कुर्स्क क्षेत्रमा गोलाबारी गरिएको छ”, युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेखे। उनले थप विवरण दिएनन। ।

उत्तर कोरियाली सैनिकहरूलाई रूसको कुर्स्क सीमा क्षेत्रमा पठाइने पश्चिमी सरकारहरूले अपेक्षा गरेका थिए । त्यहाँ युक्रेनी सेनाको तीन महिने घुसपैठ दोस्रो विश्वयुद्धपछि रूसी भूमिको पहिलो कब्जा हो र यसले क्रेमलिनलाई लज्जित बनाएको छ । अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले १२ हजारसम्म उत्तर कोरियाली लडाकू सैनिक युद्धमा पठाउँदैछ ।

Hardik health

लडाइँको गुणस्तर र युद्ध अनुभव अज्ञात रहेका उत्तर कोरियाली सैनिकहरू युद्धक्षेत्रमा युक्रेनको बिग्रँदो स्थितिमा थप भइरहेका छन् । युक्रेनी सुरक्षा विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रमा रूसको महँगो तर निरन्तर महिनौँ लामो आक्रमणको दबाबमा भत्किँदै छ ।रूसी अग्रगमन हालै तीव्र भएको छ । उसलाई डोनेट्स्कका केही भागहरूमा नौ किलोमिटरसम्मको युद्धक्षेत्र लाभ भएको बेलायती रक्षा मन्त्रालयले मङ्गलबार सामाजिक प्लेटफर्म एक्समा बताएको छ ।

रूससँग उच्च सैन्य सङ्ख्या रहेको र भारी क्षति भए पनि क्रेमलिनको भर्ती अभियानले दबाब कायम राख्न पर्याप्त नयाँ सैनिकहरू प्रदान गरिरहेको मन्त्रालयले बताएको छ । रूसले पछिल्लो एक वर्षदेखि युक्रेनमा युद्धक्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

अक्टोबरको सुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्त्वपूर्ण पहाडमाथि रहेको भुह्लेदार शहरबाट युक्रेनी सैनिकहरूलाई लखेटेका थिए । यो पूर्वमा युक्रेनी सुरक्षाको एक प्रमुख हिस्सा थियो । रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्त्त्वपूर्ण चासिभ यार शहर रहेका छन् ।

यसैबीच अधिकारीहरूका अनुसार रूसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको छ । दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बताए ।

-एजएन्सी 


प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP