Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • महानगरपालिकाले ४६ स्थानबाट फूल बिक्री गर्दै
महानगरपालिकाले ४६ स्थानबाट फूल बिक्री गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं- काठमाडौँ महानगरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका हुन् ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । “हामी व्यापारीहरूलाई  प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, प्रमुख शाहले भनेका छन् ।
     
अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए ।महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गरेका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ ।


फूल बिक्रीका लागि तोकिएका स्थल

Hardik health

महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलङ्की क्षेत्रमा भाटभटेनी, कलङ्की ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ ।

त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, सङ्कटा चोक, टेबहाल, के. एल. टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्न सक्नेछन् ।

त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ ।

स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँ: मन्त्री घिसिङ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँ: मन्त्री घिसिङ शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP