Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #प्राइम_टाइल्स
  • #बेबी_वार्मर
  • #मन्त्रिपरिषद बैठक
Search Here
साहित्य
  • Home
  • साहित्य
  • कुकुरको जीवनीमा आधारित पुस्तक सहारा सार्वजनिक  
कुकुरको जीवनीमा आधारित पुस्तक सहारा सार्वजनिक  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १२, २०८१

भक्तपुर- सडकबाट उठाएर पालिराखिएका एउटा कुकुरको सत्य घटनामा आधारित पुस्तक ‘सहारा’ को आइतबार भक्तपुरमा एक भव्य कार्यक्रम गरी विमोचन गरिएको छ । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, राटिय गीतका सर्जक व्याकुल माइला, एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुर २ को व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमातय राजभण्डारीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक सडक कुकुरहरुको हितको अभियानमा लाग्दै गरेकी विश्वविख्यात महिला डा जुलु पालेए र कार्यक्रम आयोजक एभरेस्ट स्कुलका निर्देशक (सिइओ) प्रवेश राजभण्डारीले संयुक्त रुपमा लेखेका थिए । पुस्तक स्कुलले घाइते अवस्था (एउटा आँंखा नदेख्ने) मा रहेर सहाराविहीन रहेर अलपत्र रहेर सहारा दिइरहेका कुकुर ‘सहारा’को जीवनीमा आधारित छ ।

कुकुरलाई घाइते अवस्थामा रहँंदादेखि हालसम्मको अवस्थालाई पुस्तकमा चित्रण गरिएको छ ।कार्यक्रममा कुकुर तिहार पनि गरिएको थियो । ‘सहारा’लाई नै माला लगाई पूजाआजा गरेर कुकुर तिहार मनाइएको हो । केही वर्ष अगाडिदेखि संरक्षण दिइराखेका उक्त कुकुरको नाम ‘सहारा’ राखिएको थियो । सोही साहारालाई स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले पूजा गरी केही कुरा खान दिएर कुकुर तिहार गरिएको थियो ।

पुस्तक बालबालिकाहरुलाई उपयुक्त हुने गरी एउटै पुस्तकमा नेपाली र अंग्रेजी दुवै भाषा रहेका छन् । साथै प्रत्येक पेजमा विषयवस्तु अनुसारको स्केचहरु राखेर वालकालिकाका लागि आकर्षित रुप बनाइएका छन् । पुस्तक ६५ पृष्ठ लामो रहेको रहेको छ । पुस्तक बज्र पव्लिकेश प्रालिले प्रकाशित गरेको छ । पुस्तकको मूल्य पाँंच सय ५० राखिएको छ । पुस्तक ‘सहारा’को सत्य घटनामा आधारित छ । साथै पुस्तकमा कुकुरसँंग सम्वन्धित विभिन्न उपयोगी सामाग्रीहरु पनि समावेश गरिएका छन् ।

Hardik health

एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछेंले गरेको कार्यक्रममा सहभागीहरुले भुस्याहा कुकुरलाई घरघरमा पालेर गर्व गर्नसक्नुपर्नेमा जोड दिए । मानिसले किनेर ल्याएका विभिन्न जातका कुकुरहरुलाई जस्तै भुस्याहा कुकुरहरुलाई पनि घरघरमा पालेर उद्धार गर्न सके कुकुरहरुको अहिलेको दयनीय अवस्थामा न्युनीकरण गर्न सकिने  विचार व्यक्त गरियो । साथै सडकका भुस्याहा कुकुरहरुलाई भुस्याहा कुकुर भनेर निम्न दर्जा दिनुभन्दा मायाममता दिनुपर्नेमा जोड दिइयो ।

प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आफूले पनि पुल मुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई घर लगेर उद्धार गर्दै आएको जानकारी गराइन् । ‘पहिला म भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा वस्दा पनि मेरा घरको कम्पाउण्डभित्र आएका र हामीसँग वस्न रुचाउने चारपाँंच वटा भुस्याहा कुकुरहरुलाई घरमै पालेर संरक्षण दिएकी थिएँं, उनले थप्दै भनिन्, ‘अहिले सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा वस्दा पनि पुल मुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई ल्याई पालेर संरक्षण गरिराखेकी छु ।’

भुस्याहा कुकुरलाई भुस्हाहा कुकुर भनेर अपमान गर्न नहुने भन्दै उनले आफनो कुकुरको नाम अहिले कोको राखेको बताइन् । अहिले कोको पनि आफनो परिवारको एकजना अभिन्न अंग बनेको उनले सुनाइन् । अरुबेला कोकोलाई विशेष समय दिन नसके पनि कोभिड कोरोनाको बेला उसँंग धेरै खेलेको स्मरण उनले गरिन् ।आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सडकमा अलपत्र रहेका कुकुरहरुलाई भुस्याहा कुकुरको ठाउँंमा सडक कुकुर वा समुदाय कुकुर नाम राख्दा उपयुक्त हुने सुझाए । उनले किनेर ल्याएर कुकुर पाल्नुभन्दा घाइते, अपांग, अशक्त सडकका कुकुरहरुलाई घरमा ल्याएर पालेर गर्व गर्न सकिने बातावरण बनाउन सके यो समस्याको न्युनीकरण गर्न सकिने उपाय सुनाए ।

कार्यक्रममा नेपाल एनिमल वल्र्ड सिसर्च सेन्टर बनेपाका प्रमुख आनन्द दाहाल, भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ सुडालस्थित घाइते कुकुरहरुलाई उचित स्वास्थ्य सेवा प्रदान गर्दै आएको भक्तपुर जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुले पनि आआफनो अनुभब सुनाएका थिए । कार्यक्रममा आयोजक स्कुलले कार्यालयका प्रतिनिधिहरुलाई स्कुलकोतर्फबाट ११ हजार राशीको सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा राष्टिय गीतका रचयिता व्याकुल माइलाले आफनै एउटा घटना विवरण सुनाउँंदै कुकुरहरुको अधिकारबारे समाज सचेत हुन थालेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले कुकुरलाई कुकुर तिहारमा मात्रै नभई वर्षैभरि सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कुकुरप्रतिको व्यवहार र संरक्षण विषयमा प्यानल छलफलसमेत गरिएको थियो । साथै स्कुलमा रहेका लाइका, जुली, स्यासलगायतका कुकुरहरुबाट रोमान्चक डग शो (कुकर प्रदर्शनी) पनि गरिएको थियो । साथै ककुरकैबारेमा छोटो नाटक पनि देखाइएको थियो । 


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम शुक्रबार, पुस ११, २०८२
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP