Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा वृद्धि : राष्ट्रसंघ
सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा वृद्धि : राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १४, २०८१

जेनेभा - संयुक्त राष्ट्रसंघको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक बढेको जनाएको छ । 

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा  बालबालिकाहरू दुर्व्यवहारको सिकार भइरहेका र महिला र युवतीहरू यौन दासत्वका लागि अपहरण भइरहेको जनाएको छ । 

“सुडानमा अहिले कुनै सुरक्षित स्थान छैन”, अनुसन्धानका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले एक विज्ञप्तिमा बताए । देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उहाँको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ। 

सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।  संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार सुडानले भोकमरी, हिंसा, रोग र अकथनीय अत्याचारको “दुःस्वप्न” सहिरहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३  मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।  दुई करोड ५० लाखभन्दा बढी मानिसहरू तीव्र भोकमरीको सामना गरिरहेका छन् । एसएएफ, आरएसएफ र यसका सहयोगीहरुले “ठुलो मात्रामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरेका छन्, जसमध्ये धेरै युद्ध अपराध र मानवता विरुद्धको अपराध हुनसक्ने मिसनको निष्कर्षले जनाएको छ । 

“सुडानमा हामीले दस्तावेज गरेको यौन हिंसाको मात्रा आश्चर्यजनक छ”, तान्जानियाका पूर्व मुख्य न्यायाधीश ओथम्यानले भने , “कमजोर नागरिक, विशेष गरी सबै उमेरका महिला युवतीहरूले सामना गरिरहेको अवस्था चिन्ताजनक छ र तत्काल सम्बोधनको आवश्यकता छ ।” संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले सन् २०२३ को अक्टोबरमा सुडानका लागि ओथम्यानको अध्यक्षतामा तीन सदस्यीय मिसन स्थापना गरेको थियो । 


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP