Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानको फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने
जापानको फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१

सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर मङ्गलबार क्षतिग्रस्त फुकुशिमा संयन्त्र नजिकैको क्षेत्रमा पुनः सञ्चालन हुने भएको यसका सञ्चालकले बताएका छन् । जापानले सन् २०११ को फुकुशिमा विपत्तिपछि आफ्ना सबै ५४ रिएक्टर बन्द गरेको थियो तर त्यसयता ३३ मध्ये १२ वटा सञ्चालनयोग्य एकाइ पुनः सञ्चालनमा ल्याएको छ ।

यद्यपि पूर्वी र उत्तरी क्षेत्रमा कुनै पनि छैनन् । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार फुकुशिमा प्रिफेक्चरसँग जोडिएको उत्तरपूर्वी मियागी क्षेत्रको ओनागावा संयन्त्रको एकाइ नम्बर दुई मङ्गलबार १३औँ एकाइ बन्ने भएको छ । उत्सर्जन कटौती गर्न, जीवाश्म इन्धनको महँगो आयात घटाउन र कृत्रिम बौद्धिकता (एआई) का लागि डाटा सेन्टरहरूको ऊर्जा माग पूरा गर्न जापान परमाणु ऊर्जातर्फ फर्किँदै छ ।

“परमाणु ऊर्जा नवीकरणीय ऊर्जासँगै महत्त्वपूर्ण कार्बनमुक्त ऊर्जा स्रोत हो र हाम्रो नीति सुरक्षा सुनिश्चित गर्ने सर्तमा यसको अधिकतम प्रयोग गर्ने हो”, सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो । सन् २०११ को भूकम्प र सुनामीले करिब १८ हजारको ज्यान लिएको थियो भने बिजुलीका लाइनहरू काटिदिएको थियो र फुकुशिमा दाइचीमा ब्याकअप जेनेरेटरहरू डुबाउँदा तीन वटा रिएक्टर पग्लिएका थिए ।

Hardik health

त्यसयता सुरक्षा र नियामक मापदण्डहरू कडा बनाइएको छ र सन् २०२० मा पुनः सञ्चालनका लागि स्वीकृति पाएको ओनागावा संयन्त्रले आफ्नो सुनामी–प्रतिरोधी पर्खालको उचाइ समुद्र सतहबाट २९ मिटरसम्म बढाएको छ । यो उचाइ जापानमा सबैभन्दा अग्लो मध्ये एक हो । पुनः सञ्चालनले पग्लिएपछि पहिलो पटक बोइलिङ वाटर रिएक्टर (बिडब्लुआर) – फुकुशिमामा प्रयोग गरिएको समान मोडल – पुनः सञ्चालनमा आउने अवस्था पनि निर्माण गरेको छ । “कार्बनमुक्त ऊर्जा स्रोतहरूद्वारा सञ्चालित हाम्रो राष्ट्रको आर्थिक वृद्धिको दृष्टिकोणबाट परमाणु रिएक्टरहरू पुनः सञ्चालन गर्ने महत्त्व बढ्दै छ”, हायाशीले भने ।

हालको योजनाअनुसार जापानले सन् २०३० सम्म आफ्नो विद्युत्को २० देखि २२ प्रतिशत परमाणु ऊर्जाबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । यो अहिले १० प्रतिशतभन्दा निकै कम छ । जापानले नवीकरणीय ऊर्जाको हिस्सा करिब २० प्रतिशतबाट बढाएर ३६ देखि ३८ प्रतिशत पुर्‍याउन र जीवाश्म इन्धनको हिस्सा अहिलेको करिब दुई–तिहाइबाट घटाएर ४१ प्रतिशत पुर्‍याउन चाहन्छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ
अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रराष्ट्रसंघ बिहीबार, कात्तिक २०, २०८२
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा
ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी गर्ने घोषणा बिहीबार, कात्तिक २०, २०८२
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने बिहीबार, कात्तिक २०, २०८२
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहीबार, कात्तिक २०, २०८२
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू बिहीबार, कात्तिक २०, २०८२
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर बिहीबार, कात्तिक २०, २०८२
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा
आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा बिहीबार, कात्तिक २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP