Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो– अमेरिका
उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो– अमेरिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१

एएफपी- वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।   सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ । उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका छन् । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन्। पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।   नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो भने ।

रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।  दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए ।

Hardik health

उपग्रह प्रक्षेपण 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’ बारे विचार गरिरहेको चेतावनी दिए ।

सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ ।एएफपीले प्राप्त गरेको प्रतिलिपिअनुसार सांसदहरूलाई ब्रिफिङपछि उत्तरले मेमा असफल प्रयासपछि ‘उन्नत घटकहरू र रुसी प्राविधिक सहायता प्रयोग गरेर’ अर्को उपग्रह प्रक्षेपणको तयारी गरिरहेको चेतावनी दिएको सांसद ली सेओङ–क्वेउनले बताए ।

विशेषज्ञहरूका अनुसार सैनिक पठाएबापत उत्तर कोरियाले निगरानी उपग्रहदेखि पनडुब्बीसम्मका सैन्य प्रविधि र मस्कोबाट सम्भावित सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने लक्ष्य राखेको छ । उत्तरले रुस तैनाथीबारे सूचना प्रवाहलाई आन्तरिक रूपमा पनि नियन्त्रण गरिरहेको जासुसी निकायलाई उद्धृत गर्दै लीले ली सेओङ–क्वेउनले बताए । उनले भने, “तैनाथ गरिएका सैनिकका परिवारलाई उनीहरू तालिममा छन् भनेर झुटो जानकारी दिइएको छ ।” उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका विदेशमन्त्री यस साता मस्को गएका छन् । यद्यपि कुनै विवरण दिइएको छैन ।

 बढ्दो खतराहरू

प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो । पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।

सोलले पहिले नै किएभको एक प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चर बेचिसकेको छ ।  युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले पनि उत्तर कोरियाले पहिलो पटक सैनिक पठाउनु ‘युक्रेनविरुद्धको युद्धको महत्त्वपूर्ण वृद्धि हो र यसले विश्व शान्तिलाई खतरामा पार्छ’ भन्दै चेतावनी दिएका छन् । 

उनले दक्षिण कोरियाली राष्ट्रपति युनसँगको टेलिफोन वार्तापछि यस घटनाक्रमप्रति इयुको प्रतिक्रिया दक्षिण कोरिया र अन्य समान विचारधारा भएका साझेदारहरूसँगको सहकार्यमा केन्द्रित हुने भन्दै राष्ट्रपतिलाई आश्वस्त पारे । त्यसैगरी संयुक्त राज्य अमेरिकाले मस्को र प्योङयाङ दुवैको सहयोगी चीनलाई ‘आफ्ना दुई छिमेकी रुस र उत्तर कोरियाको यस अस्थिरकारी कार्यप्रति चिन्तित हुनुपर्छ’ भनेको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई बताए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP